
काठमाडौँ । सरकारले १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्ने खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
साग विजेता खेलाडीलाई स्वागत/सम्मान गर्न बुधबार दशरथ रंगशालामा भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले ५ लाख रुपैयाँ घोषणा गरे । ‘पहिले नै २ लाख दिने घोषणा गरेको थिएँ,’ सम्मानपछि पत्रकारसंग कुरा गर्दै मन्त्री मण्डलले भने, ‘प्रधानमन्त्रीसँग सल्लाह गरेर अरु तीन लाख थपेर ५ लाख दिने निर्णय भएको छ ।’
५ फागुन २०७२ / ८:३०
वि.सं.२०७२ फागुन ५ बुधवार २०:२१ मा प्रकाशित