back

धादिङका १३ उद्योगका नौ लाख सिलिन्डर बजारमै

Kumari bank ad

धादिङ । आधा ग्यास वितरणका कारण सिलिन्डर बजारमै ‘होल्ड’ भएपछि उद्योगको नाममा आएको ग्यास बजार पठाउन कठिन भएको छ। अघोषित नाकाबन्दीपछि आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने सरकारी निर्णयले यहाँका उद्योगका ७५ प्रतिशत सिलिन्डर बजारमै अडेका हुन् ।

ग्राहकहरूकोमा आधा ग्यास सिलिन्डर धेरै रहेको भण्डारणका नाममा रहेको र रित्तो नफर्काएपछि समस्या भएको हो । यसले थप ग्यास बजार लैजान समस्या पारेको उद्योगीहरूले बताएका छन् । उनीहरूका अनुसार बुलेटमा भएको ग्यास ग्राहकसमक्ष पुर्‍याउन सकिएको छैन ।

आयात गरिएको ग्यास उद्योगमै थन्किएको छ । ‘१४ केजी नै ग्यास भर्ने अनुमति पाए समस्या समाधानमा सहयोग पुग्ने थियो,’ एचपी ग्यासका व्यवस्थापक एलके शर्माले भने । भारतले नाकाबन्दी खोलेसँगै ग्यास आयातमा सहज भएको छ । तर, नाकाबन्दीको समयमा नेपाल आयल निगमले निर्णय गरेको आधा ग्यास वितरणको प्रणाली परिवर्तन भएको छैन ।

उद्योगी, निगम र बिक्रेताहरूबीचको विवादले उक्त निर्णय परिवर्तन हुन नसकेको हो । उक्त कारणले भारतबाट ग्यास ल्याउने बुलेटहरू उद्योगमै थन्केका हुन् । उद्योगको भण्डारण क्षमतामा आयातित ग्यास नअटेर बुलेटमै राख्नुपरेको छ ।

हालसम्म भण्डारण जुगेखोलाको एसटीसी, सिद्धार्थ, थाक्रेस्थित खेतान समूहको एचपीलगायत सबैजसो उद्योगमा ४ बुलेट ग्यास थन्किएका छन् । भण्डारण गर्ने बुलेट पनि खाली नभएकाले ग्यास बुलेटमै राख्नुपरेको हो । ४ वटा बुलेटका ग्यासले ५ हजारवटा भरि सिलिन्डर ९१४ दशमलव २ किलो० हुन आउँछ । तर सरकारको वितरणसम्बन्धी नीति र बिक्रेता तथा उद्योगीहरूबीचको विवादका कारण उक्त ग्यास थन्किएर बसेको हो ।

बजारमा भने ग्राहकले ग्यास नपाएर सास्ती भोग्दै आएका छन् । ‘नाकाबन्दीपछि आधा सिलिन्डर मात्रै बजार पठाउने प्रावधानले १० लाखमध्ये अहिले ९ लाख बजारमा होल्ड भएका हुन्,’ प्रहरी नायब उपरीक्षक सबिन प्रधानले भने, ‘उद्योगसँग अहिले करिब १ लाख रित्ता सिलिन्डर मात्र छन् ।

ग्यासका बुलेट आइरहे पनि खाली सिलिन्डरकै अभाव छ ।’ खाली भनिएका उक्त सिलिन्डरले केही दिनलाई मात्रै ग्यास भर्न र बजार पठाउन सकिन्छ । आधा सिलिन्डर नै पठाउनुपर्ने भएकाले थप सिलिन्डर होल्ड हुनेछन् । यहाँबाट खेतान समूहले राजधानीको बजारमा सबैभन्दा बढी १ लाख ८८ हजार सिलिन्डर पठाउने गरेको छ ।

समूहको चालिसेस्थित हिमालय पेट्रो केमिकल्समा भर्न ल्याइएका सिलिन्डर ६ हजार मात्र छन् । एउटा बुलेटबाट आधा भर्ने हो भने २ हजार ५ सय सिलिन्डर खपत हुन्छ । धादिङका १३ वटा ग्यास रिफिल गर्ने उद्योगले हालसम्म करिब १० लाख सिलिबडर बजार पठाएका छन् । सामान्य अवस्थामा दैनिक २० हजार सिलिन्डर बजार पठाउने गरेका थिए । हालको व्यवस्थाका कारण भएको ग्याससमेत सर्वसाधारणलाई पठाउन कठिन भएको छ ।

उद्योगहरू घरायसी प्रयोजनका लागिभन्दा पनि छिटै प्रयोग गरेर एकमुष्ट फिर्ता गर्ने होटल र रेस्टुरेन्टलाई नै सिलिन्डर बिक्री गर्न रुचाउँछन् । उद्योगहरूले आसपासका होटल र स्थानीयलाई १४ केजीको ५ हजारमा बेचेर नाफा कमाएका थिए । राजधानीका होटल र रेस्टुरेन्टमा १४ केजीको सिलिन्डरलाई ६ हजार र आधालाई ४५ सयसम्म बचेका थिए ।

प्रकाशित कान्तिपुर, ९ फागुन २०७२। ८।००

वि.सं.२०७२ फागुन ९ आइतवार १४:३४ मा प्रकाशित

You can share this post!

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा   

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा   

वि.सं.२०८० मंसिर १७ आइतवार १८:१२

काठमाडौँ, १७ मङ्सिर : प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण...

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड मिति तय, आईपीओ हात पार्न भाग्यकै भर

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड मिति तय, आईपीओ हात पार्न भाग्यकै भर

वि.सं.२०८० मंसिर १७ आइतवार १८:०३

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँडको मिति तय भएको...

नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न

नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न

वि.सं.२०८० मंसिर १७ आइतवार १७:५४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई कोशी टप्पु...

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने   

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने   

वि.सं.२०८० मंसिर १७ आइतवार १७:४५

काठमाडौँ, १७ मङ्सिर : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन...

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा २८ हजार ४७९ जनाले दिए आवेदन

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा २८ हजार ४७९ जनाले दिए आवेदन

वि.सं.२०८० मंसिर १७ आइतवार १७:३३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ   

स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ   

वि.सं.२०८० मंसिर १७ आइतवार १७:०८

काठमाडौँ, १७ मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला...