back

भारतलाई हराउँदै नेपाल (साग) फुटबल च्याम्पियन

काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा भारतलाई पराजित गर्दै नेपाल २३ वर्षपछि च्याम्पियन भएको छ ।

गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा सोमबार भएको खेलमा भारतलाई २–१ ले हराउँदै नेपालले उपाधि उचालेको हो । नेपालका लागि नवयुग श्रेष्ठ र प्रकाश बुढाथोकीले दोस्रो हाफमा गोल गरेका थिए ।

दोस्रो हाफमा नवयुगले ७१ र प्रकाशले ६५ औं मिनेटमा गोल गरेका हुन् ।पहिलो हाफको ३५ औं मिनेटमा हरिचरण नर्जरीले गोल गरि भारतले अग्रता लिएको थियो । पहिलो हाफसम्म गोलरहीत अवस्थामा रहेको नेपालले दोस्रो हाफमा आक्रामक खेल खेलेको थियो ।

नेपालले दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलको फाइनलमा खेलेको यो पाँचौं अवसर हो । यसअघि नेपालले सन् १९८४ र १९९३ मा पुरुष फुटबलतर्फ स्वर्ण जितेको थियो । यस्तै १९८७ र १९९९ को फाइनलमा भने नेपाल पराजित रहेको थियो

महिलातर्फको फाइनलमा भने भारतले सोमबार नै नेपाललाई ४–० ले हराएको थियो ।
३ फागुन २०७२ / ९ः १५

वि.सं.२०७२ फागुन ३ सोमवार २१:१६ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...