back

बैंकहरु नै सुन चाँदीको कालोबजारीमा

काठमाण्डौं । बैंकहरूले नै चाँदीमा कालोबजारी गरेको ठहर गर्दै राष्ट्र बैंकले रोक लगाएपछि यसको करोबार अस्वाभाविक रूपमा घटेको छ ।

बैंकहरूले मुलुकको आवश्यकताभन्दा बढी आयात गरेको देखिएपछि तीन महिनाअघि राष्ट्र बैंकले यसको आयातमा रोक लगाएको हो । प्रतिबन्धपछि यसको कारोबार पनि अघिल्लो वर्षको तुलनामा दुई तिहाइले घटेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ४ अर्ब २२ करोड रुपैयाँको चाँदी आयात भएको छ । अघिल्लो वर्ष सोही अवधिमा १२ अर्ब ८७ करोड रुपैयाँ भित्रिएको थियो ।

‘मागभन्दा बढी आयात गर्दै कालोबजारी भएको पाइयो,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘त्यसैले बाध्य भएर रोक लगाउनुपरेको थियो ।’

राष्ट्र बैंकका विनिमय विभागका प्रमुख भीष्मराज ढुंगानाका अनुसार बैंकहरूलाई रोक लगाएपछि आयातमा भारी गिरावट आएको जानकारी दिए । ‘प्रतिबन्धकै कारण आयातमा गिरावट आएको हो,’ उनले भने । उनले व्यवसायीले भने आयात गर्नमा कुनै रोक नभएकोसमेत जानकारी दिए । बैंक माथिको रोक कहिलेसम्म भन्नेबारे केन्द्रीय बैंकले कुनै जानकारी दिएको छैन ।

व्यवसायीका अनुसार चाँदीको माग बढ्नुमा भारतीय रुपैयाँको सट्टामा भुक्तानी हुनु मुख्य कारण हो । ‘भारुको सट्टामा चाँदी दिएर कारोबार हुन थालेकाले आयातमा वृद्धि भएको थियो,’ सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले भने । उनका अनुसार सुन बिक्रीमा कमी भएपछि बैंकहरूले चाँदीमा फाइदा लिएका थिए ।

अस्वाभाविक आयात बढ्न थालेपछि भन्सार विभागले केही महिनाअघि सरोकारवालासँग छलफल चलाएको थियो । छलफलमा भारुको सट्टा प्रयोग भइरहेको चर्चा भएको थियो । ‘हाम्रो दैनिक माग साढे ३ सय किलो हो,’ उनले भने, ‘तर, १३ सय किलोसम्म आयात भएको थियो ।’

चाँदी विशेष गरेर हस्तकलाका सामान बनाउन र गहनाका रूपमा प्रयोग हुन्छ । तर, हस्तकलाको निर्यात नबढेकाले चाँदीको अत्यधिक आयात र उपयोगमा आशंका उब्जिएको थियो ।

चालू आर्थिक वर्षको ६ महिनामा करिब ५ करोड २० लाख रुपैयाँको मात्र चाँदीका हस्तकला निर्यात भएको छ । अघिल्लो वर्ष सोही अवधिमा ५ करोड १० लाख रुपैयाँको निर्यात भएको थियो ।

प्रकाशित : कान्तिपुर, फाल्गुन १३, २०७२, ८.००

वि.सं.२०७२ फागुन १३ बिहीवार १०:५० मा प्रकाशित

You can share this post!

नेपाललाई सहुलियतपूर्ण वित्तीय लगानी उपलब्ध गराउन अर्थमन्त्री महतको आग्रह   

नेपाललाई सहुलियतपूर्ण वित्तीय लगानी उपलब्ध गराउन अर्थमन्त्री महतको आग्रह   

वि.सं.२०८० असोज ८ सोमवार २१:३५

काठमाडौँ, ८ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालजस्ता अल्पविकसित...

फूडमान्डुमा अबदेखि ५०० भन्दा कममा पनि फूड अर्डर गर्न मिल्ने, साथै पहिले भन्दा कम डेलिभरी शुल्क

फूडमान्डुमा अबदेखि ५०० भन्दा कममा पनि फूड अर्डर गर्न मिल्ने, साथै पहिले भन्दा कम डेलिभरी शुल्क

वि.सं.२०८० असोज ८ सोमवार २१:३१

काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले...

चाडपर्व नजिकिँदा बढेन आयात, राजस्व असुली पनि कम    

चाडपर्व नजिकिँदा बढेन आयात, राजस्व असुली पनि कम    

वि.सं.२०८० असोज ८ सोमवार २१:२६

भैरहवा (रूपन्देही), ८ असोज : नेपालमा तीज सकिएको छ भने...

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार   

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार   

वि.सं.२०८० असोज ८ सोमवार २१:२०

मोरङ, ८ असोज : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज...

बिरामीको मृत्युपछि मणिपाल अस्पतालमा तनाव   

बिरामीको मृत्युपछि मणिपाल अस्पतालमा तनाव   

वि.सं.२०८० असोज ८ सोमवार २१:१४

गण्डकी, ८ असोज : उपचारका क्रममा बिरामीको मृत्यु भएपछि पोखरास्थित...

१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित   

१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित   

वि.सं.२०८० असोज ८ सोमवार २१:०९

विक्रम गिरी हाङझाउ (चीन), ८ असोज : १९औँ एसियाली खेलकुद,...