back

गोरखापत्रको वार्षिकोत्सवको दिन ‘राष्ट्रिय पत्रकारिता दिवस’

काठमाण्डौं । सरकारले ‘राष्ट्रिय पत्रकारिता दिवस’ मनाउनेबारे प्रस्ताव गरेको छ । गोरखापत्र संस्थानले आफ्नो वार्षिकोत्सवको दिन वैशाख २४ गते सो दिवस मनाउन सूचना तथा सञ्चार मन्त्रालयलाई प्रस्ताव गरेपछि मन्त्रालयले विभिन्न सरोकारवाला निकाय तथा सो क्षेत्रका विज्ञसमक्ष छलफलका लागि प्रस्ताव प्रस्तुत गरेको हो।

गोरखापत्रको जन्म सुधारवादी राणा प्रधानमन्त्री देवशम्शेर जबराको सत्प्रयासबाट १९५८ वैशाख २४ गते भएको हो। यो नेपाली भाषामा प्रकाशित पहिलो समाचारपत्र हो। विसं १९५८ देखि निरन्तर प्रकाशित गोरखापत्र अहिले गणतन्त्र नेपालको बहुभाषी राष्ट्रिय दैनिकको रूपमा चर्चित छ।

गोरखापत्रको पहिलो प्रकाशनलाई महत्व दिएर त्यसको प्रकाशनको दिन पत्रकारिता दिवस मनाउनेबारे नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल नेपाल, सूचना विभागलगायतका निकायसँग छलफल भइरहेको सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाले जानकारी दिए। सो दिवस मनाउनेबारे छलफल प्रारम्भ भएको र अहिलेसम्मको छलफल दिवस मनाउनेतर्फ केन्द्रित भएको उनको भनाइ छ।

“पत्रकारिता क्षेत्रमा आजसम्म कुनै राष्ट्रिय दिवस नभएको अवस्थामा मुलुककै पहिलो ९जेठो० पत्रिका, पत्रकारिताको ऐतिकासिक धरोहर, पत्रकारिताको शिक्षण संस्थाका रूपमा विकसित, प्रजातन्त्रको सुनिश्चिततासँगै जनतालाई सुसूचित गर्ने कार्यमा ठूलो योगदान पुर्‍याउने गोरखापत्रको पहिलो अङ्क प्रकाशन भएको दिन राष्ट्रिय पत्रकारिता दिवस मनाउने प्रसङ्ग उचित छ”, महानिर्देशक कोइरालाले भने।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस मनाउने गरिए पनि छुट्टै राष्ट्रिय पत्रकारिता दिवस नमनाएको सन्दर्भमा राष्ट्रिय पत्रकारिता दिवस मनाउनेबारे राज्यका तर्फबाट घोषणा गर्ने तयारी गर्नु सकारात्मक पक्ष हो, त्यसलाई आवश्यक छलफल गरेर टुङ्गोमा पुर्‍याउनु उपयक्त हुन्छ भने।

प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णबहादुर कार्कीले पत्रकारिता क्षेत्रलाई प्रोत्साहन गर्न यो दिवस महत्वपूर्ण हुने धारणा राख्छन्। उनले भने–“लोकतन्त्रको संस्थागत विकासमा पत्रकारिता जगत्को महत्वपूर्ण भूमिका हुन्छ, त्यसैले पत्रकारिता क्षेत्रलाई प्रोत्साहन गर्न दिवस मनाउनु उचित हुन्छ।”

प्रा पी खरेलले राष्ट्रिय पत्रकारिता दिवस मनाउने विषय कतिपय मुलुकमा रहेको तर हाम्रो देशको संविधानले राष्ट्रिय पत्रकारिता दिवस मनाउन खुल्ला गरेकाले अझै सरकारले नै घोषणा गर्नु धेरै राम्रो हुने बताउँछन्। “हाम्रो संविधान कुनै पनि पश्चिमा प्रजातान्त्रिक मुलुकको संविधानभन्दा कम छैन, संविधानले नै प्रेस स्वतन्त्रताबारे स्पष्ट गरेको सन्दर्भमा पनि यो दिवस मनाउनुपर्छ”–उनले भने।

प्रा खरेलको भनाइमा दक्षिण एसियामै एक सय वर्ष नाघेका पत्रिका कम छन्, त्यस अर्थमा पनि गोरखापत्रको जन्म दिनको दिन पत्रकारिता दिवस मनाउनु अति उत्तम हुन्छ।

महानिर्देशन कोइरालाले सो पत्रकारिता दिवसले पत्रकारिताको क्षेत्रमा भएरगरेका कार्यको समीक्षा गर्न, पत्रकारिताको विकासलाई टेवा पुर्‍याउन, पत्रकार र सञ्चार गृहको सम्मान गर्दै मर्यादित उत्तरदायी र व्यावसायिक पत्रकारिताको विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

राष्ट्रिय सूचना आयोगका आयुक्त यशोधा तिम्लिसिनाले अन्य दिवसहरू मनाइरहँदा पत्रकारिता दिवस मनाउनु अत्यन्त सकारात्मक हुने धारणा राखे। रासस

माघ २९, २०७२/ १.००

वि.सं.२०७२ माघ २९ शुक्रवार १३:५२ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...