
काठमाण्डौं । सुनको भाउ फेरि मंहगीएर ५५ हजार पाँचसय रुपैयाँ पुगेको छ। हिजो विहीबार ५५ हजारमा कारोबार भएको सुन शुक्रबार तोलामा पाँचसय रुपैयाँ बढेको छ। यो साताभर सुनको भाउमा उतारचढाव देखिएको छ।
चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँ बढेर सातसय ४० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी आइतबारको तुलनामा शुक्रबार तोलामा पाँच रुपैयाँ सस्तो हो। आइतबार तोलाको सातसय ४५ मा कारोबार भएको थियो।
७ फागुन, २०७२, ११.००
वि.सं.२०७२ फागुन ७ शुक्रवार १२:५१ मा प्रकाशित