back

प्रधानमन्त्री ओलीको भारत भ्रमण राजकीय हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी फागुन ७ गतेदेखि हुने भारत भ्रमणलाई राजकीय भ्रमण बनाउन दुई देशका अधिकारीहरुले तयारी थालेका छन् । २०४७ सालपूर्व राजाको भ्रमणलाई मात्र भातरले राजकीय बनाएको थियो । त्यसपछि बनेका कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीको भ्रमणलाई पनि राजकीय भ्रमण बनाएको थियो । दशकपछि भारतले नेपालका प्रधानमन्त्रीको भ्रमणलाई राजकीय बनाउने तयारी गरेको प्रधानमन्त्री कार्यालय समबद्ध स्रोतले जानकारी दियो ।

दोस्रो जनआन्दोलनपछि भारत पुगेका तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भारत भ्रमणपनि राजकीय भ्रमण थिएन । तर गिरिजाको पहिलो भ्रमण भने भारतले राजकीय भ्रमण बनाएको थियो ।

दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल, बाबुराम भट्टराई र सुशील कोइराला प्रधानमन्त्री बने । झलनाथ खनाल बाहेक सवै प्रधानमन्त्री भारत भ्रमण गरे तर कुनैपनि प्रधानमन्त्रीको भ्रमणलाई भारतले राजकीय भ्रमण बनाएन । ति सवै प्रधानमन्त्रीलाई बस्ने ब्यवस्था होटलमै गराउने गरेको थियो । तर वर्तमान प्रधानमन्त्री ओलीको भ्रमणलाई राजकीय बनाउने र राष्ट्रपति निवासमा राख्ने तयारी भारतले गरेको छ ।

प्रधानमन्त्री ओलीले ७ फागुनदेखि भारत भ्रमण गर्ने भएका छन् । ६ दिने भारत भ्रमणका बेला प्रधानमन्त्री ओली भारतीय राष्ट्रपति निवासमा बस्ने भएका छन् । भारत सरकारले त्यही अनुरुप ब्यवस्था गरेको जानकारी नेपाल सरकारलाई गराएको थियो ।

फागुन ७ गते प्रजातन्त्र दिवस समारोहमा सहभागी भई प्रधानमन्त्री अपराह्न नयाँदिल्ली पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले फागुन ८ गते भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् । ओलीले त्यहाँका उपराष्ट्रपति हमिद अन्सारी, मन्त्रीहरू र विभिन्न दलका नेताहरूसँग पनि भेट्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीको भ्रमण दलमा रहने सदस्यको नाम परराष्ट्र र प्रधानमन्त्री कार्यालयले अझै टुंग्याउन सकेका छैनन् । ‘सकेसम्म भ्रमण टोली सानो बनाऊँ भन्ने हाम्रो मन्त्रालयको सुझाव छु, परराष्ट्रका ती अधिकारीले भने ।

भ्रमण टोली जम्बो

भ्रमणमा सत्ता साझेदार दलका नेतादेखि व्यापारी र विपक्षिसम्म समेट्दा प्रधानमन्त्रीको भ्रमण टोली जम्बो हुने भएको छ । प्रधानमन्त्रीका साथ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत र अर्थमन्त्री विष्णु पौडेल जानेछन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्कालाई टोलीमा समावेश गरिनेछ । एमालेबाट सांसदहरू लालबाबु यादव र राजन भट्टराई टोलीमा छन् । एमाओवादी, जनमोर्चा, राप्रपालगायत चार दलका चार सांसद भ्रमण टोलीमा हुनेछन् । प्रधानमन्त्रीकै दलका एक मन्त्री र अन्य दुई प्रमुख दलका मन्त्री पनि टोलीमा छन् ।

टोलीमा सहभागी हुने २० व्यापारी आफ्नै खर्चमा जानेछन् । सरकारी खर्चमा जाने टोली नै ३० जनाभन्दा बढीको हुनेछ । व्यापारीको बस्ने र खाने व्यवस्था उनीहरूले नै गरेपनि त्यहाँको यातायात र अन्य समन्वय सरकारी पक्षले नै गरिदिने हो ।

३ फागुन २०७२/९:३० 

वि.सं.२०७२ फागुन ३ सोमवार ०९:३२ मा प्रकाशित

You can share this post!

सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७९ माघ २५ बुधवार १०:४३

काठमाडौं । बुधबार सुनको सामान्य बढेको छ । उक्त दिन...

पेट्रोलियम पदार्थ अन्वेषण : दैलेखको भैरवीमा ४५ रोपनी जग्गा अधिग्रहण गरिने

पेट्रोलियम पदार्थ अन्वेषण : दैलेखको भैरवीमा ४५ रोपनी जग्गा अधिग्रहण गरिने

वि.सं.२०७९ माघ २५ बुधवार १०:३६

हेमन्त केसी, सुर्खेत । सरकारले पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखको...

११.५ प्रतिशत नगद लाभांश तपाइको खातामा आयो त ?

११.५ प्रतिशत नगद लाभांश तपाइको खातामा आयो त ?

वि.सं.२०७९ माघ २५ बुधवार १०:२९

काठमाडौं । नबिल बैंकले शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ...

२३.६३ प्रतिशतले बढ्यो सानिमा लाइफ इन्स्योरेन्सको नाफा, प्रतिसेयर आम्दानी कति ?

२३.६३ प्रतिशतले बढ्यो सानिमा लाइफ इन्स्योरेन्सको नाफा, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०७९ माघ २५ बुधवार १०:१९

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमाससम्मको वित्रिय...

लगानी गर्ने अर्को अवसर : फेरि आउँदैछ ८ हजार कित्तासम्म भर्न पाईने आईपीओ

लगानी गर्ने अर्को अवसर : फेरि आउँदैछ ८ हजार कित्तासम्म भर्न पाईने आईपीओ

वि.सं.२०७९ माघ २५ बुधवार १०:०८

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ४ गतेदेखि आईपीओ...

यस्तो छ आजको विदेशी मुद्राको  विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०७९ माघ २५ बुधवार ०८:३१

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागी विदेशी विनिमय दर...