
म्याग्दी । आज बिहान ७.५० बजे पोखराबाट जोमसोमका लागि उडेपछि हराएको तारा एयरको विमान म्याग्दीको दाना गाविस वडा नम्बर १ मा भेटिएको छ ।
स्थानीय सोलिघोप्टे भीर मुनि रुखमा झुण्डिएर जलेको अवस्थामा विमान भेटिएको म्याग्दीका प्रहरी प्रमुख डिएसपी विश्वराज खड्काले आफूले जानकारी पाएको बताएका छन् । सबै याुत्रलेको जलेर मृत्यु भएको पनि उनले जनाएका छन् ।
पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको तारा एयरको ढल्ब्ज्ज् ट्वीनअटर विमान विहान सवा ८ बजेदेखि सम्पर्कबिहीन भएको थियो । विमानमा वरिष्ठ पाइलट रोशन मानन्धर, को–पाइलट दिकेश र एयर होस्टेस रमा रावल रहेका थिए।
१२ फागुन २०७२, १.२०
वि.सं.२०७२ फागुन १२ बुधवार १३:२५ मा प्रकाशित