
काठमाण्डौं । सेयर बजारले फेरि नयाँ रेकर्ड कायम गरेकोछ भने लगानीकर्ताहरु बैंकिङ क्षेत्रको सेयरतर्फ आकर्षित भएका छन् । आज नयाँ रेकर्ड कायम गर्दै नेप्से ७।२ अंकले बढेर १२७३।२८ अंकमा पुगेकोछ ।
एक तिहाई वाणिज्य बैंकको सेयर मर्जरका कारण कारोबार बन्द छ । यही कारण पनि बाँकी वाणिज्य बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो । कारोबार रकम पनि ६५ करोड रुपैयाँ नाघेको छ ।
धेरै कारोबार हुने दस कम्पनी मध्ये आठ वटा बाणिज्य बैंक छन् । बजारमा दिनभर कुल १ सय १८ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको ६५ करोड ७३ लाख रुपैयाँ बरावरको ३३ लाख ४५ हजार कित्ता सेयर कारोवार भएको छ । कम मुल्यका सेयर कारोवार बढी हुँदा कारोवार संख्या बढी देखिएको हो ।
बजारमा सनराइज बैंकको मात्र ६ करोड ७१ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ । यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको पनि साधारण र प्रमोटर सेयर गरी ६ करोड २६ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ ।
६ फागुन, २०७२, ३.३०
वि.सं.२०७२ फागुन ६ बिहीवार १५:४१ मा प्रकाशित