back
mega bank Ad
Hero Ad

ठमेलमा खुल्यो रु ५० करोड लगानीको ‘होटल आर्टस् काठमाण्डौं’

काठमाण्डौं । राजधानीको पर्यटकीय केन्द्र ठमेलको चाक्सीवारी मार्गमा ५० करोड लगानीमा बनेको ‘होटल आर्टस् काठमाडौं’ सञ्चालनमा आएको छ ।

कार्गो र गार्मेन्ट व्यवसायमा संलग्न गोरखाका चिरञ्जीवी भट्टले खोलेको ८ तले उक्त होटलमा स्टान्डर्ड, डिलक्स र स्वीट गरी ६० वटा कोठाहरु रहेका छन् । होटलको पहिलो तलामा स्पा एन्ड साउना, ब्यूटिपार्लर, बैंक, सपिङ आर्केड, एटीएम काउन्टर, कफी शप लगायत रहेका छन् । दोस्रो तलामा रिसेप्सन र द आर्टस् क्याफे एन्ड बार रहेको छ । क्याफेमा एकैपटक ६० जनालाई सेवा दिन सकिने होटलका महाप्रबन्धक सिंहले जानकारी दिए ।

भवनको ३ देखि ७ तलासम्म बेड रुमहरु रहेका छन् । आठौं तलामा पार्टी हल रहेको छ । त्यहाँ डेढ सय जनासम्मको ककटेल पार्टी गर्न सकिने होटल व्यवस्थापनले जानकारी दियो ।

होटलमा कर बाहेक स्टान्डर्ड रुमको ७० अमेरिकी डलर, डिलक्स रुमको ८० डलर र प्रिमियम रुमको १०० डलर तोकिएको छ ।

६ फागुन २०७२, ११.००

वि.सं.२०७२ फागुन ६ बिहीवार ११:३७ मा प्रकाशित

You can share this post!

चार सय करोड लगानीमा सबैभन्दा ठूलो टाईल्स उत्पादन कम्पनी स्थापना गर्ने, रमेश कर्प र कजारिया सेरामिक्सबीच भयो सम्झौता

चार सय करोड लगानीमा सबैभन्दा ठूलो टाईल्स उत्पादन कम्पनी स्थापना गर्ने, रमेश कर्प र कजारिया सेरामिक्सबीच भयो सम्झौता

वि.सं.२०७९ कात्तिक २० आइतवार १८:५९

काठमाडौं । भारतको नम्बर १. र विश्वको सातौँ ठूलो टाईल्स...

गुणस्तर परिषदले दियो ह्वासिन सिमेन्टलाई ओपीसी ४३ ग्रेडको मान्यता

गुणस्तर परिषदले दियो ह्वासिन सिमेन्टलाई ओपीसी ४३ ग्रेडको मान्यता

वि.सं.२०७९ कात्तिक ६ आइतवार २०:४१

काठमाडौं । नेपाल गुणस्तर तथा नाप तौल विभागले ह्वासिन सिमेन्टलाई...

उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्न माग गर्दै युनियन आन्दोलित

उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्न माग गर्दै युनियन आन्दोलित

वि.सं.२०७९ असोज ३१ सोमवार ०८:०७

उदयपुर । उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गर्दै...

मादलमै परनिर्भर वादी समुुदाय

मादलमै परनिर्भर वादी समुुदाय

वि.सं.२०७९ असोज १७ सोमवार १२:०७

हेमन्त केसी, सुर्खेत । दैलेखको दुल्लु नगरपालिका–७ पटाङ्गिनिका वादी समुुदाय...

सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

वि.सं.२०७९ असोज ९ आइतवार २१:२५

काठमाडौं । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन हाल...

कोका–कोलाको दसैंँ विशेष “सम्बन्ध उत्सव स्वादसँग” क्याम्पेन शुरुवात

कोका–कोलाको दसैंँ विशेष “सम्बन्ध उत्सव स्वादसँग” क्याम्पेन शुरुवात

वि.सं.२०७९ भदौ ३० बिहीवार १९:१६

काठमाडौँ । नेपालको सबैभन्दा लोकप्रिय पेय–पदार्थ कोका–कोलाले यो वर्षको दसैंँको...