back

सिद्धार्थ ग्यासमा सिल, ३ सय २ वटा अवैध सिलिण्डर समेत जफत

Kumari bank ad

धादिङ । धादिङ स्थित सिद्धार्थ ग्यास उद्योगमा सरकारले सिलबन्दी गरेकाे छ । आपूर्ति मन्त्री गणेश मान पुनको नेतृत्वमा नापतौल विभाग, उपभोक्ता हित तथा आपूर्ति व्यवस्थापन समितिसहितको टोलीले उद्योगमा सिलबन्दी गरेकाे हाे । अनुगमन टोलीले ३ सय २ वटा अवैध ग्यास सिलिण्डर समेत जफत गरेको छ ।

उद्योगमा म्याद सकिएका ८ सय ६ वटा सिलिण्डर रङरोगन लगाएर बजार पठाउन थालिएको भेटिएपछि सिलबन्दी गरेको हो । नमूना परीक्षण गर्दा सिलिन्डरमा आधा किलो लेदो जमेको भेटिएको थियो । हाइड्रोलिक परीक्षण नगरी लेदो राखेर तौल बढाइएको र बजार पठाएको पाइएपछि सिल गरिएको जनाइएको छ ।

सिलिण्डरहरुमा लेदो बढी हुने, विष्फोट हुने र रेगुलेटर जोड्ने ठाउँबाट ग्यास लीक भई आगलागी हुने सम्भाबना बढी रहन्छ ।

त्यस्तै टोलीले सुगम ग्यास उद्योगमा पनि कैफियत फेला पारेको छ । उद्योगले बजारमा पठाउनु भन्दा पहिले  चुहावट परिक्षण  नगरेको पाइएको हाे ।  सुमन ग्यासले व्यवस्थापनमा समेत कुनै चासो नदिइएको र सिलिण्डर पनि हाइड्रोलिक नगरी बजार पठाउने गरेको टोलीले जनाएको छ ।

वि.सं.२०७२ फागुन १२ बुधवार १७:२२ मा प्रकाशित

You can share this post!

१ लाख ७८ हजार कित्ता एफपीओ नेप्सेमा सूचिकृत

१ लाख ७८ हजार कित्ता एफपीओ नेप्सेमा सूचिकृत

वि.सं.२०८० मंसिर १८ सोमवार १२:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार उन्नती सहकार्य लघुवित्तको...

हुम्ला र मुस्ताङमा हिमपात, जनजीवन कष्टकर   

हुम्ला र मुस्ताङमा हिमपात, जनजीवन कष्टकर   

वि.सं.२०८० मंसिर १८ सोमवार ११:५९

सिमकोट, (हुम्ला) १८ मङ्सिर : हुम्लामा आज बिहानैदेखि हिमपात सुरु...

पिपुल्स पावरले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

पिपुल्स पावरले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

वि.सं.२०८० मंसिर १८ सोमवार ११:४९

काठमाडौं । पिपुल्स पावर कम्पनीले हकप्रद निष्कासन गर्ने निर्णय गरेको...

नेप्सेले गर्यो तारा गाउँ रिजेन्सी होटलको कारोबार रोक्का

नेप्सेले गर्यो तारा गाउँ रिजेन्सी होटलको कारोबार रोक्का

वि.सं.२०८० मंसिर १८ सोमवार ११:३४

काठमाडौं । लाभांश घोषणा सूचना प्रकाशित भए लगत्तै नेप्सेले तारा...

नबिल बैंकद्वारा साधारण सभाको मिति परिवर्तन, बुक क्लोज कहिले ?

नबिल बैंकद्वारा साधारण सभाको मिति परिवर्तन, बुक क्लोज कहिले ?

वि.सं.२०८० मंसिर १८ सोमवार ११:१७

काठमाडौं ।  नबिल बैंकले वार्षिक साधारण सभा गर्न पूर्वनिर्धारित मितिलाई...

निरन्तर रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज प्रतितोला कति पुग्यो ?

निरन्तर रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज प्रतितोला कति पुग्यो ?

वि.सं.२०८० मंसिर १८ सोमवार ११:०८

काठमाडौं । आज मंसिर १८ गते सोमबार सुनको भाउ बढेको...