काठमाण्डौं । मलेसियाका उपप्रधानमन्त्री एवं गृहमन्त्री अहमद जाहिद हमिदीले इण्डोनेसिसासँग सीमा जोडिएको सारवाक राज्यमा आयोजित कार्यक्रममा बोल्दै आफ्नो मुलुकमा नयाँ बिदेशी कामदारलाई रोजगारी दिन बन्द गर्ने बताएको छ ।
उपप्रधानमन्त्री हमिदीले बिदेशी कामदार लिने प्रकृया रोकेर लेभी दर लगायतका बिषयमा पुनःविचार गर्न लागिएको बताए । अहिले सरकारको ध्यान मुलुकभित्र रहेका अबैधानिक कामदारलाई पुनः बैधानिक बनाउने र मलेसियालाई अबैधानिक कामदारमुक्त बनाउनेतिर रहेको उनले बताए ।
हमिदीका अनुसार यस्तो निर्णय बंगलादेशी कामदारका हकमा पनि लागू हुने छ जोसँग मलेसियाका श्रममन्त्रीले बिहीबारमात्र ढाकामा १५ लाख कामदार मलेसिया लैजाने सम्झौता गरेका थिए । एजेन्सी
७ फागुन, २०७२, १।३०
वि.सं.२०७२ फागुन ७ शुक्रवार १४:२७ मा प्रकाशित