back
mega bank Ad
Hero Ad

मन्त्रीका नातीले हतार-हतार किन गरे घोडासँग बिहे ?

आफ्नो पाँच वर्षका छोराले आफ्नो बिहे घोडासँग गराइदिन माग गरेपछि उनका बाबुआमा तिनछक परे । सुरुमा त केही सोँच्न पनि सकेनन्, लाजले भुतुक्क भए र छोरालाई हकारे पनि ।

अमेरिकाको लुसियानास्थित कोस्टाका ५ वर्षीय गेब बुसले गत शनिवार आफ्नै घरमा पालेको एक घोडीसँग बिहे गरे । बटरबल नामक त्यो घोडीलाई हजुरबाले गर्भाधानका लागि घोडा फार्ममा पठाउने थाहा पाएपछि उनले यस्तो निर्णय लिएका थिए ।

उक्त घोडी घोडाफार्ममा गएर बच्चा समेत पाएर आउने थाहा पाएपछि उनलाई आफु उक्त घोडीको पति हुने इच्छा जाग्यो । अर्थात् घोडीको भावी बछेडाको पिता बन्ने उनलाई मन लागेछ ।

विचरा ती बालकलाई बच्चा जन्माउनका लागि घोडीलाई भाले घोडासँग समागम गर्नुपर्छ भन्ने के थाहा ? उनले घोडीलाई आफुसँग बिहे गरेर मात्र फार्ममा पठाउन परिवारसँग माग गरे र घेाडीको भावी सन्तानको पिता आफु नै हुनुपर्ने जिद्दी गर्नथाले ।

आफुले बिहे गरेपछि उक्त प्यारो घोडी आफुलाई छाडेर कहिल्यै नजाने र पुनः फर्केर आउने विश्वास उनको थियो । बच्चाको जिद्दीका अघि कसैको केही लागेन । अन्ततः परिवाजन तथा आफन्तहरु मिलेर बुस र बटरबलको बिहे गरिदिए । गेबका हजुरबा रिचार्ड लोगन सिनियर स्थानीय मन्त्री पनि हुन् ।

वि.सं.२०७२ फागुन १ शनिवार १०:३२ मा प्रकाशित

You can share this post!

ड्रेस टु इम्प्रेसमा छानिए चार उत्कृष्ट डिजाइनर

ड्रेस टु इम्प्रेसमा छानिए चार उत्कृष्ट डिजाइनर

वि.सं.२०७९ असोज ३ सोमवार १६:०७

काठमाडौं। डिजाइनिङ र मोडलिङको समिश्रण ‘ड्रेस टु इम्प्रेस’ को छैटौं...

वुहान सहरमा पहिलो पटक कोभिड देखिएको त्यो दिन : विश्व इतिहास

वुहान सहरमा पहिलो पटक कोभिड देखिएको त्यो दिन : विश्व इतिहास

वि.सं.२०७८ पुस १६ शुक्रवार ०७:४७

आज ३१ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा...

विश्व इतिहासमा आजः विमानभित्र बम बिस्फोट

विश्व इतिहासमा आजः विमानभित्र बम बिस्फोट

वि.सं.२०७८ पुस ६ मंगलवार ०७:१६

आज २१ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा...

आन्ध्र महासागरबाट तीन हजार किलोमिटर हिँडेर न्युजिल्यान्ड पुग्यो एउटा पेन्गुइन

आन्ध्र महासागरबाट तीन हजार किलोमिटर हिँडेर न्युजिल्यान्ड पुग्यो एउटा पेन्गुइन

वि.सं.२०७८ कात्तिक २८ आइतवार १४:३८

एजेन्सी । न्युजिल्यान्डमा एउटा पेन्गुइन आफ्नो वास्तविक वासस्थानबाट तीन हजार...

समुद्री ह्वेलले यसकारण गर्छन् मानिसको शिकार

समुद्री ह्वेलले यसकारण गर्छन् मानिसको शिकार

वि.सं.२०७८ कात्तिक ११ बिहीवार ११:१६

काठमाडौं । पछिल्लो समयमा समुद्री ह्वेलले मानिसहरुलाई आक्रमणको निशाना बनाउन...

नोबेल पुरस्कारमा महिलाको संख्या पुरुषभन्दा नगन्य, कती महिला भए त पुरस्कृत!

नोबेल पुरस्कारमा महिलाको संख्या पुरुषभन्दा नगन्य, कती महिला भए त पुरस्कृत!

वि.सं.२०७८ असोज २७ बुधवार ०८:२३

ओस्लो । सन् १९०१ मा नोबेल पुरस्कार स्थापना भएपछि अहिलेसम्म...