
पोखरा । पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ ।
आज बिहान ७ः५० बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको सो जहाज केही समयपछि सम्पर्कविहीन भएको नागरिक उड्डयन कार्यालय, पोखराका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिए ।
९ एनएएचएच नं को सो जहाजमा दुई बालबालिकासहित २० जना यात्रु र चालकदलका तीन जना रहेको छ । जहाजको खोजी भइरहेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीका अनुसार जहाज म्याग्दीको कुनै स्थानमा दुर्धटनामा परेको हुनसक्ने संभावनालाई दृष्टिगत गरी नेपाली सेनाको हेलिकप्टर र एयर डाइनेष्टीको हेलिकप्टरबाट खोजीकार्य भइरहेको छ ।
वि.सं.२०७२ फागुन १२ बुधवार ०९:५५ मा प्रकाशित