back

कसरी बेचियो एचआइभी टेष्ट गर्ने किटै नक्कली, त्यो पनि सैनिक अस्पताललाई ?

Kumari bank ad

काठमाडौँ । एआइभी टेष्ट गर्ने किट सक्कली भन्दै नक्कली बेच्ने सेरोल्याव नेपाल ट्रेडस सानेपाका संचालक किरणकुमार श्रेष्ठलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । बजारमा एआइभी टेष्ट गर्ने किट नै नक्कली पाइन थालेपछि औषधि व्यवसायीहरुले गुनासो गरेपछि डेढ महिना लामो निगरानीपछि श्रेष्ठलाई पक्राउ गरिएको एसएसपी पीताम्बर अधिकारीले जानकारी दिए।

उनले चीनको छेन्जुुस्थित अटोवायो डाइग्नोष्टिक कम्पनीबाट एचआइभी टेष्ट गर्ने किट खरिद गरी आफ्नै कार्यालयको कम्प्युटर र कलरप्रिन्ट प्रयोग गरी एडालटिस नामको इटालियन कम्पनीको नाम र ठेगाना टाँसी मेडिकल तथा ल्यावहरुमा पठाउने गरेको अधिकारीले बताए।

श्रेष्ठले  नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पताल लगायतका अन्य अस्पतालमा पनि नक्कली किट बेच्ने गरेको प्रहरीले बताएको छ । सेनाले मिसनमा पठाउनुभन्दा पहिल्यै त्यहाँ जाने कर्मचारीको एचआइभी टेष्ट गर्छ । उनको ल्यावमा छापा मारेर प्रहरीले २१ थान किट र कम्प्युटर बरामद गरेको छ ।

आफ्नो ल्यावबाट नभइ उनले प्रेसिअस नानो सेन्टरको नाममा सेना तथा अन्य अस्पतालमा किट बेच्ने गरेको अधिकारीले बताए। वैदेशिक रोजगारीमा जानका लागि जाँच गर्ने मेडिकलहरुमा उनले सबैभन्दा बढी किट बेचेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

नक्कली किटबाट एचआइभी टेष्ट गर्दा भएकाहरुलाइ नभएको  देखाउने र नभएकाहरुलाई भएको समेत देखाएको जानकारी आफूहरुसँग आएको अधिकारीले बताए ।

‘मानवस्वास्थ्थमा उनले गम्भिर खेडवाड गरे, सुरुमा हामी उनीमाथि कालोबजारीको मुद्दा चलाउँछौं’ अधिकारीले भने । उनले चीनबाट २ हजारमा किट ल्याएर त्यसलाई इटालियन कम्पनीको हो भन्दै ६ हजार रुपैयाँसम्ममा बेच्ने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

तस्बिर, टेक्स्ट  सेतोपटी /  ६ फागुन २०७२

वि.सं.२०७२ फागुन ६ बिहीवार १५:४७ मा प्रकाशित

You can share this post!

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

वि.सं.२०८० असोज १६ मंगलवार १२:१८

काठमाडौं । नेप्सेमा एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ। मंगलबार...

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

वि.सं.२०८० असोज १६ मंगलवार १२:०४

काठमाडौं। प्रधानमन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २० कम्पनीहरुलाई...

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

वि.सं.२०८० असोज १६ मंगलवार ११:३४

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी...

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

वि.सं.२०८० असोज १६ मंगलवार ११:१३

काठमाडौँ, १६ असोज: चीनको हाङझाउमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत...

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

वि.सं.२०८० असोज १६ मंगलवार ११:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले सजग भई डिजिटल वित्तीय सेवा...

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० असोज १६ मंगलवार १०:५१

काठमाडौं । आज असोज १६ गते मंगलबार सुनको भाउमा गिरावट...