back

माल्दिभ्सलाई ४-३ ले हराउँदै नेपाल १७ वर्षपछि फाइनलमा

काठमाडौँ । माल्दिभ्सलाई ४-३ ले हराउँदै नेपाल १७ वर्षपछि दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा प्रवेश गरेको छ ।

शनिबार इन्दिरा गान्धी स्टेडियममा माल्दिभ्सको यू-२३ टिमललाई ४-३ ले हराउँदै दुई पटकको स्वर्ण पदक विजेता नेपाल यू-२३ टिम फाइनलमा प्रवेश गरेको छ ।

नवयुग श्रेष्ठको हृयाटि्रकको मदतमा नेपालले माल्दिभ्समाथि नाटकीय जित हात पारेको हो ।

नेपालले पहिलो हाफमा दुई गोलको अग्रता लिएर पनि दोस्रो हाफमा जोगाउन सकेन ६५ औं मिनेटमा कमल श्रेष्ठले रातो कार्ड पाएपछि १० खेलाडीमा समिति भएको थियो ।

अतिरिक्त समयको अन्तिमतिर नवयुग श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै हृयाटि्रक मात्र पुरा गरे । ह्याट्रिक संगै नेपाललाई १७ वर्षपछि सागको पुरुष फुटबलको फाइनलमा पुर्‍याएको छ ।

१९८४ र १९९३ मा साग फुटबलमा स्वर्ण जितेको नेपालले १९९९ मा फाइनल खेलेको थियो । त्यसबेला पनि माल्दिभ्सलाई हराएर नेपाल फाइनलमा पुगेको थियो, शनिबार इतिहास दोहोर्‍याएको छ ।

 नेपालले बङबन्धु कपको फाइनल यात्रा तय गर्ने क्रममा पनि नेपालले माल्दिभ्सलाई नै हराएको थियो । सो खेलमा पनि नवयुगले हृयाटि्रक गरेका थिए ।

अब नेपालले उपाधिका लागि भारतसँग खेल्नेछ ।

१ फागुन २०७२ /९:५९

वि.सं.२०७२ फागुन १ शनिवार २१:४४ मा प्रकाशित

You can share this post!

एनआरएनए सचिव पदका उम्मेदवार पन्थ युरोपमा

एनआरएनए सचिव पदका उम्मेदवार पन्थ युरोपमा

वि.सं.२०८० असोज ७ आइतवार १३:२४

काठमाडौं । गैह्र आवासीय नेपाली संघ(एनआरएनए) को हुन गइरहको अधिवेशनमा...

राहुघाट जलविद्युत् आयोजना :  १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति   

राहुघाट जलविद्युत् आयोजना : १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति   

वि.सं.२०८० असोज ७ आइतवार १३:१३

म्याग्दी, ७ असोज : नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ४० मेगावाट...

एसियाडः पहिलो स्वर्ण चीनको खातामा   

एसियाडः पहिलो स्वर्ण चीनको खातामा   

वि.सं.२०८० असोज ७ आइतवार १२:५५

हाङ्झाउ, ७ असोज  : आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको...

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

वि.सं.२०८० असोज ७ आइतवार १२:४८

काठमाडौं । असोज १९ र २० गते काठमाडौंको बानेश्वर बैंकुटमा...

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

वि.सं.२०८० असोज ७ आइतवार १२:३७

वासुदेव पौडेल गण्डकी, ७ असोज : उत्तरतर्फ हिमाल दिनानुदिन खुल्दै...

सरकारका दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

सरकारका दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

वि.सं.२०८० असोज ७ आइतवार १२:३०

काठमाडौं  । सरकारका दुईवटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा...