back

गोलभेँडाले उचित बजार नपाउँदा किसान मर्कामा

Kumari bank ad

वीरगन्ज । व्यावसायिक रुपमा गोलभेडा खेती गरेर खुसी भएका किसान यसको उचित मूल्य नपाउदा निरास भएका छन् ।

गत वर्षको तुलनामा स्थानीय बजारमा गोलभेडाको मूल्य घटेको छ । घट्दो मूल्यका कारण किसान सस्तोमा गोलभेडा बेच्न बाध्य भएका छन् ।

यतिखेर स्थानीय बजारमा गोलभेडाको प्रतिकिलो खुद्रा मूल्य २० रुपैयाँदेखि २५ रुपैयाँसम्म रहेको छ । गतवर्ष यसै अवधिमा प्रतिकिलो खुद्रा बजार मूल्य २५ रुपैयाँदेखि ४० रुपैयाँ रहेको थियो । गत वर्ष पाँच कट्ठामा खेती गरेर राम्रो आम्दानी हात पारेपछि गोलभेँडाप्रति आकर्षित भएका बारा फेटाका किसान रमेश साहले यसवर्ष क्षेत्रफल बढाएका छन् ।

यसवर्ष उनले १० कट्ठामा व्यावसायिक रुपमा गोलभेडा खेती गरेका छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष लागत अनुसारको मूल्य नपाउदा उनीहरू निराश भएका छन् ।

गतवर्ष खेतमै पुगेर व्यवसायीले प्रतिकिलो २० रुपैयाँदेखि ३० रुपैयाँसम्म मूल्य दिएका थिए, तर यो वर्ष १० रुपैयाँदेखि १५ रुपैयाँभन्दा बढी मूल्य पाएको छैन्, किसान साह भन्छन् – ‘‘बजारसम्म पु¥याउने खर्च नउठ्ने अवस्था भएपछि बोटमै छाडेको वा खेतमै सस्तोमा बेच्न बाध्य भएका छौंँ । ’’

पाउने मूल्य भन्दा टिप्ने र बजार पु¥याउने खर्च नै बढी हुन्छ, पर्सा बेल्वाका किसान अनिरुद्ध दहैत भन्छन्– ‘‘सस्तोमा बिक्री गर्नुपर्ने बाध्यताले व्यावसायिक गोलभेँडा खेती सुरु गरेका किसान मर्माहत भएका छन् ।’’

गोलभेँडा नटिपौँं पाकेर खेर जान्छ, उहाले भन्नुभयो, “टिपौ त मजदुर र बजारसम्म पु¥याउन लाग्ने ढुवानी खर्च पनि यसबाट उठाउन सक्ने अवस्था छैन ।

प्रकाशितः २०७२ फाल्गुन १३

वि.सं.२०७२ फागुन १३ बिहीवार १५:५६ मा प्रकाशित

You can share this post!

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४२

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंसिर २५ गते...

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०८० मंसिर २५ सोमवार १०:३१

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको...

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:२१

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको...

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश

वि.सं.२०८० मंसिर २५ सोमवार १०:१५

काठमाडौं। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ...