back

अख्तियारको छानबिनमा १६ सहसचिवसहित २६ अधिकारी

Kumari bank ad
काठमाडौं । अकुत सम्पत्ति आर्जन गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका १६ सहसचिव एवं विभागीय प्रमुखसहित २६ पदाधिकारीलाई छानबिनको दायरामा ल्याएको छ ।
सार्वजनिक ओहोदामा रहेर छानबिन सुरु गरिएकामा निजामती कर्मचारी, चिकित्सक, विभागीय प्रमुख, परिषद् सदस्य, डिन, आयोजना प्रमुखलगायत छन् । यी पदाधिकारीसहित अख्तियारले एक सय १८ जना व्यक्तिमाथि अकुत सम्पत्ति छानबिनको कारबाही तीव्र पारेको छ । सम्पत्ति लुकाएको आशंका गरिएका सम्भावित बैंकमा लकर रोक्का गर्न अख्तियारले पत्र पठाएको राष्ट्र बैंक निकट स्रोतले बतायो ।

 को को हुन् त अकुत सम्पत्ति छानबिनमा परेका उच्चपदस्थ पदाधिकारी ?

१. भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सहसचिव रोहितकुमार भट्टराई

२ .वीर अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डित

३. नेपाल मेडिकल काउन्सिलका सदस्य डा. अञ्जनीकुमार झा

४. शिवजी पौडेल

५. एई अन्सारी

६. निरज पन्त

७. रोशन पिया

८. कुलदीप गोइत

९. नेपाल आयल निगमका निर्देशक नागेन्द्र शाह र

१० वितरण विभाग प्रमुख सुशील भट्टराई

१०. स्थानीय विकास मन्त्रालयका सस्पेन्सन ब्रिज डिभिजन प्रमुख उमाशंकर शाह

११. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत मध्यपहाडी लोकमार्गका आयोजना प्रमुख अयोध्याप्रसाद श्रेष्ठ

१२. सडक बोर्डका कार्यकारीनिर्देशक रमेशनाथ बास्तोला

१३. बिमा समितिका निर्देशक राजुरमण पौडेल

१४. काठमाडौं महानगरपालिकाका वरिष्ठ करअधिकृत नुरनिधि न्यौपाने

१५. महानगरपालिकाकै इन्जिनियर रविमान श्रेष्ठ

१६. वरिष्ठ प्रशासकीय अधिकृत बलराम त्रिपाठी

१७. विभागीय प्रमुख सञ्जयराज उपाध्याय

१८. इन्जिनियरिङ संस्थानका डिन भरतराज पहाडी

१९. स्वास्थ्य व्यवसायी परिषद्का सदस्य रामविनोद महतो

२०. भूमिसुधार मन्त्रालयका उपसचिव राजकपुर चौलागाईं

२१. सर्भेक्षक रामनारायण यादव

२२. उद्योग मन्त्रालयका उपसचिव सुरेन्द्रप्रसाद जोशी

२३. बन तथा भूसंरक्षण मन्त्रालयअन्तर्गतका जिल्ला बन अधिकृत राजेन्द्रमानसिंह भण्डारी

२४. जयमंगल प्रसाद

२६.  इन्द्रप्रसाद सापकोटा

लाइ यसपटक अकुत सम्पत्तिको आशंकामा छानबिन सुरु भएको छ ।
यसअघि अकुतमा नेता तथा सरकारी पदाधिकारीसहित ९२ जनाको सम्पत्ति छानबिन सुरु भइसकेको छ । पछिल्लो सूचीसमेत गरी एक सय १८ जना छानबिनको घेरामा छन् ।
५ फागुन २०७२ / ९: ४४

वि.सं.२०७२ फागुन ५ बुधवार ०९:५२ मा प्रकाशित

You can share this post!

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

वि.सं.२०८० मंसिर १८ सोमवार १८:०१

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

वि.सं.२०८० मंसिर १८ सोमवार १७:४३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३९

मनाङ, १८ मङ्सिर : कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा...

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३२

ढोरपाटन (बागलुङ), १८ मङ्सिर : आज बिहानदेखि परेको हिमपातका कारण...

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८० मंसिर १८ सोमवार १७:२१

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम...

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

वि.सं.२०८० मंसिर १८ सोमवार १७:०६

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले...