back

सुशीलका निजि चिकित्सकले पत्रकार सम्मेलन गरेरै भने

काठमाडौँ । दिवंगत पूर्व प्रधानमन्त्री सुशील कोइरालाका निजी चिकित्सक डा. कविरनाथ योगीले सिरकमा देखिएको रगत सुइ लगाउँदा आएको बयान सार्वजनिक गरेका छन् । रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा ‘ईन्जेक्सन लगाउँदा निस्किएर लुगामा लागेको रगत देखाएर अनेक प्रचार गरियो,’ उनले भने ।

उनले इन्जेक्सन लगाउने बेलामा हात थिचेर सुतेकोले आफूले इन्जेक्सन लगाउन हात निकाल्नु पर्‍यो भन्दा उहाँले ‘ए बुझें’ भनेर भनेको विषयलाई अपब्याख्या गरिएको पनि बताए ।

डा. योगीले निधारमा कुनै पनि चोट नभएको दावी गर्दै सुशीलले राति शौचालय जाने बेलामा अलि लरबरिएर बेसिनको सहारा लिएको र सो क्रममा टाउकोको पछाडी अलिकति छोएको भए पनि कुनै चोट भने आफूले नपाएको बताए ।

उनले भने, ‘बाहिर आशंका गरिएजस्तो टाउकोमा चोट थिएन त्यो दाहसंस्कार गर्ने बेलामा नुहाउँदा पुष्टि भईसकेको छ ।’

डा. योगीले राती १२ बजे आफूले ईन्जेक्सन लगाएको र त्यसपछि साढे १२ बजे सीपीआर गरेको जानकारी दिदै त्यस अवस्थासम्म कोइराला बोलि नै रहेको पनि बताए ।

त्रिवि शिक्षण अस्पतालको एक्सचेन्जको टेलिफोन नउठ्दा कोइरालालाई उपचारका लागि अस्पताल लान नसकिएको पनि उनले पत्रकार सम्मेलनमा बताएका छन् ।

उनले आफ्नो मोबाईल देखाउँदै भने, ‘मैले टिचिङको एक्सचेन्जमा एम्बुलेन्सका लागि १३ पटक फोन गरें तर फोन उठेन । पूर्व राष्ट्रपति डा. रामबरण यादवलाई पनि टेलिफोन गरे । मैले ईन्जेक्सन लगाउँदै एम्बुलेन्स ल्याऔं भनि सल्लाह गर्दै फोन गरिरहेको थिएँ । कोइराला निवासमा सवारी साधन भए पनि अक्सिजन विनाको सवारी साधनमा लिएर जान झनै जोखिम हुने थियो ।’

उनले कोइरालालाई अस्पताल भर्ना गर्न सोमबार टिचिङको ६०१ नम्बर बेड बुक गरिएको भए पनि उनको स्वास्थ्य अवस्थामा सुधार आई सामान्य अवस्था बनेकोले पहिला नै अस्पताल नलगिएको स्पष्ट पारे ।

अतुलजीले फोन गरेर स्वास लिन गाह्रो भयो आउनुस भन्नु भयो ।’ उनले त्यसपछि आफू केही ईन्जेक्सन लिएर पुग्दा सुशीलको अवस्था बिग्रिसकेको पाएको पनि बताए । ‘मैले तीनबाट ईन्जेक्सन लगाएँ, यी सबै काम गर्दा गर्दै अस्पताल लान भ्याईएन,’ उनले भने ।

२८ माघ २०७२ / ५:४०

वि.सं.२०७२ माघ २८ बिहीवार १७:५१ मा प्रकाशित

You can share this post!

पाँच महिनादेखि मलेसियामा पाँच नेपाली अलपत्र

पाँच महिनादेखि मलेसियामा पाँच नेपाली अलपत्र

वि.सं.२०७९ चैत १५ बुधवार १२:४५

खोटाङ । खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा...

मस्कको इमेलः ट्विटरको मुल्य २४ अर्ब डलरले घटयो

मस्कको इमेलः ट्विटरको मुल्य २४ अर्ब डलरले घटयो

वि.सं.२०७९ चैत १४ मंगलवार १०:२४

काठमाडौं । सोसल मिडिया प्लेटफर्म ट्विटरको मूल्य २४ अर्ब अमेरिकी...

अन्तर्राष्ट्रिय मुद्रा कोषले भन्यो, बैंकिङ क्षेत्र उच्च जोखिममा छ

अन्तर्राष्ट्रिय मुद्रा कोषले भन्यो, बैंकिङ क्षेत्र उच्च जोखिममा छ

वि.सं.२०७९ चैत १२ आइतवार १९:५१

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)का प्रमुख क्रिस्टालिना जर्जिएभाले वित्तीय...

भारतलाई टुक्राएर अलग्गै खलिस्तान देश बनाउन खोज्ने अमृतपाल नेपाल पस्न सक्ने भन्दै सिमानामा भारतीय सुरक्षा अलर्ट

भारतलाई टुक्राएर अलग्गै खलिस्तान देश बनाउन खोज्ने अमृतपाल नेपाल पस्न सक्ने भन्दै सिमानामा भारतीय सुरक्षा अलर्ट

वि.सं.२०७९ चैत ११ शनिवार ०८:०५

काठमाडौं । भारतले खलिस्तान नामक अलग्गै मुलुक बनाउने अभियान चलाइरहेका...

एनआरएनएद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख ९ हजारको सहयोग

एनआरएनएद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख ९ हजारको सहयोग

वि.सं.२०७९ चैत १० शुक्रवार ०७:२७

काठमाडाै । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई...

प्रधानमन्त्री मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

प्रधानमन्त्री मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

वि.सं.२०७९ चैत ९ बिहीवार १२:३३

दिल्ली । भारतीय अदालतले प्रधानमन्त्री नरेन्द्र मोदीको मानहानी गरेको आरोपमा...