back

जिका भाइरसबाट भेनेजुएलामा तीनको मृत्यु, सयौँ सङ्क्रमित

जिका भाइरसको सङ्क्रमणबाट भेनेजुएलामा कम्तीमा पनि तीन जनाको ज्यान गएको छ । जिका भाइरसको सङ्क्रमणबाट ती व्यक्तिको निधन भएको प्रमाणित भएको भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले जानकारी दिएका हुन् ।

लामखुट्टेको टोकाईबाट हुने सङ्क्रमणजन्य यस रोगबाट मृत्यु भएको भेनेजुएलामा यो पहिलो घटना हो । दक्षिण अमेरिकी देश भेनेजुएलामा यसअघिदेखि यस सङ्क्रमण देखिएको हो । यस सङ्क्रमणबाट त्यहाँ हालसम्ममा कम्तीमा पनि ३१९ जना व्यक्ति सङ्क्रमित भएका बताइएको छ ।
राष्ट्रिय टेलिभिजन प्रशारणमार्फत सम्बोधन गर्दै राष्ट्रपति मदुरोले सो जानकारी दिनुभएको हो । उनले भने – देशव्यापी रुपमा यसको प्रभाव देखिएको छ र दुर्भाग्यबस आजसम्ममा तीनजनाको ज्यान गएको छ ।

उनले ६८ जना विरामीलाई उनीहरुको गम्भीरताका कारण सघन उपचार कक्षमा राखेर नै उपचार सुरु गरिएको पनि जानकारी दिए । विभिन्न देशले औषधि तथा उपचार प्रविधि सहयोग गरिरहेकोमा धन्यवाद दिँदै उनले सबै विरामीको राम्रो उपचारका लागि आवश्यक मात्रामा औषधि र प्रविधि उपलब्ध रहेको जानकारी दिए ।

दक्षिण अमेरिकी देशले पछिल्लो समयमा जिका भाइरसका विरुद्धमा सङ्घर्ष गरिरहेको समाचार आइरहेका बेला भेनेजुएलाका राष्ट्रपतिको यो भनाई आएको छ । यो सङ्क्रमणबाट सबैभन्दा धेरै सङ्क्रमितहरु ब्राजिलमा रहेका छन् । ब्राजिलमा कम्तीमा पनि १५ लाख नागरिक प्रभावित भएका छन् ।

सन् २०१५ को सुरुवातदेखि नै यस सङ्क्रमणको असर सुरु भएको हो । सो असरबाट दक्षिण अमेरिकी देशहरु बढी प्रभावित भएका छन् । यस सङ्क्रणको असरका कारण विश्व स्वास्थ्य संगठनले यसलाई विश्वमा नै एक खतरनाक महामारीको सूचीमा राखेको छ ।
२०७२ माघ २९

वि.सं.२०७२ माघ २९ शुक्रवार १६:२६ मा प्रकाशित

You can share this post!

ADBL
राहदानी शिविरबाट पाँच करोड राजस्व सङ्कलन   

राहदानी शिविरबाट पाँच करोड राजस्व सङ्कलन   

वि.सं.२०८० जेठ ४ बिहीवार १०:२७

लिस्बन, ४ जेठ । पोर्चुगलमा राहदानीलगायत विभिन्न समस्यामा रहेका नेपालीलाई...

नेपाली युवाको कम्पनीलाई अमेरिकी राष्ट्रपतिको सम्मान   

नेपाली युवाको कम्पनीलाई अमेरिकी राष्ट्रपतिको सम्मान   

वि.सं.२०८० वैशाख २४ आइतवार १३:२७

मधुकर अधिकारी   वासिङ्टन ।  अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकामा नेपाली...

६४ एमपी क्यामरा र ३३ वाट फास्ट चार्जिंग सहितको एन्ट्रि लेभल च्याम्पियन रियलमी सी ५५ नेपाली बजारमा आउँदै

६४ एमपी क्यामरा र ३३ वाट फास्ट चार्जिंग सहितको एन्ट्रि लेभल च्याम्पियन रियलमी सी ५५ नेपाली बजारमा आउँदै

वि.सं.२०७९ चैत २४ शुक्रवार १९:५७

काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीले...

पाँच महिनादेखि मलेसियामा पाँच नेपाली अलपत्र

पाँच महिनादेखि मलेसियामा पाँच नेपाली अलपत्र

वि.सं.२०७९ चैत १५ बुधवार १२:४५

खोटाङ । खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा...

भारतलाई टुक्राएर अलग्गै खलिस्तान देश बनाउन खोज्ने अमृतपाल नेपाल पस्न सक्ने भन्दै सिमानामा भारतीय सुरक्षा अलर्ट

भारतलाई टुक्राएर अलग्गै खलिस्तान देश बनाउन खोज्ने अमृतपाल नेपाल पस्न सक्ने भन्दै सिमानामा भारतीय सुरक्षा अलर्ट

वि.सं.२०७९ चैत ११ शनिवार ०८:०५

काठमाडौं । भारतले खलिस्तान नामक अलग्गै मुलुक बनाउने अभियान चलाइरहेका...

एनआरएनएद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख ९ हजारको सहयोग

एनआरएनएद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख ९ हजारको सहयोग

वि.सं.२०७९ चैत १० शुक्रवार ०७:२७

काठमाडाै । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई...