back
Mega Long Ad

बजार नपाउँदा लाखौंको व्यवसाय धान्न गाह्रो

म्याग्दी । जिल्लाको घार र शिखका गाईपालक कृषकलाई चिज बिक्री घटेपछि लाखौंको नोक्सानी भएको छ।

भूकम्प र नाकाबन्दीले पर्यटक आगमन घटेपछि घार र शिखको पाउद्वारमा उत्पादित चिज बिक्री नहुँदा कृषक मारमा परेका हुन्। म्याग्दी, मुस्ताङ र कास्कीका होटलमा पर्यटक आगमन घटेसँगै चिजको खपत घटेको छ।

प्रोट्रिन तत्व पाइने चिज पर्यटकले रुचाउने परिकार हो। पर्यटक आगमन र चिज बिक्री घटेपछि कृषकलाई लाखौँ नोक्सानी हुनुका साथै उद्योग सङ्कटमा परेका घार गाविस– ५ स्थित हिमालयन चिज उत्पादन सहकारी संस्थाका सचिव श्याम खड्काले बताए।

विसं २०७१ मा रु २३ लाख बराबरको चिज बिक्री गरेको उद्योगमा यस वर्षको दश महिनाको अवधिमा रु १० लाखको चिज मात्र बिक्री भएको छ। करिब रु तीन लाख बराबरको चिज समयमै बिक्री गर्न नसक्दा कुहिएर नष्ट भएको छ।

शिखको पाउद्वारस्थित खयरबाराही चिज उद्योगले समेत बिक्री घटेपछि उत्पादन घटाएको छ। उत्पादन घटाउँदा त्यसको प्रत्यक्ष असर कृषकको आम्दानीमा परेको छ। उनीहरुले उत्पादन गरेको दुध बिक्री नहुँदा नोक्सान भएको हो। पहिले दैनिक ३०० लिटर दूध खपत गर्ने गरेको हिमालयन चिज उद्योगले हाल १०० लिटर मात्र खपत भएको जनाएको छ।

घारका ३० जना बढी कृषकले दैनिक उत्पादन गरेको दुई सय लिटर दूध बिक्री हुन सकेको छैन। लाखौँ लगानी गरेर गाईपालन गरेका कृषक दूध बिक्री नहुँदा मारमा परेका घार– ५ का कृषक नारायण बरुवालको भनाइ छ। कृषकलाई अहिले घाँस, दाना, पानीको खर्च जुटाउन धौधौ भएको छ। रासस

४ फागुन २०७२, २.००

वि.सं.२०७२ फागुन ४ मंगलवार १४:५२ मा प्रकाशित

You can share this post!

ऋण तिर्न नसकेर वेपत्ता भएका अग्रवाल परिवारको पत्र,’बाचिन्छ वा मरिन्छ ठेगान छैन’, मिटरव्याजी भने समस्यामा

ऋण तिर्न नसकेर वेपत्ता भएका अग्रवाल परिवारको पत्र,’बाचिन्छ वा मरिन्छ ठेगान छैन’, मिटरव्याजी भने समस्यामा

वि.सं.२०७८ माघ ३ सोमवार १५:२९

काठमाडौ । सोमबार नेपाल इन्भेष्टमेन्ट बैंंकले नेपालमा सवैभन्दा महंगो रक्सी...

बतासको बचाउमा उद्योग वाणिज्य महासंघ, भन्यो “निजी क्षेत्रको एकतर्फि रुपमा चरित्र हत्या गरियो”

बतासको बचाउमा उद्योग वाणिज्य महासंघ, भन्यो “निजी क्षेत्रको एकतर्फि रुपमा चरित्र हत्या गरियो”

वि.सं.२०७८ पुस ३० शुक्रवार १५:३०

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले बतास अर्गनाइजेसनलाई बचाउ गर्दै...

पाँच महिनामा आयात ५९.५ प्रतिशतले बढ्दा निर्यातमा १०५ प्रतिशत वृद्धि

पाँच महिनामा आयात ५९.५ प्रतिशतले बढ्दा निर्यातमा १०५ प्रतिशत वृद्धि

वि.सं.२०७८ पुस २९ बिहीवार १६:३५

काठमाडौँ । आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा कुल वस्तु...

विदेशी प्रविधि वा सामाग्री आयातको सम्झौता गर्दा उद्योग विभागको स्वीकृति अनिवार्य

विदेशी प्रविधि वा सामाग्री आयातको सम्झौता गर्दा उद्योग विभागको स्वीकृति अनिवार्य

वि.सं.२०७८ पुस २५ आइतवार १२:१८

काठमाडौं । कुनैपनि नेपाली उद्योगीहरुले विदेशी प्रविधि वा सामाग्री आयात...

राजस्व संकलनमा जस्तो पूँजीगत खर्चमा सरकारको तदारूकता देखिएन: अध्यक्ष गोल्छा

राजस्व संकलनमा जस्तो पूँजीगत खर्चमा सरकारको तदारूकता देखिएन: अध्यक्ष गोल्छा

वि.सं.२०७८ पुस १९ सोमवार १८:०५

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राजस्व...

पेट्रोलिय पदार्थमा अन्तर्राष्ट्रियस्तरमा नै कर बढी लिने गरिएको छ:आपुर्ति सचिव भट्टराई

पेट्रोलिय पदार्थमा अन्तर्राष्ट्रियस्तरमा नै कर बढी लिने गरिएको छ:आपुर्ति सचिव भट्टराई

वि.सं.२०७८ पुस १८ आइतवार १७:५४

काठमाडौं ।उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले सरकारी...