back

बैंकले कमायो एक खर्ब २० अर्ब नाफा

Nepal Bank

काठमाण्डौं । भारतले लगाएको नाकाबन्दीको असर बैंकमा नपरेको पाइएको छ । आर्थिक वर्ष २०७२र७३ को दोस्रो त्रैमासिक अवधिको वित्तीय विवरण अनुसार ठूला केही बैंक बाहेक सबैको नाफा उल्लेखनीय रूपमा बढेको छ । ३० वटा वाणिज्य बैंकमध्ये दोस्रो त्रैमासिक अवधिसम्म २३ वटा बैंकले वित्तीय विवरण प्रकाशित गरेका छन् ।

एकीकृत रूपमा २३ वटा बैंकले पुस मसान्तसम्म नाफा २५.४५ प्रतिशतले बढाएका छन् । वित्तीय विवरण प्रकाशित गरेका २३ वटा बैंकको नाफा पुस मसान्तसम्ममा एक खर्ब २० अर्ब रुपैयाँ छ । अघिल्लो वर्षको पुस मसान्तमा यस्तो नाफा ९६ अर्ब २१ करोड रुपैयाँ थियो ।

नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह राष्ट्रबैंकले दिएको सहुलियतका कारण नाफा बढेको बताउँछन् । ‘ सहुलियतले गर्दा ऋणमा प्रोभिजन गर्नु परेनु,शाहले अन्नपूर्णसँग भने, ‘ अघिल्लो वर्ष नउठेको ऋण पनि यो पटक उठेको छ । यसले गर्दा नाफा बढेको हो ।’ उनले बैंकको वास्तविक नतिजाका लागि चैत मसान्त नै कुर्नुपर्ने बताए । ‘ नाकाबन्दी खुलिसकेको अवस्था छ’, उनले भने, ‘ सबै हिसाबले चैतमा आउने नतिजाले बैंकको वास्तविक यतार्थ बाहिर आउँछ ।’

दोस्रो त्रैमासमै बिलिनियर क्लबमा नबिल, नेपाल इन्भेस्टमेन्ट र नेपाल बैंक परेका छन् । वित्तीय विवरण प्रकाशित गरेका बैंकमा सबैभन्दा बढी नाफा नबिलले एक अर्ब ३६ अर्ब कमाएको छ भने त्यसपछि नेपाल इन्भेस्टमेन्टले एक अर्ब नौ करोड र नेपाल बैंकले एक अर्ब चार करोड रुपैयाँ नाफा गरेका छन् । नाफामा सबैभन्दा बढी बृद्धि नेपाल बैंकले हासिल गरेको छ ।

वित्तीय विवरण प्रकाशित गरेका बैंकमा कृषि विकास बैंक, एभरेस्ट र स्टान्डर्ट चार्टर्ड बैंक र प्रभु बैंकको नाफा घटेको छ । मुख्यगरी कृषि विकास बैंकको नाफा २७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ५३ करोड नाफा गरेको कृषि विकासले यो वर्ष जम्मा ३८ करोड नाफा गरेको छ । वित्तीय विवरण प्रकाशित भएका बैंक सबै नाफामा छन् । हालै मात्र प्रभु बैंकसँग गाभिएको ग्रान्ड बैंकले १४ करोड ९१ लाख मुनाफा कमाएको छ । बैंक अघिल्लो वर्ष १३ करोड रुपैयाँ घाटामा थियो ।

खासगरी ब्याज आन्दानी घटेको कारण बैंकको नाफा घटेको हो । बैंकर्स संघका उपाध्यक्ष शाह ब्याजदर घटेको कारण ठूला बैंकको नाफा घटेको बताउँछन् । ‘ ठूला बैंकले निक्षेपमा अघिल्लो वर्षदेखिनै कम ब्याज दिएका थिए’ ,उनले भने, ‘ कर्जाको ब्याजदर अहिले घटेको कारण ब्याज आन्दानी घट्यो । यसले ठूलो कारोबार गर्ने बैंकको नाफा घट्यो ।’

राष्ट्रबैंकले दिएको सहुलियतको कारण बैंकको वास्तविक विवरण नआएको विश्लेषण केही विश्लेषकको छ । आर्थिक बृद्धिदर ऋणात्मक हुने उद्योग व्यवसाय धराशायी भएको अवस्थामा २५ प्रतिशत नाफा बढ्दा बैंकले जसरी पनि नाफा गर्न सक्ने तथ्य बाहिर ल्याएको छ ।

बैंकिङ विश्लेषक परशुराम क्षेत्री राष्ट्रबैंकको सहुलियतको कारण बैंकको वास्तविक विवरणनै बाहिर नआएको बताउँछन् । ‘ वित्तीय विवरण सार्वजनिक भएका उद्योग र होटेलको नाफा घटेको छु ,उनले भने, ‘ बैंकको मात्र नाफा बढेको विवरणले बैंकमा भएको समस्यालाई बाहिर नल्याएको देखिन्छ ।’

राष्ट्रबैंकले भूकम्पको कारण असार मसान्तमा तिनुपर्ने किस्ता र ब्याजलाई असोजमा सारेको थियो । असोज पहिलो सातादेखि भारतले नाकाबन्दी लगाएको तथा तराई मधेसमा आन्दोलन भएपछि असोज मसान्तमा तिर्नुपर्ने ऋणलाई पुस मसान्तमा सारेको थियो । पुसमा पनि नाका र बन्द हडताल कायम रहेपछि त्यसलाई चैतसम्म सारेको छ ।

यसले गर्दा बैंकले समस्यामा परेका ऋणीको हकमा ऋण तिर्न नकसे पनि त्यस्तो ऋणलाई पुनर्तालीकरण तथा प्रोभिजन गर्नु नपर्ने सुविधा पाएका छन् । यसले गर्दा बैंकलाई नाफा बढाउन सहज भएको हो ।

प्रकाशित : अन्नपूर्ण पोष्ट, फागुन २, २०७२/ ८.००

वि.सं.२०७२ फागुन २ आइतवार १३:३९ मा प्रकाशित

You can share this post!

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

वि.सं.२०८२ असार ३ मंगलवार २१:२६

भरतपुर (चितवन) : पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः...

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

वि.सं.२०८२ असार ३ मंगलवार १८:४९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र...

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

वि.सं.२०८२ असार ३ मंगलवार १८:४२

नयाँदिल्ली :   भारतले मङ्गलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको...

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

वि.सं.२०८२ असार ३ मंगलवार १८:२४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखराको लेकसाइडस्थित टिका...

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

वि.सं.२०८२ असार ३ मंगलवार १८:१६

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था...

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

वि.सं.२०८२ असार ३ मंगलवार १६:४१

वीरगञ्ज (पर्सा) : सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक...