
काठमाण्डौं । वरिष्ठ पर्यटन पत्रकार हरि जोशीको ६३ वर्षको उमेरमा हिजो टिचिङ हस्पिटल महाराजगंजमा हृदयघातबाट निधन भएको छ ।
पर्यटन पत्रिका ‘इमेज नेपाल’ तथा ‘पर्यटन समाचार डाइजेस्ट’का सम्पादक तथा प्रकाशक समेत रहेका जोशी लामो समयदेखि मृगौला रोगबाट ग्रस्त थिए ।
उनको हिजो विहिबार नै पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको छ । तनहुँ जिल्ला चोक चिसापानी गाविस–७ मा वि।स २००९ जन्मिएका जोशीले काठमाडौंलाई आफ्नो कर्मथलो बनाउँदै आएका थिए । उनको एक छोरा, एक छोरी र श्रीमती छन् ।
पर्यटन पत्रकार संघ नेपाल(जाट नेपाल)का सस्थापक अध्यक्ष समेत रहेका जोशीको असामयिक निधनमा जाट नेपालले प्रेश बिज्ञप्ति जारी गर्दै नेपालको पत्रकारिता जगतले एक निष्ठावान र पर्यटन पत्रिकाको माध्यमबाट नेपाललाई विश्वसामु प्रबर्धन गर्न योगदान पुरयाउने लगनशील व्यक्तित्व गुमाएको बताउँदै जोशीप्रति श्रद्धान्जली अर्पण गरेकोछ ।
माघ २९, २०७२, १२.००
वि.सं.२०७२ माघ २९ शुक्रवार १३:३५ मा प्रकाशित