back

अब लोडसेडिङ दुई घण्टा घट्ने

काठमाडौँ । विद्युत प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन हुँदै बुधबारदेखि भारतबाट १५ मेगावाट बिजुली आयात गरेको छ । प्राधिकरण र भारतीय कम्पनी एनभीभीएनबीच सोमबार भएको सम्झौताअनुसार भारतबाट नेपाल–भारतबीचको पहिलो अन्तरदेशीय प्रसारण लाइनबाट बुधबारदेखि बिजुली आयात गर्न थालिएको हो ।

एनभीभीएनले ढल्केबर–मुजफ्फर प्रसारण लाइनबाट प्राधिकरणलाई ८० मेगावाट बिजुली दिने सम्झौतामा उल्लेख छ । एनभीभीएनले उत्पादक कम्पनीहरूसित बिजुली खोज्न समय लागेकाले बुधबार १५ मेगावाटमात्र बिजुली नेपाल निर्यात भएको जानकारी विद्युत प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले दिए ।

‘अन्तरदेशीय प्रसारण लाइनबाट बुधबारदेखि १५ मेगावाट बिजुली आयात सुरु भएको छ’ क्षेत्रीले कान्तिपुरसित भने– ‘भोलि (बिहीबार) बेलुकासम्ममा उक्त प्रसारण लाइनबाट ७० मेगावाट बिजुली आयात हुन थाल्नेछ । उत्पादक कम्पनीहरूसित एनभीभीएनले बिजुली खोज्नुपर्ने भएकाले सुरुमै ८० मेगावाट नआएको हो ।’

उनले दुई/तीन दिनपछि नै सम्झौताबमोजिम ८० मेगावाट नै बिजुली आयात सुरु हुनेछ । हाल नेपालले अरू प्रसारण नाकाबाट २ सय ३५ मेगावाटसम्म बिजुली आयात गरिरहेको छ । ८० मेगावाट थपिएपछि भारतबाट आयात हुने बिजुली ३ सय १५ मेगावाट पुग्नेछ ।

८० मेगावाट थपिएपछि मुलुकमा दैनिक २ घन्टासम्म लोडसेडिङ घट्ने जानकारी प्राधिकरणका अर्का अधिकारीले जानकारी दिए । हाल साताको ९३ घन्टा अर्थात् दैनिक सरदर १३ घन्टा लोडसेडिङ भइरहेको छ । कान्तिपुर

६ फागुन २०७२ / ६:२१

 

वि.सं.२०७२ फागुन ६ बिहीवार ०६:२७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रका चुनौती समाधान गरिन्छ : अर्थसचिव पुस्कर   

अर्थतन्त्रका चुनौती समाधान गरिन्छ : अर्थसचिव पुस्कर   

वि.सं.२०८० असोज ४ बिहीवार १३:३२

काठमाडौँ, ४ असोज : नवनियुक्त अर्थसचिव डा कृष्णहरी पुस्करले अहिले...

क्यानडाबाट भारतीय भिसा बन्द भएको घोषणा   

क्यानडाबाट भारतीय भिसा बन्द भएको घोषणा   

वि.सं.२०८० असोज ४ बिहीवार १३:२६

ओटावा, ४ असार : भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट...

पहाडी जिल्लामा चामल पठाउँदै खाद्य संस्थान   

पहाडी जिल्लामा चामल पठाउँदै खाद्य संस्थान   

वि.सं.२०८० असोज ४ बिहीवार १३:२०

महेन्द्रनगर (कञ्चनपुर), ४ असोज : सुदूरपश्चिमका सात पहाडी जिल्लामा चाडपर्व...

जमुनाह नाकामा सुरक्षा सतर्कता   

जमुनाह नाकामा सुरक्षा सतर्कता   

वि.सं.२०८० असोज ४ बिहीवार १३:१२

राँझा (बाँके), ४ असोज : चाडपर्व नजिकिँदै गर्दा नेपालगञ्जस्थित जमुनाह...

हुम्लामा कोदो महोत्सव हुने   

हुम्लामा कोदो महोत्सव हुने   

वि.सं.२०८० असोज ४ बिहीवार १३:०६

सिमकोट (हुम्ला), ४ असोज : हुम्लामा पहिलो पटक कोदो महोत्सव...

महानगरभित्रका विद्यालयमा अनुगमन गर्न मेयर शाहको निर्देशन, कारवाहीको चेतावनी

महानगरभित्रका विद्यालयमा अनुगमन गर्न मेयर शाहको निर्देशन, कारवाहीको चेतावनी

वि.सं.२०८० असोज ४ बिहीवार १३:००

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले शिक्षक आन्दोलनबाट महानगरभित्रका विद्यालयमा...