
काठमाण्डौं । आज बुधवार नेप्से परिसुचक ६ दशमलव ३ अंकले ओरालो लागेको छ । कारोबार पूर्ण रुपमा ओरालो लागेको सेयर बजार १ हजार २ सय ७९ दशमलव ९० अंकमा झरेर बन्द भएको छ ।
सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ओरालो लागेकोले समग्र सेयर बजार ओरालो लागेको हो । आज बैंक समुहको परिसुचक १० दशमलव ९१ अंकले ओरालो लागेको छ ।
आज होटल समूहिको परिसूचक सबैभन्दा बढी २७ दशमलव ६१ र जलविद्युत समुह २३ दशमलव ५१ अंकले घटेको छ । त्यस्तै विकास बैंक समुहको परिसुचक ० दशमलव ६३ अंकले ओरालो लागेको छ । फाइनान्स,अन्य र बीमा समुहको परिसुचक भने क्रमशः ११ दशमलव ६७, २ दशमलव ३५ र १ दशमलव ६६ अंकले बढेको छ ।
आज कारोवारमा आएका १ सय १९ कम्पनीको १० लाख १२ हजार कित्ता सेयरबाट ४२ करोड ७७ लाखको कारोवार भएको छ ।
१२ फागुन, २०७२, ३.३०
वि.सं.२०७२ फागुन १२ बुधवार १६:०९ मा प्रकाशित