back

भारतले नै प्रश्न उठायो किन यत्रो टोली ?

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको छ दिने भारत भ्रमणमा ९० भन्दा बढिको टोली तय गरेपछि भारत सरकारले यत्रो टोली किन भनेर प्रश्न उठेको छ ।

कुनै पनि छलफलमा सरोकार नराख्ने ब्यक्तिहरु समेत समावेश भएका कारण भारतले टोलीको विषयमा अनौपचारिक रुपमा कूटनीतिक असन्तुष्टि नै जनाएको परराष्ट्र अधिकारीले बताए ।

यति ठूलो टोलीलाई कस्तो प्रकारको छलफलमा सामेल गराउने भन्दै कूटनीतिक च्यानलमा सोधीखोजी गरेको ति अधिकारीले बताए । भारतले २० देखि २२ अपेक्षा गरेको अवस्थामा सरकारले एकाएक ९० भन्दा बढिको टोली तय गरेपछि भारत सरकार आतिथ्य र दुईपक्षीय छलफलको विषयमा थप झस्केको हो ।  किन यत्रो टोली भन्दै सरकारसंग संख्या कम गर्न अनौपचारिक आग्रह भएको भए पनि राजनीतिक दलहरुको आन्तरिक दवाव थेग्न नसकेर सरकारले टोली जम्बो बनेको निकटस्थले बताए ।

सरकारले औपचारिक रुपमा ४६ सदस्य तय गरेको भएपनि मधेस आन्दोलनबाट फर्केका दलका नेताहरु पनि थपिने क्रम रहेको अधिकारीले बताए । त्यसबाहेक अन्य पचास जना निजी खर्चमा जाने तयारी रहेको छ । सूचि बढ्दै जाने जानकारीले परराष्ट्र मन्त्रालय आफै अन्यौलमा परेको अधिकारीले बताए । भारतीय शिष्टाचार महापालको कार्यालय र यहाँको कार्यालय बीचको समन्वयमा समेत टोली थपिने प्रक्रियाले थप जटिलताहरु आएको अधिकारीले बताए ।

टोलीमा समवेस हुनेहरुको ‘काउन्टरपार्ट’ समेत नमिलेको गुनासो भारतले गरेको छ । कतिपय सांसद र सचिवहरुले मुख्य काउन्टर पार्ट नपाएर खल्लो अवस्थामा फर्कन पर्ने समस्या भोग्ने ति अधिकारीले बताए । सरकारमा सामेल राजनीतिक दल र बाहिर रहेकाको दवाव थेग्न नसकेर जम्बो सूचि खडा गरेको हो । भ्रमण भूमिका नै नहुने मुख्य सचिव समेत सामेल हुनु एकै दलका दुई नेता गुटगत रुपमा सामेल हुनु आफैमा अस्वभाविक रहेको एक अधिकारीले बताए ।

सरकारले टिम सानै बनाउन खोजेको भए पनि संविधान जारी पछिको अवस्थामा सबै राजनीतिक दलका सांसदहरले जाने इच्छा देखाएकोले भारत सरकारसंग छलफलमा नै समुह बढाइएको प्रधानमन्त्रिका प्रमुख सल्लाकार बिष्णु रिमालले बताए । संविधान जारीपछिको यो उत्सव पनि हो । अघिल्ला भ्रमण टोली भन्दा यो अब्बल रहेको म दावी गछु,’ रिमालले भने । प्रधानमन्त्रीको भ्रमण तालिका हेर्दा राजनीतिक छलफल र अवलोकनमा नै केन्द्रीत हुने मात्र नभै आपसि तिक्तालाई अन्त्य गर्ने विश्वास लिइएको उनीहरुले बताए । कान्तिपुर

६ फागुन २०७२ / ७:१५

वि.सं.२०७२ फागुन ६ बिहीवार ०७:३१ मा प्रकाशित

You can share this post!

कर्णाली प्रदेश सरकारले दुई ठाउँमा पर्यटकीय नमुना बस्ती निर्माण गर्दै   

कर्णाली प्रदेश सरकारले दुई ठाउँमा पर्यटकीय नमुना बस्ती निर्माण गर्दै   

वि.सं.२०८० असोज ७ आइतवार १२:०९

भेरीगङ्गा (सुर्खेत), ६ असोज : कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न...

एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ   

एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ   

वि.सं.२०८० असोज ७ आइतवार ११:५४

काठमाडौँ, ७ असोज: नेपाल क्रिकेट सङ्घ (क्यान)ले चीनको हाङ्जाउमा जारी...

अप्पर लोहोरे खोलाको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

अप्पर लोहोरे खोलाको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

वि.सं.२०८० असोज ७ आइतवार ११:४४

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार एक कम्पनीको...

सिद्धार्थ बैंकमा जागिरको अवसर

सिद्धार्थ बैंकमा जागिरको अवसर

वि.सं.२०८० असोज ७ आइतवार ११:३८

काठमाडौं । सिद्धार्थ बैंकले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ...

मार्तडीमा दुई सय क्विन्टल चामल ढुवानी   

मार्तडीमा दुई सय क्विन्टल चामल ढुवानी   

वि.सं.२०८० असोज ७ आइतवार ११:१८

बाजुरा, ७ असोज : दुई सातादेखि चामल अभाव रहेको खाद्य...

विभिन्न पालिकामा सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम

विभिन्न पालिकामा सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम

वि.सं.२०८० असोज ७ आइतवार ११:१४

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका विभिन्न...