back

अब ७ प्रतिशत ब्याजमै घर कर्जा पाइने

काठमाण्डौं । घर बनाउँदै हुनुहुन्छ, कसरी र कहाँबाट ऋण लिने थाहा पाउनुभएको छैन भने अब नआत्तिनुहोस् किनभने अधिकांश बैंकहरुले घर कर्जा ऋण मात्र ८ प्रतिशतदेखि १० प्रतिशत ब्याजदरसम्ममा उपलब्ध गराउने भएका छन् ।

बैंकिङ प्रणालीमा अध्याधिक लगानी योग्य पुँजी ९तरलता० थुप्रिए पनि कर्जाको माग नआएपछि बैंकहरुले सस्तो दरको आवास ऋण दिन लागेका हुन् । जस अनुसार छोटो अवधि ९बढीमा ९० दिन०को व्यापारिक कर्जाको ब्याज दर साढे पाँच प्रतिशतसम्म झारेका बैंकले २५ बर्ष अवधिको घर तथा आवाश कर्जाको ब्याज सात प्रतिशत हाराहारीमा ल्याएका छन् ।

स्किम नै ल्याएर ब्याज घटाउनेमा माछापुच्छ्रे, एनएमबी र एनआइसी एसिया बैंक छन् । माछापुच्छ्रे बैंकले ७।५ प्रतिशत ब्याज दरमा घर तथा आवास कर्जा दिने स्किम ल्याएको छ । एनएमबी बैंकले ६।६६ प्रतिशत ब्याज दरसहितको घर कर्जा योजना ल्याएको छ । दुई बैंकले स्किम ल्याएपछि एनआइसी एसियाले पनि ७।९९ प्रतिशतमा घर कर्जा दिने नयाँ स्किम ल्याएको छ ।

स्किम नल्याए पनि कतिपय बैंकको घर तथा आवास कर्जाको ब्याज दर तल आइसकेको छ । नबिल, एभरेष्ट, बैंक अफ काठमाण्डू, प्रभु, सिभिल र सेञ्चुरी बैंकको ब्याज दर आठ प्रतिशतभन्दा तल छ । अहिले पनि महँगो ब्याज कृषि विकास बैंकको छ । बैंकको घर कर्जाको न्युनतम ब्याज दर १० प्रतिशत छ । बाँकी सबै बैंकको घर कर्जाको न्युनतम ब्याज दर १० प्रतिशतभन्दा तल आइसकेको छ ।

बैंकहरुले एक करोड रुपैयाँभन्दा कमका घर तथा आवास र जग्गा किन्नका लागि यो कर्जा उपलब्ध गराउँछन् ।

१० फागनु, २०७२,  १०.००

वि.सं.२०७२ फागुन १० सोमवार ११:०६ मा प्रकाशित

You can share this post!

महँगी नियन्त्रणमा मेरो भरमग्दुर प्रयास भइरहेको छ : मन्त्री रिजाल   

महँगी नियन्त्रणमा मेरो भरमग्दुर प्रयास भइरहेको छ : मन्त्री रिजाल   

वि.सं.२०८० असोज ८ सोमवार १८:१०

पाटन, ८ असोज : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले...

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री श्रेष्ठ दोषी ठहर

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री श्रेष्ठ दोषी ठहर

वि.सं.२०८० असोज ८ सोमवार १८:०४

काठमाडौं। भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठ दोषी ठहर भएका छन्...

प्रेमिकाको हत्या गरेको आरोपमा प्रतिवादी पक्राउ   

प्रेमिकाको हत्या गरेको आरोपमा प्रतिवादी पक्राउ   

वि.सं.२०८० असोज ८ सोमवार १७:५५

मलेखु (धादिङ), ७ असोज : प्रेमिकाको हत्या गरेको आरोपमा सप्तरी...

लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी असोज २५ र २६ माः रजिस्ट्रेसन खुल्ला

लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी असोज २५ र २६ माः रजिस्ट्रेसन खुल्ला

वि.सं.२०८० असोज ८ सोमवार १७:४२

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड (एन.सि.बि.एल) को आयोजनामा असोज...

कानूनको पर्खाइमा ‘राइड सेयरिङ’ व्यवसाय   

कानूनको पर्खाइमा ‘राइड सेयरिङ’ व्यवसाय   

वि.सं.२०८० असोज ८ सोमवार १७:३०

कमलकुमार बस्नेत काठमाडौँ, ८ असोज : सन् २००९ मा अमेरिकामा...

साउन महिनामा वाणिज्य बैंकहरुको नाफा ८ अर्ब ५२ करोड, ग्लोबल आइएमई सबैभन्दा अगाडि अन्य कुनले कति कमाए ?

साउन महिनामा वाणिज्य बैंकहरुको नाफा ८ अर्ब ५२ करोड, ग्लोबल आइएमई सबैभन्दा अगाडि अन्य कुनले कति कमाए ?

वि.सं.२०८० असोज ८ सोमवार १७:२१

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो महिनाको वित्तीय...