back

दक्षिण कोरियामाथि हमला गर्न बादशाहको आदेश

Kumari bank ad

 काठमाण्डौं। उत्तर कोरियाका बादशाह किम जोङ्ग उनले दक्षिण कोरियामाथि हमला गर्ने तयारीका लागि आफ्ना सैनिकलाई आदेश दिएका छन् ।

दक्षिण कोरियाक जासुसी एजेन्सीले यो कुराको दाबी गरेको हो । नेशनल इन्टेलिजेन्स सर्भिस (एनआईएस) ले प्रतिपक्षी दल सेन्युरीलाई बिहीबार यस खतराबारे सचेत गराएको हो ।

समाचार अनुसार उत्तर कोरियाद्वारा हाइड्रोजन बम र मिसाइल परीक्षण गरेपछि दक्षिण कोरियामा तनावको माहौल रहेको छ । जासुसी एजेन्सीका अनुसार उत्तर कोरियाले हमलाको तयारी थालिसकेको छ ।

एनआईएसले जनाएअनुसार किम जोङ्ग उनको आदेशमा उत्तर कोरियन जासुसी एजेन्सीले साइबर र अन्य किसिमका हमला गर्ने तयारी थालेका हुन् ।

यसअघि पनि उत्तर कोरिया कोरियाले दक्षिण कोरियामाथि झुक्याएर आक्रमण गरेको इतिहास रहेको छ ।

सन् २०१० मा उत्तर कोरियाले दक्षिण कोरियामा गोलाबारी गरेको थियो । त्यो बेला चारजना दक्षिण कोरियाली नागरिक मारिएका थिए ।

त्यसैगरी सन् १९८७ मा दक्षिण कोरियन यात्रुजहाजमा आक्रमण गरि उत्तरले ११५ मानिसको ज्यान लिएको थियो ।

एनआईएसले दिएको चेतावनीमा उत्तर कोरिया, एन्टी प्योङ्गयाङ्ग एक्टिभिस्ट्स र डिफेक्टर्सका साथै सरकारी अधिकारीहरुलाई लक्षित गरि आक्रमणको तयारीमा जुटेको हो ।

अमेरिकी बम वर्षक जहाज एफ २२ ले दुबै देशको हवाई सीमामाथि उडान भरेपछि दक्षिण कोरियामाथि हमलालाई लिएर उत्तर कोरियाको यो टिप्पणी आएको हो । समाचार अनुसार अमेरिकाको यो हवाई उडान सिधै उत्तर कोरियालाई चुनौती थियो ।

अमेरिकाले दुई कोरियाको सीमानामा उडाएका एफ २२ राडारको सम्पर्कमा आउँदैनन् । यी लडाकू विमानलाई सिओलदेखि उडाएर ओसानको बेसमा उतारिएको थियो ।

उता अमेरिकी राष्ट्रपति बाराकले ओबामा उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने बिलमा हस्ताक्षर गरेका छन् । व्हाइट हाउसका प्रवक्ता जोश अर्नेस्टले शुक्रबार यो जानकारी दिएका हुन् ।

प्रकाशितः २०७२ फाल्गुन ७

वि.सं.२०७२ फागुन ७ शुक्रवार १३:४५ मा प्रकाशित

You can share this post!

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

वि.सं.२०८० असोज १६ मंगलवार १२:१८

काठमाडौं । नेप्सेमा एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ। मंगलबार...

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

वि.सं.२०८० असोज १६ मंगलवार १२:०४

काठमाडौं। प्रधानमन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २० कम्पनीहरुलाई...

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

वि.सं.२०८० असोज १६ मंगलवार ११:३४

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी...

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

वि.सं.२०८० असोज १६ मंगलवार ११:१३

काठमाडौँ, १६ असोज: चीनको हाङझाउमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत...

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

वि.सं.२०८० असोज १६ मंगलवार ११:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले सजग भई डिजिटल वित्तीय सेवा...

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० असोज १६ मंगलवार १०:५१

काठमाडौं । आज असोज १६ गते मंगलबार सुनको भाउमा गिरावट...