
काठमाण्डौं । साताको दोश्रो दिन आज सोमवार नेप्से परिसुचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से १२ दशमलव ८९ अंकले उकालो लागेर १ हजार २ सय ९१ दशमलव ८१ मा पुगेर बन्द भएको छ भने दिनभरमा ७१ करोडको कारोबार भएकोछ ।
आज पनि सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको नै रहेको छ । यो समूहको परिसुचक सवैभन्दा बढी २० दशमलव ७७ अंकले बढेको छ । त्यस्तै, बीमा समुहको परिसुचक ९ दशमलव ३४ र विकास बैंकको परिसुचक ८ दशमलव ७१ अंकले उकालो लागेको छ ।
यसमा साथै अन्य समूहको परिसुचक १ दशमलव १७ अंकले बृद्धि भएको छ । आज कारोवारमा आएका १ सय २४ कम्पनीको १६ लाख ९३ हजार कित्ता सेयरबाट ७१ करोड ८७ लाख बराबरको कारोवार भएको छ ।
१० फागुन २०७२, ३.००
वि.सं.२०७२ फागुन १० सोमवार १६:०१ मा प्रकाशित