
काठमाण्डौं । आज मंगलवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला २ सयले बढेर तोलाको ५५ हजार ७ सयमा कारोवार भइरहेकोछ । हिजो प्रतितोला ५५ हजार ५ सयमा कारोवार भएको सुन आज बढ्न पुगेको हो ।
आज चाँदीको भाउमा पनि बृद्दि भएको नेपाल सुनचाँदी व्यवसायि महासंघले जानकार दिएको छ । आज चाँदी प्रतितोला ७ सय ३५ मा कारोवार भइरहेकोछ । सुन चाँदीको भाउ बृद्धि भएसँगै विवाहको मौसममा उपभोक्तालाई मार परिरहेको सुन खरिद गर्न आएका उपभोक्ताहरुले बताए ।
११ फागुन २०७२, १२.००
वि.सं.२०७२ फागुन ११ मंगलवार १२:०८ मा प्रकाशित