
नयाँ दिल्ली । सरकारी सेवामा आरक्षणको माग गर्दै आन्दोलनमा उत्रिएका जाट आन्दोलनकारीले दिल्लीमा पानी ल्याउने मुख्य नहर भत्काएपछि दिल्लीका १ करोड जनताले पानीको अभाव झेलिरहेका छन् ।
अति आवश्यकबाहेक ठाउँमा पानी दिइएको छैन । मानिसहरुले आफूहरुसँग भएको पानी जोगाएर प्रयोग गरिरहेका छन् भने केही ठाउँमा ट्यांकरबाट पानी पुर्याइएको छ ।
नहर भत्काइएको क्षेत्र र नहर पुनर्निमाणको जिम्मा भारतीय सेनाले लिए पनि नहर बनाउन अझै ३–४ दिन लाग्ने भएकाले दिल्लीमा पानीको हाहाकार हुने बताइएको छ । दिल्लीको खानेपानी बोर्डका प्रमुख केशव चन्द्राले पानीको आपुर्ति सहज हुन अझै ३–४ दिन लाग्ने बताए ।
बीबीसी, ११ फागुन २०७२, ८.००
वि.सं.२०७२ फागुन ११ मंगलवार ११:१७ मा प्रकाशित