back

शिवरात्रीका लागि उपत्यकाका कुकुर स्वस्थ बनाइने !

Kumari bank ad

काठमाण्डौं । महाशिवरात्रिअघि नै पशुपति क्षेत्रका कुकुरलाई स्वस्थ बनाउने अभियान सुरु गरिएको छ। महाशिवरात्रिमा विश्वकै धार्मिक पर्यटक पशुपतिमा दर्शन गर्न आउने भएकाले अभियान सुरु गरिएको अभियानकर्मीको भनाइ छ।

यस वर्ष फागुन २४ गते महाशिवरात्रि पर्व परेको छ। पशुलाई बाहिर बिरामी छाडेर ‘पशुका स्वामी’ पशुपति मन्दिरभित्र दर्शन गर्नु मानवीय हुँदैन भन्दै पशुपति क्षेत्र विकास कोष, ‘हिमालयन एनिमल रेस्क्यु ट्रस्ट, नेपाल वेलफेयर एन्ड रिसर्च सेन्टर, कम्युनिटी ड्रग वेलफेयर र एडभान्स्ड पेट हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिको संयुक्त आयोजनामा अभियान सुरु भएको हो।

विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रमा विभिन्न रोगबाट पीडित कुकुरको सङ्ख्या बढेपछि उपचार एवम् बन्ध्याकरण अभियान सुरु गरिएको कोषका सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिए। यसअघि पशुपति क्षेत्रमा ट्रस्टले कुकुरको सङ्ख्या गणना गरेको थियो, जसमा १५ कुकुर गुप्ताङ्गको ‘ट्युमर’ रोगबाट पीडित अवस्थामा भेटिएका थिए। यस्ता कुकुरबाट मानिसमा पनि रोग सर्न सक्ने भएकाले उपचार गर्नुपरेको आयोजकको भनाइ छ।

“गणनाबाट पशुपति क्षेत्रमा २०० कुकुर छोडिएको तथ्याङ्क पाइयो, चुनचुन बाबाको आश्रममा पालिएका २५ वटा कुकुरको सङ्ख्या यसमा गणना गरिएको छैन, धेरैजसो कुकुर ट्युमरको सङ्क्रमणमा पर्न सक्ने भेटियो, उपचार नगरे पवित्र पशुपति क्षेत्रको वातावरण नै दूषित हुने भएकाले उपचार सुरु गरिएको हो”–ट्रस्टका अध्यक्ष खगेश्वर भट्टराईले भने।

यही फागुन १२ गतेसम्म सञ्चालन हुने शिविरमा आज ६४ पोथी कुकुरको वन्ध्याकरण समेत सुरु गरिएको छ। पशुपति क्षेत्रमा फूल बेच्ने महिलाले पोथी कुकुरलाई सङ्गिनी सुई लगाएपछि ‘पायोेमेट्रा’ नामक रोग लागेको परीक्षणबाट प्रमाणित भएको छ।

शिविरमा घरमा पालिएका कुकुरको उपचार गर्न आउनेको समेत भिड लागेको छ। पशुपति गुरुमार्गका सुमन शाही कुकुरलाई सङ्गिनी सुई लगाउँदा रोग लागेकाले उपचार गर्न आएको बताउँछन्।

विश्व स्वास्थ्य सङ्गठनको आर्थिक सहयोगमा विसं २०६७ मा क्याट सेन्टर बूढानीलकण्ठले गरेको गणनामा काठमाडौँ उपत्यकाको चक्रपथभित्र ३० हजार कुकुर रहेको तथ्य सार्वजनिक भएको थियो। सो सङ्ख्या हाल बढेको छ।

महानगरभित्रका कुकुर व्यवस्थापन गर्न कामपाले यस वर्ष ३० करोड बजेट छुट्याएको छ। कुकुरलाई भैरवको बाहन समेत मानिने भएकाले पशुपति क्षेत्रमा सम्मानका साथ स्वस्थ राख्न सुरु गरिएको अभियानलाई भविष्यमा पनि निरन्तरता दिइने आयोजक संस्थाले प्रतिवद्धता जनाएका छन्। रासस

९ फागुन २०७२, ९.००

वि.सं.२०७२ फागुन ९ आइतवार १३:२१ मा प्रकाशित

You can share this post!

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

वि.सं.२०८० असोज १३ शनिवार २०:०८

पर्वत, १३ असोज : पर्वतको कुश्मा नगरपालिका–७ र ८ को...

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

वि.सं.२०८० असोज १३ शनिवार १९:३३

तुलसीपुर, १३ असोज : घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा...

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

वि.सं.२०८० असोज १३ शनिवार १९:२४

जनकपुरधाम, १३ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न कारणले...

उपचारको अभावमा ज्यान गुमाउनुपर्ने स्थितिको अन्त्य हुन्छ : मन्त्री बस्नेत   

उपचारको अभावमा ज्यान गुमाउनुपर्ने स्थितिको अन्त्य हुन्छ : मन्त्री बस्नेत   

वि.सं.२०८० असोज १३ शनिवार १८:३४

वीरगन्ज, १३ असोज (रासस) : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले...

मनसुन बाहिरिन अझै केही दिन लाग्ने, यस्तो छ आगामी ३ दिनको मौसम   

मनसुन बाहिरिन अझै केही दिन लाग्ने, यस्तो छ आगामी ३ दिनको मौसम   

वि.सं.२०८० असोज १३ शनिवार १८:३०

काठमाडौँ, १३ असोज : नेपालमा यस वर्षको मनसुन बाहिरिन केही...

भोटखोलामा विद्युत् राष्ट्रिय प्रसारणलाइन जोडियो   

भोटखोलामा विद्युत् राष्ट्रिय प्रसारणलाइन जोडियो   

वि.सं.२०८० असोज १३ शनिवार १८:१८

किमाथाङ्का (सङ्खुवासभा), १३ असोज : सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा...