back

सरकारी अनुदानपछि धान फल्ने खेत मासिँदै, के गर्दैछन् किसान ?

चितवन । पोल्ट्री र दूध उत्पादनमा अग्रणी चितवनमा पछिल्लो समय व्यावसायिक माछापालन फस्टाउँदै गएको छ ।

जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारीअनुसार हाल ८०० हेक्टर क्षेत्रफलमा ५०४ हेक्टर जलाशयमा माछापालन गरिएको छ । जसमा एक हजार १७२ कृषक प्रत्यक्ष रुपमा संलग्न छन् ।

जिल्ला कृषि विकास कार्यालय चितवनका मत्स्य विकास अधिकृत पर्शुराम यादवका अनुसार पोखरी सङ्ख्या दुई हजार ७३ वटा रहेका छन् । जिल्लाको वार्षिक माछाको उत्पादन दुई हजार मेट्रिक टनभन्दा बढी छ । गत वर्ष एक हजार ९२५ दशमलव २८ मेट्रिक टन माछा उत्पादन भएको यादवले बताए ।

जमिनमुनि सहजै पानीको स्रोत रहनु र वातावरण माछाका लागि अनुकूल रहेकै कारण यहाँ माछापालन व्यवसाय फस्टाएको हो ।

Fish Farming in Nepal
मत्स्य व्यवसायी सङ्घले भने सरकारी तथ्याङ्कभन्दा बढी माछा पालिएको जनाएको छ । सङ्घका अध्यक्ष जोगेन्द्र चौधरीले आठ हजार हेक्टर जलाशय रहेको र वार्षिक उत्पादन तीन हजार ६०० मेट्रिक टन रहेको बताए ।

सरकारी अनुदानका कारण पनि माछापालन व्यवसायतर्फ आकर्षण बढ्दो रहेको छ । गत बर्ष मात्रै ४६ दशमलव २५ हेक्टर जलाशय सरकारी अनुदानमा थपिएको छ । जसका लागि सरकारले प्रतिहेक्टर एक लाख रुपैयाँ अनुदान दिएको थियो ।

अभियानमुखी मत्स्य उत्पादन कार्यक्रममार्फत ८० हेक्टरमा माछापालनका लागि अनुदान दिने कार्यक्रम भए पनि भूकम्पका कारण पोखरी खन्न नसकेपछि ४६ दशमलव २५ हेक्टर मात्र थपिएको हो । राम्रो आम्दानी हुने भएपछि कृषक माछापालन गर्न उत्साहित भए पनि वैशाख १२ को भूकम्पसँगै एक्साभेटर, जेसिबीजस्ता उपकरणको अभावमा पोखरी खन्न नसक्दा अनुदान रकम फ्रिज भएको उनले जानकारी दिए ।

गत वर्ष सरकारी अनुदान नलिएरै १० हेक्टर अरु थप जलाशय थपिएको थियो । यसवर्ष सरकारले प्रतिहेक्टर रु तीन लाख अनुदान दिने भएको छ । जसका लागि १९४ जना कृषकले आवेदन दिएको र सोको छनोटका लागि विभागमा पठाइएको छ ।

जिल्लामा सात जातका माछा पालिँदै आएको छ । जसमा रहु, नैनी, सिल्भर कार्प, बिगहेड कार्प, ग्राम पार्क, कमनकार्प, भाकुर जातका माछा रहेका छन् । जिल्लामा प्रतिहेक्टर ३ दशमलव ८२ मेट्रिक टन माछा उत्पादन हुने गर्दछ । जिल्लाको माडी, पूर्वी चितवनको कुमरोज, कयर, बछौली, लालपर्सा, पश्चिम चितवनको दिव्यनगर, गुञ्जानगर, शङ्करचोक, पटिहानी, जगतपुरलगायतका क्षेत्रमा माछापालन गरिँदै आएको छ । रासस

९ फागुन २०७२, ३.००

वि.सं.२०७२ फागुन ९ आइतवार १५:५६ मा प्रकाशित

You can share this post!

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार २१:०५

काठमाडौं । एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्ध...

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०१

काठमाडौँ, ४ असोज : नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार रु...

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

वि.सं.२०८० असोज ४ बिहीवार २०:५५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका...

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

वि.सं.२०८० असोज ४ बिहीवार २०:५०

काठमाडौँ, ४ असोज : वैदेशिक रोजगार विभागले काठमाडौँको सिनामङ्गलमा रहेको...

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

वि.सं.२०८० असोज ४ बिहीवार २०:४४

दमक (झापा) ४ असोज : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

काठमाडौँ महानगरका शिक्षक–कर्मचारीबाट सडकमै हाजिर   

काठमाडौँ महानगरका शिक्षक–कर्मचारीबाट सडकमै हाजिर   

वि.सं.२०८० असोज ४ बिहीवार २०:४०

काठमाडौँ, ४ असोज : नेपाल शिक्षक महासङ्घले सञ्चालन गरेको सडक...