back
Kumari Bank

आईएसले युरोप अमेरिकामा ‘डर्टी बम’ प्रहार गर्न सक्ने आशंका

Nepal Bank

एजेन्सी । खतरनाक आतङ्ककारी संगठन आईएसआईएसले ‘डर्टी बम’ले पश्चिमा मुलुकहरुमा आक्रमण गर्नसक्ने आशंका गर्न थालिएको छ । गतवर्ष इराकबाट निकै खतरनाक रेडियोएक्टिभ मेटेरियल चोरी भएको थियो । जसबाट एटम बमसमेत बनाउन सकिन्छ ।
सो मेटेरियल आईएसआईएसको हातमा पुगिसकेको सेक्युरिटी एजेन्सिजहरुको दावी छ । इराकी इन्भायरमेन्ट मिनिस्ट्री तथा सेक्युरिटी एजेन्सीको डकुमेन्टमा यस्तो खुलासा गरिएको छ । सो डर्टी बमले खतरनाक रेडिएसन फैलाउन सक्छ ।

ल्यापटप साइजको प्रोटेक्टिभ केसमा राखिएको यस मेटेरियलको नाम इरिडियम १९२ हो । गत नोभेम्बरमा इराकी शहर बसराबाट यो चोरी भएको थियो । यो एस आयलफिल्ड कम्पनी वेदरफोर्डसँग सम्बन्धित छ । कम्पनीले आयल र ग्यास पाइपलाइनको मेटेरियलमा कमजोरी पत्ता लगाउनका लागि गामा रेजको प्रयोग गर्दछ ।

सो कम्पनीले एक वक्तव्य नै जारी गर्दै बंकरबाट सो मेटेरियल चोरी भएको र त्यसमा खासै कन्ट्रोल नरहेको दावी गरेको छ ।

यद्यपी सुरक्षा एजेन्सीहरु भने यसबाट डर्टी बम बनाउन सक्ने खतरा औंल्याउँछन् । न्यूक्लियर मेटेरियलबाट बनेको एक्सप्लोजिवबाट खतरनाक रेडिएसन फैलिन सक्छ । इन्टरनेशनल एटोमिक इनर्जी एजेन्सीले इरिडियम १९२ रेडियोएक्टिभ सोर्सेजलाई क्याटोगरी २ मा राखेको छ ।

६ फागुन २०७२

वि.सं.२०७२ फागुन ६ बिहीवार १७:२२ मा प्रकाशित

You can share this post!

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै   

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै   

वि.सं.२०८२ असार २० शुक्रवार ११:१३

गलकोट (बागलुङ) : जैमिनी नगरपालिकाले रु एक अर्बको कोष बनाउने...

नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

वि.सं.२०८२ असार २० शुक्रवार १०:४२

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि हकप्रद...

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर   

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:५७

राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय...

प्रधानमन्त्री ओली स्वदेश फर्कदै   

प्रधानमन्त्री ओली स्वदेश फर्कदै   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:४७

काठमाडौँ  : विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन...

आजको लागि विदेशी मुद्राको विनिमयदर   

आजको लागि विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:३८

काठमाडौँ  : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको मौसम : यी स्थानमा भारी वर्षा हुने पूर्वानुमान   

आजको मौसम : यी स्थानमा भारी वर्षा हुने पूर्वानुमान   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:३३

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...