back

अघि बढ्यो पुरातात्विक सम्पदाको पुनर्निर्माण अभियान

Kumari bank ad

काठमाडौं । भूकम्पले क्षतिग्रस्त पुरातात्विक सम्पदाको पुनर्निर्माण अभियान सुरु भएको छ । पुरातत्व विभागले यस वर्ष १ सय ४ वटा पुरातात्विक सम्पदाको पुनर्निर्माण गर्ने निर्णय गरेको छ । हनुमानढोकास्थित नौतले दरबार र नुवाकोटको साततले दरबार चीन सरकारले पुनर्निर्माण गर्ने जिम्मा लिएको छ ।

काठमाडौं उपत्यकासहित देशभरका पुरातात्विक सम्पदाको पुनर्निर्माणका लागि विभागले तयार गरेको कार्ययोजनामा छलफल गर्दै अभियान अगाडी बढाउने निर्णय भएको हो ।

यो वर्ष ७८ करोड रुपैयाँ पुराना सम्पदाहरुको पुनर्निर्माणमा खर्च हुने विभागले जनाएको छ । यो वर्ष बसन्तपुर क्षेत्रको त्रैलोक्य मोहनको मन्दिर, इन्द्रायणी, कंकेश्वरी, नरदेवी र जैसी देवलको पुनर्निर्माण विभागले नै गर्ने भएको छ ।

यसैगरी पाटनको जगतनारायण मन्दिर, भक्तपुरको कला संग्राहालय, फर्सीदेग, बत्सला देवीको मन्दिर, तव सत्तल, स्वयम्भुको प्रतापुर र अन्नपुर मन्दिर लगायत पुरातात्विक सम्पदाको पुनर्निर्माणको लागि विभागले काम अघि बढाएको हो ।

विभागले पुरातात्विक सम्पदाको पुनर्निर्माण जिम्मा विभिन्न देश र संस्थाहरुलाई दिएको छ । चीन सरकारले हनुमानढोकास्थित नौतले दरबार र नुवाकोटको सात तले दरबारको पुनर्निर्माणको जिम्मा लिएको छ । यसका लागि अर्थ मन्त्रालयसँग चीन सरकारले सम्झौता गरिसकेको छ । श्रीलंकन सरकारले बुङमतीस्थित रातो मच्छिन्द्रनाथको मन्दिर र आनन्दकुटी बिहार बनाउने भएको छ । त्यसका लागि श्रीलंकासँग पनि समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ ।

यसैगरी कन्जरभेसन हेरिटेज फाउण्डेसन नेपालले चाँगुनारायण मन्दिर परिसरका सत्तलहरु, काठमाडौं महानगरपालिकाले रानीपोखरी र काष्ठमण्डपका साथै माझुदेग बनाउने पक्का भइसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन भई पुनर्निर्माण महाअभियानको शुभारम्भ गरिएको रानीपोखरीको पुनर्निमाणका लागि टेण्डर आह्वान समेत भइसकेको छ । विभागले काष्ठमण्डपको डिजाइनको स्वीकृति दिनासाथ टेण्डर प्रक्रिया अघि बढाउने महानगरपालिकाको तयारी छ ।

जापान सरकारले पनि दुईवटा मन्दिर पुनर्निर्माणका लागि प्रस्ताव गरेको छ । तर, विभागले कुन मन्दिरको जिम्मा दिने भन्ने टुंगो लगाएको छैन ।

४ फागुन २०७२ / ३:०६

वि.सं.२०७२ फागुन ४ मंगलवार १५:१३ मा प्रकाशित

You can share this post!

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:३३

भजनी १६ मङ्सिर : कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम...

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:२४

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ...

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:०५

मेलम्ची, (सिन्धुपाल्चोक) १५ मङ्सिर : खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्चीको पानी...

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० मंसिर १६ शनिवार ०६:५७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४९

काठमाडौँ, १५ मङ्सिर : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण...

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४३

काठमाडौँ, १५ मङ्सिर : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले...