काठमाण्डौं । १३ बैंक तथा वित्तीय संस्थाहरु प्रमुख कार्यकारी अधिकृत ९सिइओ० को खोजीमा लागेका छन्। बैंक तथा वित्तीय संस्थामा सिइओ कर्मचारीको सबैभन्दा ठूलो पद हो। मुख्य व्यक्तिको अनुपस्थितिमा बैंकको वित्तीय अवस्था राम्रो नहुने भएकाले योग्य सिइओको खोजीमा उनीहरु लागेका छन्। योग्य सिइओले वित्तीय स्थितिलाई मजबुत राख्ने विश्वास गरिएको छ।
हाल २९ वाणिज्य बैंकमध्ये पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक, एनआइसी एसिया बैंक, कुमारी बैंकमा सिइओ छैनन्। ती बैंकमा सिइओको काम कायम मुकायम सिइओले चलाइरहेका छन्।
राष्ट्रिय वाणिज्य बैंकमा सिइओ छनोट प्रक्रिया चलिरहेको छ। अर्थ मन्त्रालयका सहसचिव कृष्ण देवकोटा संयोजकत्वको सिइओ छनोट समितिले सरकारलाई नाम सिफारिस गरेको छ।
उक्त समितिले राष्ट्रिय वाणिज्य बैंकका निवर्तमान सिइओ कृष्णप्रसाद शर्मा, कामु सिइओ भेषराज पन्थी, कर्मचारी सञ्चय कोषका प्रशासक कृष्णप्रसाद आचार्य, कृषि विकास बैंकका नायब महाप्रबन्धक अनिल उपाध्याय तथा नेपाल बैंकका पूर्वप्रबन्धक किरण श्रेष्ठको नाम छानेको छ।
निजी क्षेत्रको बैंक एनसिसी बैंक तत्कालीन सिइओ अमृतचरण श्रेष्ठले राजीनामा दिएपछि उक्त बैंकमा रमेशराज अर्यालले कामु सिइओको रुपमा काम गरिरहेका छन्। एनआइसी एसिया बैंकबाट शशिन जोशीले राजीनामा दिएर नबिल बैंक गएपछि हालसम्म सिइओ पद खाली छ। उक्त बैंकमा लक्ष्मण रिसालले कामु सिइओको रुपमा काम गरिरहेका छन्। यसैगरी, कुमारी बैंकका सिइओ उदयराज उपाध्ययले राजीनामा दिएपछि राजिव गिरीले कामुको रुपमा काम गरिरहेका छन्।
तीमध्ये एक बैंकले सार्वजनिक सूचनामार्फत आवेदन मागेको छ। अन्य बैंकले अनौपचारिक माध्यमबाट खोजी गरिरहेको एक बैंकरले बताए।
नेपाल राष्ट्र बैंकले तीन महिनाभन्दा बढी समय सिइओविहीन हुन नहुने व्यवस्था गरेपछि बैंक तथा वित्तीय संस्थालाई सिइओ नियुक्ति गर्न दबाब परेको हो। केन्द्रीय बैंकले २०७१ फागुन २९ गते बैंक तथा वित्तीय संस्थालाई परिपत्र नं १७ मार्फत तीन महिनाभित्र रिक्त सिइओ पद पूर्ति गर्न निर्देशन दिएको थियो।
कुल ७३ मध्ये करिब पाँच विकास बैंकमा सिइओ छैनन्। विराटलक्ष्मी विकास बैंकमा सिइओ छैन। उक्त बैंकमा कामु प्रमुख कार्यकारी अधिकृत सुधीरकुमार श्रेष्ठले सिइओको काम गरिरहेका छन् । यसैगरी एपेक्स डेभलपमेन्ट बैंकमा पनि कामु कार्यकारी अधिकृतले सिइओको काम गरिरहेका छन्।
समस्याग्रस्त विकास बैंकलाई केन्द्रीय बैंकले नियन्त्रणमा लिएपछि उक्त विकास बैंकमा पनि सिइओ नभएको डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष कृष्णराज लामिछानेले बताए। ुमर्जरमा गएका केही विकास बैंकमा पनि सिइओ छैनन्,ु उनले भने, ुकेन्द्रीय बैंकले मर्जरका लागि सैद्धान्तिक सहमति दिएपछि सिइओ राख्न दबाब दिइँदैन, त्यसैले पनि उक्त बैंकमा कामु सिइओले काम चलाइरहेका छन्।ु
कुल ४७ मध्ये ४ वटा वित्त कम्पनी ९फाइनान्स० मा सिइओ छैनन्। सिनर्जी फाइनान्स, कुवेर फाइनान्स लगायतमा सिइओ नभएको वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले बताए। ुकेही वित्त कम्पनीलाई राष्ट्र बैंकले शिघ्र सुधारात्मक कारबाही गरेपछि त्यस्ता संस्थामा सिइओ पद रिक्त छ,ु उनले भने।
बैंकमा कर्मचारीको सबैभन्दा ठूलो पदरजिम्मेवारी सिइओको हुन्छ। मुख्य व्यक्तिको अनुपस्थितिमा बैंक उचित गतिमा अगाडि बढन नसक्ने बैंकर बताउँछन्।
सर्वसाधारणको निक्षेप रकम सुरक्षित गर्न पनि बैंकमा मुख्य व्यक्ति आवश्यक पर्ने बैंकर बताउँछन्। बैंक तथा वित्तीय संस्थाहरु संख्यात्मक रुपमा धेरै भएपछि व्यवस्थापन प्रमुखका रुपमा काम गर्न सक्ने व्यक्तिको कमी भएको केन्द्रीय बैंकको भनाइ छ। बैंकमा कार्यरत सिइओले पद छाडेपछि नयाँ खोज्न समस्या भएको जानकार बताउँछन्।
सामान्यतया बैंकमा चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गरिन्छ। सो अवधिमा सिइओको काम सन्तोषजनक नदेखिए सञ्चालक समितिले बर्खास्त गर्न सक्ने व्यवस्था छ।
संसदको अर्थ समितिले बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनमा संशोधन तथा एकीकरण गर्न बनेको विधेयक ९बाफिया० २०७२ ले सिइओको कार्यकाल दुईभन्दा बढी राख्न नपाउने व्यवस्था गरेको छ। उक्त विधेयक अर्थ मन्त्रालयले व्यवस्थापिका संसदमा छलफलका लागि पठाएको छ। संसदको अर्थ समितिले उपसमिति बनाएर सुझाव लिन थालेको छ।
बैंकका अध्यक्ष र सिइओको कार्यकाल दुई वर्षभन्दा बढी राख्न नहुने सुझाव विज्ञहरुले दिएका छन्। एकै व्यक्ति लामो समय संस्थाको नेतृत्वमा रहँदा संस्थागत सुशासनको अवस्था कमजोर हुने उनीहरुको तर्क छ। संस्थागत सुशासनका लागि पनि कार्यकाल तोक्नुपर्ने उनीहरुको भनाइ छ।
प्रकाशित : नागरिक, ३ फागुन, २०७२ / ७.००
वि.सं.२०७२ फागुन ३ सोमवार १०:३८ मा प्रकाशित