back

बेइजिङ बन्यो अर्बपतिहरुको शहर

बेइजिङ । अमेरिकालाई पछि पार्दै चीन धेरै अर्बपतिहरुको देश बनेको छ भने बेइजिङले पहिलो पटक अर्बपतिको संख्यामा न्युयोर्कलाई पछाडि पारेको छ ।

अहिले बेइजिङमा एकसय जना अर्बपति बस्छन् भने न्यूयोर्कमा ९५ जना अर्बपति बस्ने गरेको हालै चीनको हुरुन रिसर्च फर्मको नयाँ अध्ययनले देखाएको छ। त्यस्तै चीनकै साङ्घाई सहर धेरै अर्बपति बस्नेमा पाँचौ नम्बरमा आएको छ । हुरुन रिसर्च फर्मले पछिल्लो पाँच वर्षमा विश्वभरिमा भएका अर्बपतिहरुको सम्पत्तीको बारेमा अध्ययन गरेको थियो । अमेरिकी डलरमा उनीहरुको सम्पत्ती हिसाब गरिएको छ।

अनुसन्धान अनुसार गत एक वर्षमा बेइजिङमा ३२ जना नयाँ अर्बपति थपिए भने न्युयोर्कमा जम्मा चारजना मात्र अर्बपति थपिएका छन्। चीनमा पाँचसय ६८ जना अर्बपति भइसकेका छन् भने अमेरिकामा पाँचसय ३५ जना अर्बपति रहेका छन्। चीनभरमा यो वर्षमात्रै ९० जना नयाँ अर्बपति भएका थिए।

अर्बपतिको संख्याका आधारमा चीन अगाडि रहेपनि सम्पत्तीको आधारमा पहिलो १० जना भने अमेरिकी धेरै छन् ।

बीबीसी, १४ फागुन २०७२, १०.००

वि.सं.२०७२ फागुन १४ शुक्रवार १०:५८ मा प्रकाशित

You can share this post!

भारतीय बजेट: भुटानलाई २४ अर्ब, नेपाललाई घटाएर ५ अर्बमात्र

भारतीय बजेट: भुटानलाई २४ अर्ब, नेपाललाई घटाएर ५ अर्बमात्र

वि.सं.२०७९ माघ १८ बुधवार १६:१३

काठमाडौं  । भारत सरकारले नेपाललाई गर्ने सहयोग रकम घटाएको छ...

डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फेरि अनुमति दिइने

डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फेरि अनुमति दिइने

वि.सं.२०७९ माघ १२ बिहीवार ११:३१

एजेन्सी, न्युयोर्क । डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फिर्ता अनुमति...

आर्थिक संकटमा चुलिएपछि पाकिस्तानले ल्यायो बजार बन्ददेखि गिजर प्रयोगको योजना

आर्थिक संकटमा चुलिएपछि पाकिस्तानले ल्यायो बजार बन्ददेखि गिजर प्रयोगको योजना

वि.सं.२०७९ माघ १० मंगलवार १४:०३

एजेन्सी, इस्लामाबाद ।  आर्थिक रुपमा संकटग्रस्त पाकिस्तानले बजार र विवाह...

क्यालिफोर्नियामा फेरि गोली चल्यो, ७ जनाको मृत्यु

क्यालिफोर्नियामा फेरि गोली चल्यो, ७ जनाको मृत्यु

वि.सं.२०७९ माघ १० मंगलवार ११:५९

एजेन्सी, क्यालिफोर्निया ।  क्यालिफोर्नियामा सोमबार एक बन्दुकधारीले गोली चलाउँदा सात...

किन भयो पाकिस्तानमा देशव्यापी विद्युत् कटौती ?

किन भयो पाकिस्तानमा देशव्यापी विद्युत् कटौती ?

वि.सं.२०७९ माघ ९ सोमवार १३:१४

एजेन्सी, इस्लामाबाद । पाकिस्तानको राष्ट्रिय ग्रिडमा ठूलो समस्याका कारण सोमबार...

ट्वीटरले थप कर्मचारी कटौती गर्ने

ट्वीटरले थप कर्मचारी कटौती गर्ने

वि.सं.२०७९ माघ ५ बिहीवार १३:५७

एजेन्सी, न्युयोर्क । ट्विटर इंकले आगामी हप्ताहरूमा सोशल मिडिया साइटको...