back
Mega Long Ad

यसरी हुन सक्छ धादिङ जिल्लाको विकास

राजधानीसँग जोडिएको धादिङ जिल्ला स्वयंमा अनगिन्ती संभावनासहित तिव्र विकासको पर्खाईमा छ । काठमाण्डौं प्रवेश गर्ने मुलनाकासँग यही जिल्लालाई चिरेर आउँछ । पुर्व–पश्चिम राजमार्गबाट नारायणगढ–मुग्लिन–नागढुंगा हुँदै दैनिक करिब ५–७ हजार सवारी साधन यहीँबाट काठमाण्डौं प्रवेश गर्छन् ।

यस सन्दर्भमा पृथ्वी राजमार्गको अधिकांश भाग धादिङमा पर्छ । त्रिभुवन राजपथबाट काठमाण्डौंभित्र प्रवेश गर्दा पनि धादिङ हुँदै भित्रनु र बाहिरिनुपर्ने अवस्था छ । यसरी मुलुकको राजधानी सहर काठमाण्डौंको लाईफ लाईन सँग नङ मासुको सम्बन्ध राख्ने धादिङ जिल्लाको विकासका संभावना केलाउने प्रयास गरिएको छ ।

बुढीगण्डकी जलविद्युत् आयोजना

धादिङ र गोरखा जिल्लाको सिमानामा पर्ने बुढिगण्डकी नदिबाट जलविद्युत् उत्पादन गर्ने विषयमा एउटा अन्तराष्ट्रिय स्तरको फे्रच कम्पनिले सम्भाव्यता अध्ययन गरिरहेको छ । उक्त कम्पनिले फिजिविलिटी स्टडी रिपोर्ट र विलिङ डकुमेन्ट समेत तयार गरिदिने छ । करिब २८–३० महिनामा सम्पुर्ण काम सम्पन्न गर्ने जिम्मेवारी पाएको यस परामर्शदाताले संभवतः जलाशययुक्त यस आयोजनाको प्ररम्भिक नितिअनुशार कमाई १२ सय मेगावाट सम्म विद्युत् उत्पादन गर्न सकिन्छ ।

Krishnahari-Baskota
कृष्णहरि बाँस्कोटा

यसपछि पावरहाउसबाट निस्कने पानीलाई सिंचाई लगाएतको काममा उपयोग गर्न सकिने छ । जलाशयुक्त जलविद्युत् आयोजना निर्माण गर्न बाँधको उचाई अनुशार ढुवान क्षेत्रको लम्बाई घटी – बढी हुन सक्दछ । यो नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना हो । यस आयोजनाबाट उत्पादित विद्युत् धादिङमा खपत पछि काठमाण्डौं, चितवन र कास्कि जस्ता विद्युत् बढि खपत गर्ने ठाउँमा पुग्नेछ । यी सबै स्थान पावरहाउस रहने स्थानबाट ७०–८० किमीको दुरिमा छन् । जसको कारण प्राविधिक चुहावट कमी हुनेछ । यो आयोजना नेपालकै सर्वाधिक ठुलो जलविद्युत् आयोजना हो । यसको जलाशयुक्त क्षेत्र फेवातालभन्दा करिब बीस दोब्बर ठुलो हुनेछ । जसमा नौका विहार गर्नेदेखी अनेकै पर्यटन प्रवद्र्धनको काम हुनेछ । जलाशयभन्दा माथिको भागमा नमुनाको बस्ति हुनेछ ।

काठमाण्डौं जोड्ने चौथो आकारको फाष्टट्याक बनेपछि काठमाण्डौं र पावर हाउसको दुृरी करिब एक घण्टाको मात्र हुनेछ । यस आयोजनामा नेपाल सरकारले बर्षेनि २५ देखि ४० अर्ब रुपियाँ फ्रिज नहुने गरि लगानि गर्ने हो भने ८–१० बर्षमा सरकारी लगानिमा नै तयार हुनेछ । यस आयोजनाको निर्माणसँगै पचहत्तरै जिल्लामध्ये सवार्धिक विद्युत् रोयल्टि पाउने जिल्लाको श्रेय धादिङको हुनेछ र यस जिल्लाको मुलुकलाई औद्योगिककरणमा रुपान्तरण गर्न मद्धत पु¥याउनुका साथै लोडसेडिङको अँध्यारोबाट जनतालाई उज्यालो दिने पवित्र कामको श्रेय हाँसिल गर्ने छ ।

त्रिशुली नदिमा ¥याफ्टिङ हव निर्माण

विभिन्न सहासिक खेलमा नेपालको विश्वव्यापी प्रसिद्धि पाउँदै गएको छ । प्याराग्याइडिङ, रक क्ल्याइमिङ, बन्जी जम्पिङजस्ता साहसिक खेल नेपालमा विकास भएको छ । यी मध्ये पहिलो नम्बरमा ¥याफ्टिङ रहेको छ । यसमा पनि धादिङमा पर्ने त्रिशुली नदिको खण्डमा सञ्चालित ¥याफ्टिङ नेपालकै सर्वश्रेष्ठ मानिन्छ । यसर्थ त्रिशुली नदिको दायाँ–बायाँ दुबै किनारामा विश्वनिय, सुरक्षित र अत्याधिक आनन्द दिने ¥याफ्टिङसँगै रिसोर्ट र अन्य पर्यटन प्रवद्र्धनका कार्यक्रम संञ्चालन गर्ने काममा पछाडि पर्नु हुँदैन ।

Rafting

यसरि ¥याफ्टिङ उद्योगसँग खुल्ने रिसोर्टमा स्थानिय भेषभुसा र संस्कृतिको प्रवद्र्धन गर्न जरुरी छ । यस अतिरिक्त ती रिसोर्ट स्थानिय उत्पादनबाटै चल्नु पर्छ । नदीको वरिपरीका बस्तिमा रहेका युवाहरुलाई गाईड तालिम दिनु पर्छ । यस नदिको ¥याफ्टिङसँग धादिङलाई पर्यटन उधोगमा विकास गर्दा यो जिल्ला काठमाण्डौ र पोखरा उपत्यका तथा चितवन र लुम्विनी सहरमा पुग्ने कुरामा ढुक्क हुन सकिन्छ । केवल यस क्षेत्रमा रहेका स्थानिय बासिन्दा र लगानिकर्तामा आत्मविश्वास र इच्छाशक्तिको मात्रै खाँचो पर्दछ ।

अन्तराष्ट्रियस्तरको खेलकुद मैदानको निर्माण

नेपालले, क्रिकेट, तेकेन्दो, उसु, वक्सिङलगाएत खेलमा क्रमशः उत्सुकता हाँसिल गदै गएको छ । अन्य खेल फुटबल, भलिबल, टेबुलटेनिस, ब्याडमिन्टन,दौड लगायतमा पनि राम्रो गर्दैछ । काठमाण्डौं स्थित दशरथ रंगशाला निकै सानो भईसकेको छ । काठमाण्डौं भित्र रंगशाला बनाउन दुई कारणले असुविधाजनक छ । पहिलो उपयुक्त जमिन फेला पार्न गाह्रो छ । दोस्रो काठमाण्डौंको बढ्दो जनघनत्वको कारण यस्ता अन्तराष्ट्रियस्तरका खेल मैदान राजधानि बाहिर निर्माण हुनुपर्ने दबाब बढिरहेको छ ।

यहि प्रशंगमा राजधानि सहरबाट धेरै टाढा अन्तराष्ट्रिय खेल मैदान निर्माण गर्दा यातायाको असुबिधा पुग्ने पनि महसुस गरिएको छ । यस स्थितीमा धादिङका कयौं मैदान प्राकृतिक रुपमा ५० हजार दर्शक अट्ने रंगशाला निर्माण गर्न योग्य छन् । साथै त्यसको वरिपरि होटल, सहर बजार निर्माण गर्न पुग्ने टार, फाँट र उपयुक्त जमिन उपलव्ध छ । यसको संभाव्यता अध्ययन गरि आम देशबासिको ध्यानाकर्षण गर्न धादिङ पछाडि पर्नु हुदैन । जुन स्थानमा यस्तो अन्तराष्ट्रिय रंगशाला निर्माण हुन्छ त्यहाँबाट काठमाण्डौं जोड्ने टनेल मार्ग सहितको द्रुतमार्ग निर्माण गर्दा काठमाण्डौंबाट आवत जावत गर्न सकिने हुन्छ । यस्तो रंगशालाको नर्माणले अन्तराष्ट्रिय जगत्मा नै स्थापित हुनेछ ।

अर्गानिक खेतिको केन्द्रविन्दु

धदिङ जिल्ला सिजनअनुशारको हरियो तरकारी उत्पाद गर्ने भण्दारका रुपमा परिचित छ । यसैगरि यहाँको ग्यामरा उखु र रेशाबिहिन अदुवाले विशेष प्रसिद्धि पाएका छन् । क्रमशः यस जिल्लामा पोल्टि र डेरी फर्मले पनि व्यवसायिक रुप धारण गर्दै छन् । जिल्लाको भौगोलिक स्थिति, हावापानि, जमिनको स्थिति, पानिको उपलव्धता लगाएतले यस जिल्लालाई मुलुककै पहिलो र नमुना अर्गानिक खेति जिल्ला घोषणा गर्न जिल्लावासि लागि पर्नुपर्छ ।

रासायनिक मलको प्रयोबाट उत्पादन गरिएको वस्तु र प्रांगरिक मल प्रयोग गरि उत्पादन गरिएको वस्तुबिच मुल्यको फरक प्राप्त गर्न सकिन्छ । मानव अंगमा हानि नपु¥याउने उत्पाद गर्नु हामि सबैको कर्तव्य पनि हो । हरियो तरकिारीमा किरा लागेमा रासायनिक विषादी प्रयोग नगरि जौविक विषदी हाल्न सकिन्छ । यसर्थ पहिलो चरणमा, कृषि विकास मन्त्रालयले यस जिल्लाको पुरै भागमा आईपीएम पद्धति लागु गर्नु पर्दछ ।

यसबाट किसान उत्प्रेरित र जागरुक हुन मद्धत पुग्दछ । दोस्रो चरणमा, जिल्लामा नमुना र मुलुककै सबैभन्दा ठुलो प्रांगरिक मल कारखाना स्थापना गर्नुपर्दछ । यसरि खेतिमा प्रांगरिक पद्धति अवलम्बन भएपछि सोहिअनुशार चयन क्षेत्रमा मासु जन्य खसी, बोका, राँगा, बुंगुर लगाएत व्यावसायिक फर्म सञ्चालन गर्नुपर्छ । साना किसान बैंक लगाएतले यसको थालनि पनि गरिसकेका छन् । त्रिशुलि नदिको माथिल्लो भागमा ट्राउट माछा उत्पादन भईरहेकाले धादिङमा पनि सोहि नदिको चिसो पानिमा ट्राउट पालन गर्न सकिन्छ ।

agro paryatan 3

कागति, सुन्तला, आँप, मेवा, अम्बा, ऐंसेलु, नास्पाति लगाएत फलफुलका लागि नमुना फर्मको रुपमा विकास गर्न सकिन्छ । राजधानिबाट सजिलै भ्रमण गर्न सकिने विकसित कन्ट्रि साइटका रुपमा धादिङलाई विकास गरि मुलुकको प्रतिष्ठा माथि उठाउनु पर्छ । यसमा सम्पुर्ण धादिङे किसान एकै ठाउँमा भेला भई अर्गानिक खेति गर्न सामुहिक घाषणा गर्नु पर्छ ।

पोलिटेक्निकल र सहकारी तालिम केन्द्र स्थापना

नेपालमा व्यावसायिक खेतिको शिक्षाको कमीको कारण आत्मनिर्भर हुन र स्वरोजगारीमा पुग्नेको संख्या कम छ । जसका कारण बाह्य रोजगारिमा दौडिने प्रवृति हावि छ । सबै कुरा काठमाण्डौंमा गर्न संभव हुने पनि भएन । धादिङमा केही गर्दा काठमाण्डौंबाट टाढा हुने पनि भएन । यसलाई एक प्रकारले वैकल्पित राजधानिका रुपमा विकास गर्नु सबैका लागि श्रेयस्कर छ । यसर्थ सरकाले धादिङमा एउटा पोलिटेक्निक इन्स्टिच्युट खोल्ने घोषणा गरेको थियो । साउदि अरेबियाको एग्जिम बैंकले यस्तो केन्द्र खोल्न सघाउने प्रतिवद्र्धता जनाएको पनि हो ।

यस अतिरिक्त अन्य निकाय र देशबाट पनि सहयोग लिन सकिन्छ । यसर्थ नेपालमै एउटा नमुनाको मेगा प्रोजेक्ट स्वरुप सबै विधाको अध्ययन र तालिम दिने गरी आवासिय पोलिटेक्निक इन्स्टिच्युट स्थापना गर्नुपर्छ । प्रत्यक बर्ष करिब एक लाख जनसक्ति उत्पादन गर्ने यसको क्षमता हुनुपर्छ । पहिलो चरणमा करिब २५ हजार विद्यार्थिलाई छात्राबासमै राख्ने योजना बनाउनु पर्छ । यसले एक प्रकारले नेपालमा प्राविधिक विषयको छुट्टै विश्वविधालय भएन भन्ने पुर्ति गर्नेछ र कालान्तरमा यसैलाई स्तरोन्नति गरी विश्वविद्यालयमा रुपान्तरित गर्नु पर्छ ।

विकासका यस्ता अनगिन्ति संभावना छन् । धादिङको विकासका लागि पहिलो चरणमा यही जन्मिएका र नेपालमै बसोबास गर्नेले पहल नगरे कसले गर्ला ? त्यसपछि आम देशबासिको सहयोग प्राप्त हुने नै छ । यसर्थ सकारात्मक सोच र विशेष महत्वकांक्षा साथ हामी सबै जिल्लाको विकासमा लागि पर्नुपर्छ भन्ने आह्वान गर्छु । वास्तबमा उदेश्य के लिनु उडि छुनु चन्द्र एक भने झै ईच्छा शक्ति सहित अगाडि बढेमा धादिङलाई मुलुकमै विकसित र नमुना जिल्ला बनाउन लामो समय कुर्नु पर्दैन ।

यसै सन्दर्भमा धादिङ नेपालभरिका किसानका लागि निकै पायक पर्ने जिल्ला भएकाले करिब १२–१५ हजार कृषिसँग सम्बन्धित सहकारीको तालिम केन्द्र, नमुना उत्पादन, मोडेल फार्मसहितको भव्य पुर्वाधार र नमुना स्वरुप कोल्डस्टोर निर्माण गर्ने प्रस्तावलाई सबैले मिलेर अगाडि बढाउनुपर्छ । यसबाट संकलित हरियो तरकारी, फलफुल,मासुलगायत भण्डारण धादिङमा हुनेछ । र बढि खपत काठमाण्डौं, पोखरा र नारायणघाटमा ढुवानि गर्न सहजता पुग्नेछ ।

सेवा उद्योगको स्थापना

नेपालभरी खपतको मोटामोटी एक तृतीयांश काठमाण्डौंमै छ । कयौं वस्तुको खपत त ४० प्रतिशतसम्म छ । यसर्थ काठमाण्डौंको कचौरा आकारको भौगोलिक कारणले पनि यहाँ सेवा उद्योग राख्न हुँदैन । यसर्थ एलपि ग्यासका बोटलिङ प्लान्टहरु धादिङमा खोल्ने होड नै चलिरहेको छ ।

विविध सम्भावना

१. धादिङ जिल्ला उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत देखि दक्षिणमा महाभारत श्रृखला सम्म फैलिएको नेपालकै एकमात्र जिल्ला हो । यसर्थ, काठमाण्डौंसँग जोडिएको यस जिल्लामा नयाँ पदमार्गको विकास गर्न सके विश्वभरिका पर्यटकले एकैपटक राजधानि सहर, ग्रामिण वस्ति र हिमाली क्षेत्रको प्राकृतिक सौन्दर्यको रसपादन गर्न सक्ने थिए ।

२. कुल १९२५ वर्ग किमि क्षेत्रफलमा फैलिएको यस जिल्लामा १७११ मि. उचाईको पाविला हिम श्रृखलादेखि प्रसिद्ध गणेश हिमाल लगाएत थुप्रै पर्यटकिय गन्तव्य रहेकाले तिनको विकाश गर्न सके आन्तरिक पर्यटन उद्योगमै एउटा नयाँ सन्देश प्रवाह हुने थियो ।

३. काठमाण्डौसँग ६८ जिल्ला जोड्ने राजमामर्ग यसै जिल्लामा रहेको छ । जिल्ला विविध खाद्य उत्पादनमा आत्मनिर्भर रहेकाले यहाँँ व्यापक रुपमा होटल व्यवसाय संञ्चालन गरि आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । धादिङ भित्र विविध सांस्कृतिक र उत्पादन रहेकाले ठाउँठाउँमा कोसेलि घर स्थापना गरि जिल्लाको विशिष्ट उत्पादन नेपालभरि पु¥याउन सकिने प्रसस्त संम्भावना छ ।

४. काठमाण्डौं–नागढुंगा–नौविसे सडकको वैकल्पिक राजमार्ग बन्नु पर्ने जरुरतालाई कसैले नकार्न सक्दैन । यसर्थ काठमाण्डौं–सितापाईला–धार्के वैकल्पिक सडक अविलम्ब निर्माण गरि काठमाण्डौं र धादिङ बिचको सम्पर्कलाई सहज तुल्याउनु पर्छ ।

५. काठमाण्डौंको थानकोटमा रहेको नेपाल आयल निगमको डिपो आसपासबाट टायलघर आसपाससम्मको नेपालमै पहिलो र नमुना सुरुङमार्ग निर्माण गर्ने गरी प्ररम्भिक सर्भे भईरहेकाले तुरुन्त सर्वे गर्नुपर्छ । यसबाट हालको करिब ९ किमि सडकको सट्टा साँढे दुई किमिले पुग्नेछ । यसबाट नेपालमा सुरुङमार्ग हुने पहिलो जिल्लाको श्रेय पनि धादिङलाई प्राप्त हुनेछ ।

Ruby Valley

यसै क्रममा काठमाण्डौं उपत्यका भित्र रहेका उद्योगलाई पनि एक दुई बर्षको समय दिएर स्थानान्तरण गर्न सुसुचित गर्नुपर्छ । यसैगरि मासु जन्य राँगा, च्याङ्ग्रा, बोका, खसि, बुंगुरलगायत र पंक्षीतर्फ कुुखुरा लगाएत व्यवस्थित बधशाला र प्याकेजिङ उद्योग संञ्चालनमा ल्याउनु आवश्यक भईसकेको छ । लामो समयको प्रयास पछि काठमाण्डौंमा बधशाला खुल्न नसकेकाले यस्ता उद्योग धादिङमा राख्नु उपयुक्त हुनेछ । यस्ता कार्यका लागि निश्चित स्थान तोकि त्यहाँको वातावरणिय पक्षमा राज्यको लगानि हुन जरुरि छ ।

अर्को कुरा कृषि उत्पादन हुने र संकलन पनि गरिने हुँदा बजारमा माग नभएका बेला प्रोसेसिङ गर्ने उद्योग पनि स्थापना गर्न जरुरी छ यसमा गोलभेंडाको केचअप उद्योग, फर्सी, स्कुसलगाएतको जाम उद्योग, अदुवाको पाउडर बनाउने उद्योग, हरिया तरकारी प्रयोग गरि अचार बनाउने उद्योग लगाएत स्थापना गर्न सकिन्छ । यस्तो उद्यमशिलताले धादिङलाई क्रमशः औद्योगिकरणको बाटोमा डो¥याउने छ । यसै सन्दर्भमा एउटा हस्तकला ग्राम स्थापना गर्ने, ड्राईपोर्ट स्थापना र काठमाण्डौंमा उतपादन नहुने वस्तुको स्टोर गर्न भण्डारण संञ्चालनमा ल्याउन पहल गर्नु पर्छ ।

साभार: प्रेस चौतारी धादिङ

वि.सं.२०७२ फागुन ७ शुक्रवार १६:३५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्र डटकम : गौरवपूर्ण छैठौं वर्ष पुरा

अर्थतन्त्र डटकम : गौरवपूर्ण छैठौं वर्ष पुरा

वि.सं.२०७८ माघ १ शनिवार २०:०५

प्रकाशकीय ... विकास, समृद्धि र रुपान्तरणमा आर्थिक कोणबाट बहस चलाउन...

‘नेपाली फिल्म क्षेत्रमा तत्काल नयाँ लगानीकर्ता नआउने हो भने संकट लम्बिन्छ’

‘नेपाली फिल्म क्षेत्रमा तत्काल नयाँ लगानीकर्ता नआउने हो भने संकट लम्बिन्छ’

वि.सं.२०७८ पुस २८ बुधवार १४:४२

काठमाडौं । कोरोना महामारीले नेपाली फिल्म उद्योग ठप्प भएको अवस्थामा...

तरलता समस्या आउनुमा बैकिङ क्षेत्रसँगै सरकार र राष्ट्र बैंक पनि दोषी छन् : उपेन्द्र पौडेल [अन्तर्वार्ता]

तरलता समस्या आउनुमा बैकिङ क्षेत्रसँगै सरकार र राष्ट्र बैंक पनि दोषी छन् : उपेन्द्र पौडेल [अन्तर्वार्ता]

वि.सं.२०७८ पुस २१ बुधवार ११:२०

उपेन्द्र पौडेल अध्यक्ष, नविल बैंक नेपालको बैंकिङ क्षेत्रमा लामो समय...

घट्दो डलर सञ्चितिलाई रोक्न डा.मीनबहादुरका तीन विकल्प

घट्दो डलर सञ्चितिलाई रोक्न डा.मीनबहादुरका तीन विकल्प

वि.सं.२०७८ पुस ६ मंगलवार १४:१२

डा.मीनबहादुर श्रेष्ठ पछिल्लो समयमा नेपालमा विदेशी मुद्रा सञ्चिति (डलर) घट्दै...

‘चाइनिज लगानीमा उत्पादन भएका बिजुली भारतले किन्दैन’

‘चाइनिज लगानीमा उत्पादन भएका बिजुली भारतले किन्दैन’

वि.सं.२०७८ पुस २ शुक्रवार १८:३०

नेपालको उर्जा भारतमा लगेर बेच्नका लागि हामीलाई समस्या हुने अवस्था...

नेपालमा ऊर्जा विकासको अन्तरवस्तु

नेपालमा ऊर्जा विकासको अन्तरवस्तु

वि.सं.२०७८ मंसिर २७ सोमवार १६:१६

प्रा.डा. भरतराज पहारी ऊर्जा विकासको विषय सबै क्षेत्रको चर्चाको विषय...