
काठमाण्डौं । आज मंगलबार सेयर बजारमा कारोबार रकम बढेपनि परिसूचक भने थोरै घटेको छ । आज पनि सेयर बजारमा अघिल्ला दिनहरु जस्तै इन्भेष्टमेन्ट बैंकको सेयर कारोबारकै हालीमुहाली रहेकोछ ।
इन्भेष्टमेन्ट बैंकको साधारण सेयर चार करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ। यस्तै बैंकको संस्थापक सेयर पनि दुई करोड रुपैयाँको कारोबार भएको छ।
कारोबार रकम भने ४५ करोड ५० लाखको भएको छ। बजारमा एकसय १९ कम्पनीको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै बीमा समूहको सूचक बढेको छ। बीमालाई होटल र विकास बैंकले पनि पच्छ्याएका छन्। बीमा समूहको सूचक २३।८८ अंकले बढेको छ भने होटलको १० र विकास बैंकको सूचक पाँच अंकले बढेको छ।
बजार परिसचूक ०.८९ अंकले ओरालो लागेर १२५७.४३ अंकमा बन्द भएको छ।
४ फागुन २०७२/ ३.३०
वि.सं.२०७२ फागुन ४ मंगलवार १६:०० मा प्रकाशित