back

नेपालले इन्धनमाथिको निर्भरता ५० प्रतिशतले घटाउने

काठमाण्डौं । नेपालले सन् २०५० सम्ममा डिजेल, पेट्रोल, दाउरालगायत इन्धनमाथिको निर्भरता ५० प्रतिशतले घटाउने योजना राष्ट्रसंघसमक्ष बुझाएको छ ।

सोलार प्लान्ट, माइक्रो हाइड्रो तथा सुधारिएको चुलोमार्फत तापीय ऊर्जाको प्रयोग घटाउने लिखित कार्यक्रम र प्रतिबद्धता नेपालले बुझाएको हो ।

जलवायु परिवर्तनका असर र प्रभाव कम गर्न विश्वले आआफ्नो प्रतिबद्धता र कार्यक्रम सार्वजनिक गर्ने क्रममा नेपालले मिनी र माइक्रो हाइड्रोबाट २५ मेगावाट, छ लाख घरमा सोलार प्रणाली जडान गर्ने तथा ठूला संस्थामा एक हजार पाँच सय ठूला सोलार प्रणाली जडान गर्ने लक्ष्य राखेको छ ।

यसैगरी सन् २०५० सम्ममा चार लाख ७५ हजार सुधारिएको चुलो जडान गर्ने कार्यक्रम जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय अन्तरसरकारी सञ्जाल (आईपीसीसी) मा लिखित रूपमा बुझाइएको हो ।

दुई महिनाअघि सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २१ औं सम्मेलन ९कोप–२१० मा नेपालले यो कार्यक्रम (खाका) अनिवार्य बुझाउनुपर्ने थियो ।

कार्यक्रम नै नबुझाई सम्मेलनमा सहभागी नेपालको विश्वभर आलोचना भएको थियो । जनसंख्या तथा वातावरण मन्त्रालयले स्वीकृत गरी पठाएको जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमको खाका (आईएनडीसी) आईपीसीसीले समेत स्वीकृत गरिसकेको छ ।

नेपालले एक लाख ३० हजार घरमा बायो ग्यास प्लान्ट तथा एक हजार संस्थागत र दुई सय समुदायस्तरमा बायो ग्यास प्लान्ट जडान गर्ने कार्यक्रम स्वीकृत गरेको हो । नेपालले लक्षित कार्यक्रम सम्पन्न गरे तापीय ऊर्जाप्रतिको निर्भरता घटाउन ठूलो सहयोग पुग्नेछ ।

जनसंख्या तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन महाशाखाका प्रमुख रामप्रसाद लम्सालले लामो छलफलपछि कार्यक्रम स्वीकृत गरी आईपीसीसी पठाएको बताए । नेपालले सन् २०५० सम्ममा नवीकरणीय ऊर्जासँगै ऊर्जाका अन्य स्रोतसमेत मिलाएर देशभर विद्युतीकरण गरिसक्ने कार्यक्रम पनि राखेको छ ।

यसैगरी सन् २०२० सम्ममा हाल सञ्चालनमा रहेको विद्युतीय सवारीसाधनको संख्या २० प्रतिशत बढाउने लक्ष्य सरकारले राखेको छ । सन् २०४० सम्ममा नेपालले विद्युतीय रेलको सञ्जाल बनाइसक्ने योजना पनि संयुक्त राष्ट्रसंघीय सञ्जाललाई बुझाएको छ ।

नेपालमा क्रमशः सवारीका ठूला माध्यम प्रयोगलाई प्राथमिकता दिइने पनि उल्लेख छ । कार्यक्रममा नेपालको जलवायु परिवर्तनको अवस्था, नेपालले जलवायु परिवर्तनसम्बन्धी सञ्चालन गरिरहेका कार्यक्रम तथा नीतिनियमसमेत विश्लेषण गरिएको छ । मुख्य गरी जलवायु अनुकूलन तथा न्यूनीकरणका कार्यक्रमहरूको जानकारी गराइएको छ ।

खाकामा सन् २०२० सम्ममा नेपालले राष्ट्रिय अनुकूलन योजना (नाप) लागू गरिसक्ने प्रतिबद्धता व्यक्त गरेको छ । यसका लागि जलवायु परिवर्तनका असर, प्रभाव कम गर्ने कायक्रम, नीति–रणनीतिका कार्यक्रमसमेत अघि बढाइने उल्लेख छ ।

यसैगरी नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको वैज्ञानिक तथा भौतिक असरका बारेमा समेत विस्तृत अध्ययनअनुसन्धान गरी वास्तविकता बाहिर ल्याउने कार्यक्रम राखेको छ । बौद्धिक समुदाय र अनुसन्धानकर्ताको सहयोगमा जलवायु परिवर्तनका कारण हुने हानिनोक्सानीको विस्तृत अध्ययन कार्यक्रमसमेत प्राथमिकतामा राखेको छ ।

यसैगरी जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न २०१६ सम्ममा न्यून कार्बन विकास रणनीति अपनाउने प्रतिबद्धता पनि नेपालले व्यक्त गरेको छ । नेपालले कार्बन उत्सर्जन कटौती गरेबापतको राम्रो मूल्य पाउनसके त्यस्तो मूल्यसमेत नेपालको जलवायु परिवर्तनका क्षेत्रमा उपयोगी हुने कार्यक्रममा उल्लेख छ ।

विश्वका ४८ अतिकम विकसित मुलुकहरू ९एलडीसी० को नेतृत्वसमेत गरिसकेको नेपालले कार्यक्रमको खाका बुझाएपछि आईपीसीसीकी कार्यकारीसचिव क्रिस्टियाना फिगुरेसले ट्विटरमार्फत धन्यवाद दिएकी छन् ।

दक्षिणएसियाका ८ मा आईएनडीसी नबुझाउने नेपाल मात्रै थियो । यो खाकाका आधारमा जलवायु परिवर्तनका कार्यक्रम र त्यसका लागि आवश्यक सहयोग जुटाउन तथा परिचालन गर्न सहयोगी हुन्छ ।

प्रकाशित : अन्नपूर्ण पोष्ट, फागुन २, २०७२/ ८.००

वि.सं.२०७२ फागुन २ आइतवार १४:१० मा प्रकाशित

You can share this post!

माया खोला हाइड्रोपावरको आईपीओमा कति जनाको पर्यो आवेदन ?

माया खोला हाइड्रोपावरको आईपीओमा कति जनाको पर्यो आवेदन ?

वि.सं.२०७९ माघ १५ आइतवार १८:०२

काठमाडौं । माया खोला हाइड्रोपावरको आईपीओ ८ लाख ७ हजार...

हकप्रद सेयर निष्काशन गर्न अपी पावरले पायो पूर्व स्विकृती

हकप्रद सेयर निष्काशन गर्न अपी पावरले पायो पूर्व स्विकृती

वि.सं.२०७९ माघ १५ आइतवार १६:१०

काठमाडौं । अपि पावर कम्पनीलाई हकप्रद निष्काशनको लागि विद्युत नियमन...

आजदेखि मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ बिक्री गर्ने, क-कसले दिने आवेदन ?

आजदेखि मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ बिक्री गर्ने, क-कसले दिने आवेदन ?

वि.सं.२०७९ माघ १५ आइतवार १०:०३

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरको आजदेखि आइपीओ बिक्री खुला...

माया खोला हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ पहिलो दिनको अपडेट

माया खोला हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ पहिलो दिनको अपडेट

वि.सं.२०७९ माघ १३ शुक्रवार १९:४९

काठमाडौं । माया खोला हाइड्रोपावरको आइपीओमा १ लाख ५८ हजार...

मिड–सोलु हाइड्रोपावरले आइपीओ बिक्री गर्न बोर्डसँग माग्यो अनुमति

मिड–सोलु हाइड्रोपावरले आइपीओ बिक्री गर्न बोर्डसँग माग्यो अनुमति

वि.सं.२०७९ माघ १३ शुक्रवार १५:२१

काठमाडौं । मिड–सोलु हाइड्रोपावर कम्पनीले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र...

अरुण तेस्राेकाे टावर निर्माणका क्रममा अधिग्रहण गरिएका जग्गाको मुआव्जा वितरण सुरु

अरुण तेस्राेकाे टावर निर्माणका क्रममा अधिग्रहण गरिएका जग्गाको मुआव्जा वितरण सुरु

वि.सं.२०७९ माघ १३ शुक्रवार १३:३३

खोटाङ ।  अरुण तेस्राे जलविद्युत् आयोजनाको प्रशारणलाईनको टावर निर्माणका क्रममा अधिग्रहण...