back

खै बिजुली ? छैन बिजुली

Nepal Bank

सोलुखुम्बु । स्थानीय नेचा वेतघारी गाविसमा निर्माणाधीन सोलुखोला तुइनटार लघुजलविद्युत् आयोजना वर्षौंदेखि अलपत्र अवस्थामा रहेको छ ।

गत २०६३ सालमा निर्माण प्रक्रिया सुरु गरेको सो आयोजनाको काम २०६४ सालदेखि सुरु गरी २०६७ सालमा सम्पन्न गर्ने सम्झौता भएको थियो ।

करिब ६० प्रतिशत काम सम्पन्न भएको दाबी गर्दै आएका आयोजनाका पूर्व अध्यक्ष हर्कमान राईले यसअघि नै सम्पन्न गरी बिजुली बाल्ने प्रतिबद्धता जनाए तापनि हालसम्म त्यसको कुनै सङ्केत नदेखिएको त्यहाँका स्थानीयवासीले बताएका छन् ।

सहयोगी संस्था रिमरेकले गत जेठ महिनाभित्र आयोजनाको विद्युत् नबलेमा रकम फ्रिज गरिदिने चेतावनी दिएको भए तापनि बिजुली बल्न सकेको छैन । पुरानो समितिले काम गर्न नसकेको भन्दै नयाँ समिति परिवर्तन गरी स्थानीयवासी जसबहादुर राईको अध्यक्षतामा अर्को समिति गठन गरेको तर उक्त समितिले पनि कुनै काम अगाडि बढाउन नसक्दा आयोजना झनै अलपत्र परेको छ ।

यसअघि भएको सार्वजनिक सुनुवाइमा अध्यक्ष राईले विद्युत् आयोजनाको हालसम्मको आय ७३ लाख ५६ हजार ७ सय ५४ रहेको र ६५ लाख ६९ हजार २ सय ८८ खर्च भएको तथा १० लाख ८४ हजार ४ सय ६५ रुपैयाँ ५० पैसा मौज्दात रहेको बताए। पछिल्लो समय आर्थिक अनुदानसमेत थप भएको भए पनि कामले कुनै गति लिन सकेको छैन ।

पुरानो उपभोक्ता समितिले हेलिकप्टर चार्टर गरेर टर्वाइन ल्याउन नसक्दा बिजुली बाल्न नसकिएको बताएको थियो । स्थानीयवासीले आयोजनाको काम समयमा सम्पन्न नभएकोमा गुनासो गर्दै जसरी भएपनि चाँडै बिजुली बाल्न माग गरेका छन् ।

स्थानीयवासीले २०६४ सालमै प्रतिघर २५ सय नगद र ११ दिन श्रमदान गरेको भए पनि वर्षौंसम्म बिजुली नबल्दा स्थानीय निराश बनेका छन् । एक सय किलोवाट क्षमताको सो आयोजनाबाट स्थानीयवासी करिब एक हजार १०० घरधुरी लाभान्वित हुने जनाइएको छ । रासस

फागुन १३, २०७२, १२.००

वि.सं.२०७२ फागुन १३ बिहीवार १२:१३ मा प्रकाशित

You can share this post!

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

वि.सं.२०८२ असार ३ मंगलवार १६:४१

वीरगञ्ज (पर्सा) : सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८२ असार ३ मंगलवार १५:१४

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ असार ३ मंगलवार १५:०४

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

ट्रम्पमाथि इरान–इजरायल द्वन्द्वमा ‘आगोमा घिउ थपेको’ चीनको आरोप   

ट्रम्पमाथि इरान–इजरायल द्वन्द्वमा ‘आगोमा घिउ थपेको’ चीनको आरोप   

वि.सं.२०८२ असार ३ मंगलवार १४:४६

बेइजिङ  : चीनले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि इरान र...

नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड   

नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड   

वि.सं.२०८२ असार ३ मंगलवार १४:३२

गलकोट (बागलुङ) : निर्माण व्यवसायीको चरम लापरबाहीका कारण मध्यपहाडी पुष्पलाल...

नारायणढ–मुग्लिन सडक खण्ड अवरुद्ध   

नारायणढ–मुग्लिन सडक खण्ड अवरुद्ध   

वि.सं.२०८२ असार ३ मंगलवार १३:४०

मुग्लिन (चितवन) : पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध बनेको...