back

साउदी अरबमा बन्दी जीवन बिताइरहेकी निर्मला परियारको उद्धार

साउदी अरब । साउदी अरबमा बन्दी जीवन बिताइरहेकी एक नेपाली चेलीको उद्धार गरी स्वदेश पठाइएको छ ।

दलालको प्रलोभनमा परी दिल्लीको बाटो हुँदै घरेलु कामदारका रुपमा ५ वर्षअघि साउदी आएकी पाल्पा कचलकी ३१ वर्षीया निर्मला परियारलाई उद्धार गरी स्वदेश पठाइएको हो । रियादबाट करिब २० किमीको दूरीमा पर्ने दखल मौजुदस्थित साउदी नागरिकको घरमा बन्दी जीवन बिताइरहेकी पीडित निर्मलालाई नेपाली जनप्रगतिशील मोर्चाले दूतावासको समन्वयमा उद्धार गरेको हो ।

गत २९ जनवरीमा उद्धार गरी रियादस्थित नेपाली दूतावासको आश्रयस्थलमा राखिएकी निर्मलालाई आवश्यक प्रक्रिया पूरा गरी सोमबार साँझ स्वदेश पठाइएको मोर्चाका अध्यक्ष मीनराज नाथले जानकारी दिए । निर्मलालाई मोर्चाका मोहन सारु र मेघनाथ भट्टराईको संयुक्त प्रयासमा साउदी नागरिकको घरबाट उद्धार गरिएको हो ।

गत जनवरी २९ मा घरका परिवार सुतेको मौका पारी राति ४ घन्टाको निरन्तर प्रयासपछि बिहान ४ बजे उनलाई बन्दी बनाइएको घरबाट भगाएर दूतावास पुर्याइएको थियो । कुबेतमा रहेकी उनकी दिदीमार्फत उनी साउदी नागरिकको घरमा बन्दी जीवन बिताइरहेको खबर पाएपछि आफूहरुले ५ महिनादेखि निरन्तर उद्धारको प्रयास गरेको थियाे । घरेलु कामदारका रुपमा आएकी पीडित निर्मलाको पारिश्रमिकसमेत दलालको हातमा पर्दै आएको थियो ।

बन्धक बनाइएका परिवारका सदस्यबाट दिइने शारीरिक र मानसिक यातनाका कारण उनी पीडित बनेकी थिइन् । साउदी नागरिकले उनलाई शौचालयमा लगेर कुटपिट तथा शारीरिक यातना दिने गरेका कारण उनको जीवनसमेत सङ्कटमा परेको थियो । परिवारमा मानसिक सन्तुलन गुमाएका श्रीमान्, एक छोरा र एक छोरीसमेत रहेकी निर्मलाले स्वदेश फर्कने आशा मारेकी भए पनि स्वदेश फर्कन सफल भएकी छिन् ।

गैरकानुनी बाटो भएर साउदी आइपुगेकी पीडित परियारलाई यात्रा अनुमतिपत्र बनाई नेपाल फर्कने व्यवस्था मिलाइएको कार्यवाहक राजदूत आनन्दप्रसाद शर्माले जानकारी दिए ।

वि.सं.२०७२ फागुन ११ मंगलवार १३:१५ मा प्रकाशित

You can share this post!

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८० असोज ७ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

थप एक कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, भोलीदेखि कारोबारमा आउने

थप एक कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, भोलीदेखि कारोबारमा आउने

वि.सं.२०८० असोज ७ आइतवार १४:३७

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार एक कम्पनीको...

नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी

नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी

वि.सं.२०८० असोज ७ आइतवार १४:३०

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) र चाइना काउन्सिल फर...

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर   

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर   

वि.सं.२०८० असोज ७ आइतवार १४:१८

काठमाडौँ, ७ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ...

सौराहमा घटे पर्यटक   

सौराहमा घटे पर्यटक   

वि.सं.२०८० असोज ७ आइतवार १३:५६

चितवन ७ असोज : सौराहका पर्यटन व्यवसायीका लागि असोज ‘सिजन’को...

एनआरएनए सचिव पदका उम्मेदवार पन्थ युरोपमा

एनआरएनए सचिव पदका उम्मेदवार पन्थ युरोपमा

वि.सं.२०८० असोज ७ आइतवार १३:२४

काठमाडौं । गैह्र आवासीय नेपाली संघ(एनआरएनए) को हुन गइरहको अधिवेशनमा...