काठमाण्डौं । नेप्सेमा आज नेपाल इन्भेष्टमेन्ट बैंकको मात्रै ९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । इन्भेष्टमेन्ट बैंकको साधारण र संस्थापक गरी आठ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको हो ।
पुँजी बजारमा ५१ करोड रुपैयाँको कूल कारोबार भएको छ । एकसय २१ कम्पनीको कारोबार भएको दिन बजार भने ४.३७ अंकले घटेर १२५९.३५ अंकले घटेको छ । वित्त कम्पनी र टेलिकमको बाहेक सबै सूचक ओरालो लागेको छ।
३ फागुन, २०७२ / ३.००
वि.सं.२०७२ फागुन २ आइतवार १५:४१ मा प्रकाशित