back

महोत्तरीका किसान अर्गानिक खेतीतर्फ आकर्षित

Kumari bank ad

बर्दिवास । महोत्तरी जिल्लाको उत्तरवर्ती क्षेत्रका किसान अर्गानिक खेतीतर्फ आकर्षित भएका छन् । सघन तरकारीखेती गरिने जिल्लाको उत्तरवर्ती क्षेत्रका बर्दिवास नगरपालिका क्षेत्र, गौशाला नपाक्षेत्र र पशुपतिनगर, भङ्गाहा, बेलगाछी, खयरमारा र लक्ष्मीनिंयाँलगायतका गाविस बस्तीका किसान विषादी र रसायनिक मलको प्रयोगबिना नै गरिने अर्गानिकखेतीतर्फ आकर्षित देखिएका हुन् ।

तरकारी, तेलन र उखुलगायतका नगदेबाली लगाउने यी नगर गाउँ बस्तीमा परम्परागत खनजोत र प्राङ्गारिक मलको प्रयोगबाट नै प्रशस्त उत्पादन हुन थालेको यस क्षेत्रका किसानको भनाइ छ ।

खासगरी हरियो सागसब्जी र अन्य तरकारी बालीमा विषादीको प्रयोगले जनस्वास्थ्यमै प्रतिकूल असर पर्न थालेपछि सोको प्रयोग छाडिएको भङ्गाहा–४ का तरकारी किसान नारायण दाहालले बताए ।

प्राङ्गारिक मल बनाउन आफ्नै वरपरका झारपतिङ्गर, त्यत्तिकै मिल्किएका फोहर, मल बनाउन नै खेती गरिने ढैँचा (एक प्रकारको वनस्पति) र घरपालुवा गाईबस्तुको गोबर तथा बाख्राको बड्कुला प्रयोग गर्न सकिने भएकाले यो खेतीका लागि सर्वसुलभ मल हुने गरेको किसानको भनाइ छ । यस्तो मलले माटोलाई उर्वर बनाइराख्ने र वर्षैपिच्छे मात्रा केही घटाउँदै लान सकिने भएकाले निकै प्रभावकारी बनेको सो बस्तीकै अर्का तरकारी किसान चन्देश्वर राय दनुवारले बताए ।

बालीलाई मल चाहिने उपयुक्त बेलामा रसायनिक मलको हाहाकार हुने र तिनको गुणस्तरकोसमेत यकिन नहुँदा उत्पादनमा प्रतिकूल असर पर्नेसँगै परनिर्भरता बढाएकाले आफूहरु अर्गानिक खेतीतिर लागेको यस भेगका किसानको भनाइ छ ।

तरकारी, फलफूल र अन्य बालीमा लाग्ने रोगब्याध र किरा नियन्त्रणका लागि गाईको गहुँत, खरानी र पानी छर्कने विधि अपनाउन थालिएको र यो विधि निकै सफल भएको पशुपतिनगर–२ का किसान ब्रह्मदेव महतोले बताए । खासगरी तरकारी र फलपूmलमा कडा विषादीको प्रयोग बढ्नाले आमउपभोक्तामा विभिन्न रोगब्याधको बढ्दो सङ्क्रमणलाई अर्गानिक खेती प्रणालीले स्वात्तै घटाउने र अर्गानिक तरकारी स्वादिलो हुनाले उपभोक्ताको रोजाइमा गरेको किसान बताउँछन् ।

अर्गानिकखेती सुरु गरिएको पहिलो वर्ष २०७० सालमा उत्पादन अली कम भए पनि त्यसयता क्रमशः उत्पादन बढ्दै गएपछि अब खासै समस्या नभएको किसानको भनाइ छ । पछिल्ला वर्षमा अर्गानिकखेतीबाटै बाली उत्पादन भएको क्षेत्रबारे आमचासो र परिचय बढेपछि उपभोक्ताले बजार पु¥याउनासाथ आफ्नो समान तत्काल किन्ने गरेका बर्दिवास–१० का परबल उत्पादक किसान रामजी पौडेलको अनुभव छ ।

बाली उत्पादक किसानमात्र नभई अब उपभोक्तासमेत अर्गानिक उत्पादनका वस्तु चिन्न र ठम्याउन सिपालु भएका देखिएका छन् । अर्गानिक उत्पादनका बाली स्वाभाविक आकार र रङका हुने भएकाले ठम्याएर किन्न गाह्रो नहुने बजारु उपभोक्ता बर्दिवास–१ की गृहिणी प्रतिमा कोइराला बताउँछिन् ।

वि.सं.२०७२ फागुन ११ मंगलवार १२:२६ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकको सेवा अवरुद्ध हुने

ग्लोबल आइएमई बैंकको सेवा अवरुद्ध हुने

वि.सं.२०८० असोज १० बुधवार १८:४७

काठमाडौं । ग्लोबल आइएमई बैंकको सेवा २ घण्टा अबरुद्ध हुने...

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

वि.सं.२०८० असोज १० बुधवार १८:३४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३...

सनराइज क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत नगद लाभांश पारित

सनराइज क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत नगद लाभांश पारित

वि.सं.२०८० असोज १० बुधवार १८:२८

काठमाडौं । लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका...

गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने

गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने

वि.सं.२०८० असोज १० बुधवार १८:२२

काठमाडौं । गरिमा विकास बैंकले विदेशबाट मोबाईल बैकिङ सुचारु गर्ने...

आँबुखैरेनीमा रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता   

आँबुखैरेनीमा रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता   

वि.सं.२०८० असोज १० बुधवार १८:०८

काठमाडौँ, १० असोज : नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा...

अब बैंकले दैनिक २० केजी सुन आयात गर्नसक्ने, राष्ट्र बैंकले जारी गर्यो सर्कुलर

अब बैंकले दैनिक २० केजी सुन आयात गर्नसक्ने, राष्ट्र बैंकले जारी गर्यो सर्कुलर

वि.सं.२०८० असोज १० बुधवार १७:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक...