back
NMB Ad

अधियाँमा एउटा गाई पालेका रेग्मी चितवनकै उदाहरणीय उद्यमी !

चितवन (माडी) । सरिता र रुद्रप्रसाद रेग्मी पिठुवाबाट बसाइँ सरेर माडी अयोध्यापुरीको शिवद्वार आएको १४ वर्ष पुग्न लाग्यो । पिठुवाको एक कठ्ठा तीन धुर जग्गा बेचेर अलि धेरै जग्गा खोज्दै माडी आएका उनीहरु यतिबला उदाहरणीय उद्यमी बन्न सफल भएका छन् ।

धेरै कमाउन नसके पनि उद्यमका लागि उदाहरणीय बन्न पाएकोमा यी दम्पती औधी खुसी भएका छन् । सस्तो जग्गा खोज्दै उनीहरु माडीको जंगल र खोला छेउ आए । अरुले केही नहुने ठानेको जमिनबाट उनीहरुले आफ्नो जीवनमा फेरबदल ल्याएका छन् । पिठुवाको एक कठ्ठा ३ धूर जग्गा बेचेर माडीमा १० कठ्ठा किने । सुरूमा जग्गा राम्रो खेती नहुने काँसघारी थियो । सो जग्गामा खेती राम्रो नहुने भएपछि माछा पाल्न थाले उनीहरुले । विस्तारै गाई पालन पनि सुरु गरे । अहिले माछा र गाईमात्रै होइन, बंगुर, बाख्रा र कुखुरा पनि गोठभरि छन् ।

गाईपालन व्यावसायिक रुपमा गरेका छन् । फार्म दर्ता गरेर दूध आफैँ संकलन गर्छन् । गाई १२ वटा छन् । दुधालु गाई छवटा छन् । दिनको ३०/३५ लिटर दूध आफ्नै घरको हुन्छ । गाउँलेहरुको दूध पनि आफैंले संकलन गरेर सय लिटर हाराहारीमा दूध बेच्न थालेका छन् उनीहरुले । महिनामा ७५ हजार रुपैयाँ बराबरको कारोबार हुन्छ । ४० हजार रुपैयाँसम्म बचत हुन्छ ।

‘कुनै बेला गाउँमा हजार १५ सय रुपैयाँ ऋण खोज्दा पनि मान्छेले दिन गाह्रो मान्दथे’ सरिताले भनिन्, ‘अहिले त्यो अवस्था छैन ।’ गाउँमा समूह बनाएर बचत सुरु गरेसँगै उनीहरुले कुखुरा बाख्रा किन्न थालेका हुन् । उनीहरुले पाँच वर्षअघि महिनाको पाँच रुपैयाँका दरले बचत सुरु गरेका थिए । सोही समूह अहिले सहकारीमा परिणत भएको छ । नाम हो, बुलबुले सहकारी ।

ऋण चाहिएमा उनीलाई सहकारीले धेरै सजिलो बनाएको छ । ‘बुलबुले सहकारीबाट १५ सय दुई हजार रुपैयाँ ऋण झिक्दै तिर्दै कुखुरा बाख्रा किन्न थालें’ सरिताले भनिन् । आम्दानी भएसँगै बचत पनि बढेपछि चारपाँच हजार ऋण निकालेर बंगुरपालन पनि सुरु गरेको उनले बताइन् । उनीहरुलाई माछाको भुरा र दाना किन्न पनि सहकारीबाट ऋण सजिलै मिल्थ्यो ।

उनीहरुले ५९ सालमा अधियाँमा एउटा गाई ल्याएर पालिन् । गाईको दूध बेच्दै गाई नै किन्न थालेपछि संख्या बढ्दै गएको होे । ६९ सालमा तीनवटा दुधालु र एउटा ब्याउने गाई किनेको रुद्रप्रसादले बताए । एक लाख ६० हजार रुपैयाँ जोगाड गरेर किनेको सोही गाईले बगाल बढाएर गोठ भरेको छ । ‘श्रीमान् श्रीमतीले मिलेर काम गछौँ । यहाँ यो काम महिलाले मात्रै र यो काम पुरुषले गर्ने हो भन्ने छैन । सक्ने काम दुवैले गर्छौ’ रुद्र र सरिताले एकै स्वरमा भने ।

श्रीमान् श्रीमतीबीचको यही मिलनले उद्यमी बन्न उनीहरुलाई सजिलो भएको छ । उनीहरुका जेठा छोरा भुवन १२ कक्षा पढ्दै छन् भने कान्छो छोरा सुरज र छोरी सुष्मा नौ कक्षामा छन् । उनीहरुले थप जमिन जोड्न नसके पनि डेढ बिघा खेत बन्दकी लिएका छन् । घरमा मेलमिलाप भए सम्पति जोड्न सहज हुन्छ भन्ने उदाहरण बनेका छन् उनीहरु । चितवन पोस्ट

६ फागुन २०७२ / ११/३७

वि.सं.२०७२ फागुन ६ बिहीवार ११:४१ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
घटेको बजारमा तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

घटेको बजारमा तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ फागुन २५ आइतवार १५:१६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

हिमालयन रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

हिमालयन रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ फागुन २५ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट

सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट

वि.सं.२०८१ फागुन २५ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

आईजिआइ प्रुडेन्सियल इन्स्योरेन्सको २७औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

आईजिआइ प्रुडेन्सियल इन्स्योरेन्सको २७औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

वि.सं.२०८१ फागुन २५ आइतवार १४:५३

काठमाडौं । आईजिआइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २७औं वार्षिक साधारण सभा...

तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह

तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह

वि.सं.२०८१ फागुन २५ आइतवार १४:३२

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३...

सामसङले ल्यायो नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर, गर्मीको लागि स्मार्ट र स्टाइलिस च्वाइस

सामसङले ल्यायो नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर, गर्मीको लागि स्मार्ट र स्टाइलिस च्वाइस

वि.सं.२०८१ फागुन २५ आइतवार १४:१६

काठमाडौं । सामसङ नेपालले गर्मी मौसमलाई ध्यानमा राख्दै आफ्नो नयाँ,...