
नयाँ दिल्ली । ६ दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आजबाट व्यापारिक भेटघाट सुरु गर्ने भएका छन्। हिजोबाट राजनीतिक भेटघाट सकिएपछि उनी व्यापारिक भेटघाटमा व्यस्त हुन लागेका हुन् ।
कार्यक्रम तालिका अनुसार आज बिहान ११ बजे उनले नयाँ दिल्लीमा रहेको सप्रु हाउसमा विश्व मामिला सम्बन्ध परिषद्मा कुटनीतिक तथा प्राज्ञहरुलाई सम्बोधन गर्नेछन् । अपराह्न ३ बजे विवेकानन्द फाउन्डेसनमा राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणमा सिइओ सुशील ज्ञवालीको प्रस्तुति रहेको छ।
त्यसैगरी साँझ ६ बजे उनले होटल ताज प्यालेसमा बिजनेस मिटिङ गर्नेछन्। बुधबार उनले मुम्बईको औद्योगिक क्षेत्र निरीक्षण गर्नेछन् भने सोही दिन १ बजे त्यहाँको व्यापारिक समुदायसँग लन्च गर्नेछन्।
१० फागनु, २०७२, ८.००
वि.सं.२०७२ फागुन १० सोमवार १०:३१ मा प्रकाशित