
काठमाण्डौं । सरकारले आजदेखि भरी सिलिण्डर ग्यास बिक्री गर्न पाउने निर्णय गरेको छ। नेपाल आयल निगमले भरी सिलिण्डर ग्यास बिक्री गर्दा पनि माग धान्न सकिने विश्वास दिलाएपछि आपूर्ति मन्त्री गणेशमान पुनले आजदेखि सबै उद्योगले भरी सिलिण्डर १४।२ किलोग्राम० ग्यास भर्नुपर्ने निर्णय गरेका हुन् ।
नेपाल आयल निगमले पनि माग धान्न सक्ने विश्वास दिलाएपछि मन्त्रालयमा सबैपक्षको बैठक बसेर यस्तो निर्णय गरिएको मन्त्रालयले जानकारी दिएकोछ । सरकारको निर्णयसँगै विगत केही महिनादेखि आधा सिलिण्डर बिक्री हुँदै आएको खाना पकाउने ग्यास आजदेखि भरी सिलिण्डर बिक्री हुने भएको छ।
भारतले गरेको अघोषित नाकाबन्दीमा ग्यासको अभाव कम गर्न आधा सिलिण्डर अर्थात ७।१ किलोग्राम ग्यास भरेर बजारमा पठाइएको थियो । तर आजैबाट भरी सिलिण्डर अर्थात १४।२ किलोग्राम ग्यास बजारमा पाइने भएको हो ।
१० फागुन २०७२, १.३०
वि.सं.२०७२ फागुन १० सोमवार १४:५५ मा प्रकाशित