back

भारत भ्रमणमा प्रम ओलीको जम्बो टोली, श्रीमतिदेखि व्यवसायीसम्म

Kumari bank ad

काठमाडौं, फागुन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भोलिदेखि १२ गतेसम्म भारतको राजकीय भ्रमण गर्दैछन् । ९ जनाभन्दा बढीको जम्बो टोली लिएर भ्रमणका जानकालागेका प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल रहेका छन् ।

त्यस्तै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापिका–संसद्का सदस्यहरु, नेपाल सरकारका मुख्यसचिव र सचिवहरु तथा विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारी, सञ्चारकर्मी तथा व्यापारिक समुदायका प्रतिनिधिहरु पनि भ्रमण दलमा रहेका छन् ।

भ्रमण तालिका अनुसार प्रधानमन्त्री ओली फागुन ७ गते भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले नेपालको ६६औं राष्ट्रिय प्रजातन्त्र दिवसका उपलक्ष्यमा आयोजना गर्न लागेको स्वागत कार्यक्रममा सरिक हुनेछन् । फागुन ८ गते राष्ट्रपति भवनमा हुने विशेष स्वागत समारोहमा सरिक हुने र सेनाको सलामीको निरीक्षण गर्नेछन् । त्यसपछि राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगी श्रद्धान्जलि अर्पण गर्नेछन् । सोही दिन प्रधानमन्त्री ओलीले हैदरावाद भवनमा भारतीय प्रधानमन्त्रीसँग आपसी हितका विषयहरुमा औपचारिक बैठक गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री ओलीले भारतका राष्ट्रपति प्रणव मुखर्जी र उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीसँग भेटवार्ता गर्नेछन् भने भारत सरकारका केही वरिष्ठ सदस्यहरुले पनि प्रधानमन्त्री ओलीलाई भेट्नेछन् ।

प्रधानमन्त्री ओलीले सप्रु भवनमा आयोजना हुने भारतीय विश्व सम्बन्ध परिषद्का साथसाथै भारतीय व्यापारिक समुदायको एक कार्यक्रमलाई सम्बोधन गर्नेछन् भने प्रमुख भारतीय सञ्चार माध्यम र नेपाली समुदायसँगको एउटा अन्तक्र्रिया कार्यक्रममा पनि सहभागी हुनेछन् ।

त्यस्तै प्रधानमन्त्री ओलीले उत्तराखण्डको तेहरी जलस्रोत परियोजनाको पनि निरीक्षण गर्नेछन् भने गुजरातको भुज पुगेर त्यहाँ भूकम्पपछि थालिएको पुनःनिर्माणका कार्यहरुबारे जानकारी लिनेछन् । यसका साथै उनले महाराष्ट्र राज्य मुम्बईका प्रतिष्ठित व्यापारीहरुसँग पनि भेटघाट गर्नेछन् र फागुन १२ गते स्वदेश फर्कनेछन् ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणमा सहभागी हुनेहरुको नामावली निम्नानुसार छ
– प्रधानमन्त्री केपी शर्मा ओली श्रीमती राधिका शाक्य
– उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा
– अर्थमन्त्री विष्णुप्रसाद पौडेल
– गृहमन्त्री शक्तिबहादुर बस्नेत
– प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल
– भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय
– नेपाली दूतावासका उपनियोग प्रमुख कृष्णप्रसाद ढकाल
– प्रधानमन्त्रीका परराष्ट्रविज्ञ गोपाल खनाल
– प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहाल
– परराष्ट्रसचिव शंकरदास वैरागी
– अर्थसचिव लोकदर्शन रेग्मी
– परराष्ट्रका भारत शाखा हेर्ने सहसचिव प्रकाशकुमार सुवेदी
– प्रमुख शिष्टाचार महापाल रमेश खनाल
– सहायक शिष्टाचार महापाल राजाराम बर्तौला
– परराष्ट्रका उपसचिव सुरेन्द्र थापा
– प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य
– प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारी
– सुरक्षा पाश्र्ववर्ती प्रमुख सेनानी भुवन खत्री प्रहरीका डिएसपी,
– एकजना निजी चिकित्सक
– सरकारी सञ्चारमाध्यमका चार र सूचना विभागका एक प्रतिनिधि
– सांसदहरू कांग्रेस नेतृ सुजाता कोइराला
– कांग्रेस नेता पूर्णबहादुर खड्का
– एमाले प्रमुख सचेतक भानुभक्त ढकाल
– एमाओवादी प्रमुख सचेतक हितराज पाण्डे
– एमाले सांसद डा। राजन भट्टराई
– फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देव
(नेपाल सद्भावना पार्टीका सांसद डिम्पल झा सहित १२ जना)
निजी खर्चमा जानेहरू नेपाल उद्योग वाणिज्य महासंघबाट
– पशुपति मुरारका
– सुरज वैद्य
– चण्डीराज ढकाल
– प्रदीपकुमार श्रेष्ठ
– रविभक्त श्रेष्ठ
– भवानी राणा
– ज्ञानेन्द्रलाल प्रधान
– चन्द्र ढकाल
– उमेशलाल श्रेष्ठ
– साहिल अग्रवाल
– ज्योत्सना श्रेष्ठ
– त्रिभुवनधर तुलाधर
नेपाल उद्योग परिसंघबाट :
नरेन्द्र बस्न्यात, हरिभक्त शर्मा, अनुज अग्रवाल, निर्वाण चौधरी नेपाल चेम्बर अफ कमर्सबाट राजेशकाजी श्रेष्ठ, लोकमान्य गोल्छा, दीपक श्रेष्ठ, नरेश श्रेष्ठ नेपाल घरेलु तथा साना उद्योग महासंघबाट सुरेशकुमार प्रधान, श्यामप्रसाद गिरी, शोभा गुरुङ लगायत रहेका छन् ।

वि.सं.२०७२ फागुन ६ बिहीवार १०:३२ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकको सेवा अवरुद्ध हुने

ग्लोबल आइएमई बैंकको सेवा अवरुद्ध हुने

वि.सं.२०८० असोज १० बुधवार १८:४७

काठमाडौं । ग्लोबल आइएमई बैंकको सेवा २ घण्टा अबरुद्ध हुने...

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

वि.सं.२०८० असोज १० बुधवार १८:३४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३...

सनराइज क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत नगद लाभांश पारित

सनराइज क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत नगद लाभांश पारित

वि.सं.२०८० असोज १० बुधवार १८:२८

काठमाडौं । लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका...

गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने

गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने

वि.सं.२०८० असोज १० बुधवार १८:२२

काठमाडौं । गरिमा विकास बैंकले विदेशबाट मोबाईल बैकिङ सुचारु गर्ने...

आँबुखैरेनीमा रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता   

आँबुखैरेनीमा रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता   

वि.सं.२०८० असोज १० बुधवार १८:०८

काठमाडौँ, १० असोज : नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा...

अब बैंकले दैनिक २० केजी सुन आयात गर्नसक्ने, राष्ट्र बैंकले जारी गर्यो सर्कुलर

अब बैंकले दैनिक २० केजी सुन आयात गर्नसक्ने, राष्ट्र बैंकले जारी गर्यो सर्कुलर

वि.सं.२०८० असोज १० बुधवार १७:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक...