back
NMB ad

अब घर बसी बसी उच्च शिक्षा

Kumari bank ad

काठमाण्डौं । सरकारले आउँदो शैक्षिक सत्रदेखि खुलारदूर शिक्षा प्रणालीबाट कक्षा ११ र १२ अध्ययन गर्न सकिने व्यवस्था गरेको छ । विद्यालयमा नियमित उपस्थित नभई घरमै बसेर अध्ययन गर्न पाउने व्यवस्थाले कामदार, गृहिणी, पेसाकर्मीका लागि उच्च माध्यमिक तहको शिक्षामा पहुँच सहज हुनेछ ।

दुर्गम, शैक्षिक, सामाजिक र आर्थिक कारणले पिछडिएका वर्गले समेत खुलारदूर शिक्षा प्रणालीबाट कक्षा ११ र १२ अध्ययन गर्ने अवसर पाउनेछन् ।

उच्च माध्यमिक शिक्षा परिषदको सोमबार बसेको बोर्ड बैठकले उच्च माध्यमिक तहमा आगामी शैक्षिक सत्र २०७३ बाट खुलारदूर शिक्षा पद्धति लागू गर्ने निर्णय गरेको हो । यो पद्धतिको व्यावहारिक अन्तरवस्तु र कार्यविधि तयार गर्न शिक्षा विभागका महानिर्देशक खगराज बरालको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए ।

बराल शैक्षिक जनशक्ति विकास केन्द्रको कार्यकारी निर्देशक हुँदा प्लस टुमा खुलारदूर शिक्षा प्रणालीबाट पठनपाठन गराउन निर्देशिका बनेको छ । खुला शिक्षा सुरु गर्ने निर्णय भएपछि यो निर्देशिकाले पूर्णता पाउने भएको छ ।

निर्देशिकाअनुसार यो पद्धतिबाट अध्ययन गर्ने विद्यार्थीले एक वर्षमा सात पटक सम्पर्क कक्षामा सहभागी हुनुपर्नेछ । एक पटकमा बढीमा ५ दिनको कक्षा हुनेछ । यस अनुसार वर्षमा १ सय ७५ घण्टा सम्पर्क कक्षामा सहभागी हुनुपर्छ । कक्षामा न्यूतम २१ दिन उपस्थित भएमा आन्तरिक परीक्षा उत्तीर्ण भइनेछ ।

एउटा सम्पर्क कक्षाको अवधि र अर्को सम्पर्क कक्षाबीचको अवधि ३० दिनदेखि ४५ दिनभित्रको परिकल्पना गरिएको छ । शैक्षिक सत्रमा सञ्चालन गरिने सम्पर्क कक्षाका लागि सम्बन्धित विद्यालयले परिचयात्मक कार्य, पाठ्य विषयवस्तु, गृहकार्य, परियोजना तथा प्रयोगात्मक, परीक्षा र समय तालिका विकास गरी विद्यार्थीलाई अगाडि नै जानकारी गराउनेछ । अन्तिम सम्पर्क कक्षाबाहेक अन्यमा प्रत्येक विद्यार्थीलाई सम्बन्धित विषय शिक्षकले एक–एक वटा गृहकार्य र परियोजना कार्य दिनुपर्ने हुन्छ ।

यो प्रणालीमा अध्ययन गर्ने विद्यार्थीलाई सरकारले स्वअध्ययन सामग्री, श्रव्य र दृश्य सामग्री तयार गर्नेछ । आमनेसामने सम्पर्क कक्षा तथा कार्यशाला, रेडियोरटिभीबाट प्रसारण, पाठ्यसामग्री सीडीमा उपलब्ध गराएर, वेबसाइटमा राखिएको सामग्री, टेलिफोन सम्पर्क, अडियो, भिडियो कन्फरेन्सबाट विद्यार्थीले अध्ययन गर्न सक्छन् । माध्यमिक तहमा पनि मुलुकमा ८४ विद्यालयबाट खुला शिक्षा अध्ययन गर्न सकिन्छ । यसमध्ये ७१ वटा उच्च माध्यमिक विद्यालय छन् ।

स्वदेशमा उच्च मावि तहमा खुला विद्यालयमा अध्ययन गर्न नपाउँदा वैदेशिक खुला विद्यालयको बोर्डप्रति विद्यार्थीको आकर्षण बढेको छ । यो पद्धतिबाट पठनपाठन सुरु भएपछि नियमित विद्यालय नगई ११ र १२ कक्षा अध्ययन गर्न सकिने महानिर्देशक बरालले बताए ।

‘प्राक्टिकल गर्न नपर्ने विषयहरू पहिलो चरणमा सञ्चालनमा ल्याउनेछौं,’ उनले भने । निर्देशिकामा विज्ञानबाहेक अन्य संकाय पढ्न पाउने व्यवस्था उल्लेख छ । यो निर्देशिका बनाए पनि त्यत्तिकै थन्किएको थियो । ‘यही निर्देशिकामा भएको व्यवस्थाको बारेमा सरोकारवालासँग छलफल गरेर अन्तिम रूप दिइनेछ,’ कार्यदल संयोजक बरालले भने, ‘आउँदो शैक्षिक सत्रदेखि खुला पद्धतिबाट पढ्ने वातारण बनाउँछौं ।’

कक्षा ११ र १२ दुई वर्षको हुनेछ । दुवै कक्षाको अन्तिममा परिषद्ले लिने बाह्य परीक्षामा सहभागी हुनुपर्ने हुन्छ । नियमित विद्यालय जान नगए पनि प्रश्नपत्र भने खुला र नियमित विद्यार्थी दुवैलाई एउटै हुन्छ । एसएलसीमा पनि यस्तै व्यवस्था छ । परिषद्बाट स्वीकृत कक्षा ११ र १२ का पाठ्यक्रमका आधारमा तयार भएको स्वाध्ययन सामग्री अध्ययन गरेर परीक्षाको तयारी गर्नुपर्ने हुन्छ ।

कक्षा ११ मा भर्ना हुन एसएलसी उत्तीर्ण गरेको हुनुपर्छ । विद्यार्थी स्वयं उपस्थित भएर, पत्राचार र इमेलमार्फत आवेदन भरी खुला विद्यालयमा भर्ना हुन सक्छन् । निर्देशिकाअनुसार खुला विद्यालयमा भर्ना हुने विद्यार्थीहरू खुला विद्यालय रहेकै जिल्लाका हुनुपर्ने प्रावधान राखेको छ । बाहिरी जिल्लाका विद्यार्थीले अन्यत्र भर्ना हुनुपरेमा कारण खुलाउनुपर्ने हुन्छ ।

विद्यार्थीको मूल्यांकन आन्तरिक र बाह्य तरिकाबाट गराउन सकिन्छ । निर्देशिकाअनुसार सम्पर्क कक्षामा नियमित उपस्थिति हुँदा पनि नम्बर पाउँछन् ।

त्यस्तै कक्षाकार्य, गृहकार्य, परियोजना कार्य तथा कक्षाकोठामा सक्रियताका आधारमा नम्बर दिन सक्ने व्यवस्था छ । आन्तरिक मूल्यांकनमा न्यूनतम अंक पाएका विद्यार्थी मात्र परिषद्बाट सञ्चालन हुने बाह्य परीक्षामा सहभागी हुन सक्ने व्यवस्था हुने निर्देशिकामा उल्लेख छ ।

प्रकाशित कान्तिपुर, १२ फागुन २०७२, ८.००

वि.सं.२०७२ फागुन १२ बुधवार १०:४५ मा प्रकाशित

You can share this post!

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....