back
NMB Ad

विद्युत महसुल नतिर्नेको सहकारीले लाईन काट्यो

Royal Enfield Inside Page Banner

कञ्चनपुर । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–३ मा रहेको सयपत्री ग्रामीण विद्युतीकरण सहकारी संस्थाले लामो समयदेखि विद्युत्को महसुल नतिर्ने ग्राहकको विद्युत् लाइन काटन सुरु गरेको छ । पाँच महिनाभन्दा बढी समयदेखि विद्युत्को महसुल नबुझाउने उपभोक्ताको सहकारीले लाइन काट्न सुरु गरेको हो ।

पाँच महिना बढी समयदेखि विद्युत्को महसुल नतिर्ने १७ जना उपभोक्ताको दुई दिनको अवधिमै लाइन काटेको सहकारीका कार्यालय व्यवस्थापक आशिष चौधरीले बताए । “अन्य महसुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारी गर्दैछौँ”– उनले भने । पुनः लाइन जडानका लागि बक्यौतासहित उपभोक्ताले महसुलसँगै ५०० जरिवाना बुझाउनुपर्ने नियम बनाएको छ । बक्यौताबापत सहकारीले कुल महसुलको २५ प्रतिशत रकम लिँदै आएको छ ।

सहकारीमार्फत विद्युत् उपभोग गर्दै आएका तीन सय १२ उपभोक्ता छन् । सहकारीले नेपाल विद्युत् प्राधिकरणबाट विद्युत् खरिद गरी उपभोक्तालाई आपूर्ति गर्दै आएको छ । कञ्चनपुरमा विद्युत् आपूर्ति गर्ने सहकारीको सङ्ख्या २२ रहेको छ । सहकारीका लागि विद्युत् आपूर्ति गर्नका लागि डेनमार्क सरकारको सहयोग नियोग डानिडाले पूर्वाधार निर्माण गरेको हो । रासस

६ फागुन २०७२, १२.००

वि.सं.२०७२ फागुन ६ बिहीवार १२:४३ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
कुमारी बैंकका ग्राहकलाई सूर्यविनायक मिसन हस्पिटलमा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई सूर्यविनायक मिसन हस्पिटलमा विशेष छुट

वि.सं.२०८१ फागुन ५ सोमवार १२:३२

काठमाडौं । कुमारी बैंक लिमिटेड र सूर्यविनायक–१०, मिलनचोक, भक्तपुर, स्थित...

अस्पतालबाट आजै डिस्चार्ज हुँदै अर्थमन्त्री पौडेल, मेयर आचार्य केही दिन उपचारमा रहने

अस्पतालबाट आजै डिस्चार्ज हुँदै अर्थमन्त्री पौडेल, मेयर आचार्य केही दिन उपचारमा रहने

वि.सं.२०८१ फागुन ५ सोमवार १२:००

काठमाडौं । : पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते...

नेशनल लाईफको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

नेशनल लाईफको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

वि.सं.२०८१ फागुन ५ सोमवार ११:३२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले चितवन स्थित होटल सोल्टी...

नाडा र नाडाका प्रादेशिक एशोसिएशनविच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

नाडा र नाडाका प्रादेशिक एशोसिएशनविच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८१ फागुन ५ सोमवार ११:२१

बुटवल : नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, लुम्बिनी अटोमोवाइल्स एशोसिएशन...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा गेटा आँखा अस्पताललाई सहयोग

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा गेटा आँखा अस्पताललाई सहयोग

वि.सं.२०८१ फागुन ५ सोमवार १०:४३

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

उत्तरी गोरखाको नुब्री भ्यालीमा हिमपात   

उत्तरी गोरखाको नुब्री भ्यालीमा हिमपात   

वि.सं.२०८१ फागुन ५ सोमवार १०:३८

गोरखा : उत्तरी गोरखामा पुनः भारी हिमपात भएको छ ।...